Skip to main content

बि.सं. २१०० (अंक १७)


जेट्लिना अलिकति पागल केटी हो – उसँगको केहि दिनदेखिको संगतले उसको बारेमा मैले बनाएको धारणा यहि हो । यति हुँदाहुँदै पनि ऊ नछोइ नहुने, माया दिई नहुने र उप्रति कृतज्ञ हुनै पर्ने युवती पनि हो । उसको झर्कोफर्कोले एकैछिन पिराए पनि लामोसमयसम्म पीडा दिइरहन सक्दैन । त्यसैले उसले बेडरुमबाट बाहिर निस्किने बेलामा मलाई ब्यङ्ग्य गर्दै – “हैन हजुर अझै रेडि नभएको ? फेरि म त हजुरलाई यहि छाडेर गैदिन्छु अनि रिअलाइज गर्नुहुन्छ मेरो भ्यालू !” भने पनि मैले उसको कुरामा खास ध्यान दिईन । बरु मलाई लाग्यो – ऊ तरुनी छे । स्वभावतः उसँग तरुनो मन छ । तरुनै जोश, जाँगर र उमंग छ । छ त्यस्तै उत्साह पनि । म उमेरले निबृत्त हुन आँटेको मान्छेमा उसमा जति उत्साह कहाँ हुनु ? उसले अझै नबुझेको चुरो कुरो नै यहि हो । जब मलाई उसको बुझक्कीमा केही कमी भएको महशुुस हुन थाल्दछ, त्यतिखेर उसँगको मेरो संगत उति रुचीकर र फलदायी लाग्दैन । तर जेभएपनि उसँगको सामिप्यता मलाई मन परिहेकै हो ।
“इ हेर्नु मेरो क्याम्पिङ टुल्स !” टेबलमाथी स्लीपिङ ब्याग, टर्चलाइट, लामो डोरी र केहि स्टील स्टिक्स राख्दै उसले भनी ।  मैले आफूसँग स्लीपिङ ब्याग मात्र भएको भनेपछि उसले भनी – ”ह्या हजुरपनि भैहाल्यो नी ! अरु के नै चाहियो र ? टेन्ट एउटा मसँगै छ, त्यसैमा नाइट स्पेन्ड गरौंला नी ! त्यो स्लीपिङ ब्यागको के खाँचो भो र ? यस्तो कोल्ड छ यहाँ, दुई जनाले सेपरेट ब्यागमा सुतेर कहाँ सकिन्छ यो कोल्डमा ?” हाहा.. उसले कुटनीतिक हाँसो हासी । र, हन्टिङ हिल्स जानका लागि आवश्यक अन्य तयारी गर्न पट्टि लागी । मैले पनि आफ्नो तयारी गर्नपट्टि लागेँ ।  
नभन्दै, मैले कोठाबाट ल्याएर आएको स्लीपिङ ब्याग थ्वात्त थुती र भनी – “लौ, उसोभए मेरो ब्याग चाँहि किन चाहियो ? हजुरको अली ठूलो पनि छ यसमा चाँहि दुबैजनालाई अलि कम्फरटेवल पनि होला । सो, मेरो चाँहि ...” आफ्नो स्लीपिङ ब्याग बैठककोठाको एउटा कुनातिर स्वाट्टै फालिदिई, म अवाँक रहेँ ! “ओ.के. लेट्स गो, माई वल्ड टाइगर ...!” उसले प्रदत्त गरेको नयाँ संज्ञा मलाई मन पर्‍यो । कम्तीमा पनि योङ ज्याकल चाँहि भनीने उसले । मेरो मनमा यस्तो लाग्यो – आखिर बुढो भएपनि बाघ त बाघै हो नी, तन्नेरी ब्वाँसो भन्दा त ! र, फोस्रो आडम्बरमा मेरो छाती फुक्दै झण्डै फुलेको बेलुन भो ! छेडखानीमा त म पनि डक्टरेट नै हो नी, भनिदिएँ – “यो खैरो डिंगोमा मिस वल्र्ड भन्दा कम्ती त देखिएकी छैनौ तिमी पनि ! कसम तिमी लास्ट सेक्सी देखिएकी छ्यौ – हाम्रो पालामा सबभन्दा बढि रुचाइएकी ऐश्वर्या भन्दा पनि सेक्सी !” यौवनकालमा केटीहरुलाई मख्ख पार्न साथीहरुबाट सापटी लिइएका केही शब्दहरुले यो बुढेसकालमा पनि काम गरे जस्तो लाग्यो । कारण, मैले फुर्काइदिदा ऊ झन बढि फुर्की । र,प्रश्न गरी – “ह्वाट डु यू थिङ्क अबाउट माई ड्रेसअप ? स्पेशल्ली द टप वन ?” ब्राको तीनचौथाई भाग देखिने गरी उसले गरेको पहिरन मलाई उती रुचेको थिएन । तर भनिदिएँ – “ओ ! त्यसको त कुरै नगर न तिमीलाई कोही तन्नेरीले देख्यो भने ठाउँको ठाउँ ठहरै हुन्छ ! दाम्मी सुट गरेको छ, सो परफेक्ट सेलेक्सन छ नी यार !” केटी मख्खै परी । मदहोशी भावमा आफूलाई एकपटक तलदेखि माथि सम्म पूरै हेरी । र, मैले भन्न नसकेको कुरा प्वाक्कै भनिदिई – “जेभएपनि मेरो ब्रेस्ट चाँहि साँच्चीकै राम्रो देखिएको छ ! बबाल सेक्सी !” मैले समर्थन जनाएँ । हामी त्यहाँबाट बाहिरियौं ।
बस स्ट्याण्डमा बस पर्खिदै गरेका हामीलाई साइकल कुदाईरहेको एउटा ठिटोले देखेर जिब्रो पट्कायो । अनि जेट्लिनातिर फर्केर फ्लाइङ किस गर्‍यो । जेट्लिना पनि के कम दाहिने हातको माझी औंला देखाइदिई । केटोले बेस्सरी पाइडल चलायो । यसो गर्दै गर्दा मोरो झण्डै साइकलबाट लडेन – सन्तुलन नमिलेर ! ठिटो ओझेल भएर गईसकेपनि रिसिदै उसले मुख खोली – “साला नन्सेन्स, कस्तो हप्याक्स रहिछ ? सुन्दरी त देख्नै नहुने !”  “ह्या छाड्देउ यार, कुकुरको कुरा पनि के गर्ने ?” उसप्रति सदाशयता देखाउँदै मैले भनेँ । ऊ चुप लागी । उप्रान्त केहि बोलिने । बस पनि आइपुग्यो, हामी बसमा चढ्यौं ।

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…