बि.सं. २१०० (अंक १८)

दुई स्टप पश्चिमतिर लागेपछि हामी हन्टिङ हिल्स जाने केबुलकारको स्टेशनमा पुग्यौं । केबलकारको आतेजाते टिकट, एकरातको त्यहाँको बसाईको अनुमति, झारल मार्ने अनुमति, हन्टिङ गन आदि सबै प्रबन्धका लागि जेट्लिनाले आफ्नो फाइभजी जेनेरेशनको स्मार्टफोनमा उपलब्ध द्रुत गतिको इन्टरनेट सुविधाको प्रयोग गर्दै अनलाईन रिजर्भ गरेकी थिई । जस वापत उसले आफ्नो बैङ्क खाताबाट २५ हजार खर्च गर्नुपर्‍यो । र, मैले मेरो भागको साढे १२ हजार उसको खातामा रकम ट्रान्सफर गर्न बाँकी नै थियो ।
टिकट चेकिङ स्पटमा राखिएका मेशिनमा उसले आफ्नो स्मार्टफोनको स्क्रिन राखेपछि, मेशिनले ऊ र मलाई चेकिङ प्वाइन्ट क्रस गर्ने अनुमति दियो । हामीले चेकिङ प्वाइन्ट क्रस गर्नासाथ एकजना आकाशे रङको पोशाकमा सजिएको टाइसुट धारी युवक हामी नेर आयो र जेट्लिनाको स्मार्टफोन माग्यो । उसले दिई । युवकले इ–टिकट हेर्‍यो । र, “सबै ठिकै रहिछ, हजुरहरुलाई डिस्टर्व गरेँ माइन्ड नगर्नु ल !” भन्दै आफ्नो पहिलाको स्थानमा गएर उभ्भियो । त्यहाँबाट चालीस–पैतालिस मिटर पैदल हिडेपछि हामी केबलकार चढ्ने ठाउँमा पुग्यौं । भवनभित्रको त्यो वाकिङ जोनको दायाँ बायाँ राखिएका विभिन्न पसलहरुले मेरो ध्यान खिचेँ । विशेषगरी त्यहाँ पाइने जनावरका मैनका मूर्तिहरु र केहि जंगली जनावरका सक्कली छाला, हड्डी, दाँत र रौंहरुको एक स्पर्श लिन मसँगै जेट्लिनापनि लालयित देखिई । तर हन्टिङ हिल्स तर्फ बढेका हाम्रा पाइलाहरु त्यहाँ एक निमेशका लागि पनि रोकिन सकेनन । त्यसकारण हामी फटाफट केबुलकारमा उक्लियौं र छ मिनेट त्रिचालिस सेकेण्ड पछि हामी हन्टिङ हिल्समा उत्रियौं ।
हन्टिङ हिल्सबाट गुर्जा नगरको खास सुन्दरता देखिदो रहिछ । जेट्लिना तीन छक परी । र, आफ्नो चोर औंलाले नगरको पश्चिमतिर रहेका अपार्टमेन्टहरुतिर देखाउँदै भनि उ त्यो त हो नी हाम्रो अपार्टमेन्ट – पहेंलो रंगको अपार्टमेन्टतिर इंगित गर्दै थियो उसको औंलाले । मैले असहमति जनाइँन । बरु दुवै जना मिलेर नगरको सुन्दरताको खुबै बख्यान गर्‍यौं । पहिले पहिले नगरहरु प्लानिङ बिनाका हुनाले त्यहाँ थुप्रै समस्याहरु देखा पर्दथे । तर पछिल्ला १५ वर्षदेखि केन्द्रिय सरकारले नगर बिकास सम्बन्धी ठोस अबधारणा अगाडि सारेपछि गुर्जा जस्तै ग्रामिङ नगरको वास्तविक चमकता कुनैपनि युरोपियन नगरको सुन्दरता भन्दा कम लाग्दैन । यस्ता नगरहरुको व्यवस्थापन देख्दा यतातिर घुम्न आउने युरोपियन र अमेरिकी पर्यटकहरु भन्ने गर्दछन् रे – यी ग्रामीण नगरबाट हामीले धेरै सिक्न सक्छौं ।
हन्टिङ हिल्समा तीनवटा रेष्टुरेन्ट र एउटा तीन तारे होटल रहेछन । हामी एकछिन त्यतैतिर बरालियौं । एकदिनमा हजार – पन्ध्रसय मानिसहरु पुग्दा रहिछन् – त्यहाँ । मान्छेहरुको भीड देखेपछि जेट्लिनाले भनी – “यो हिल्सपनि यस्तो क्राउडी हैं ? कतिधेरै मान्छेहरु ?” मैले भनेँ – “त्यहि त भन्या, अफ डे मा झन कति धेरै मान्छेको चाप हुन्छ होला ?” “मोर द्यान थ्री थाउजन्डस्” हाम्रो संवाद सुनिरहेको वेट्रसले सटिक जवाफ दियो । “मोर द्यान थ्री थाउजन्डस्...?” जेट्लिना र मैलेसँगै आश्चर्यता प्रकट गर्‍यौं । यो सानो जंगली डाँडोमा त्यत्तिका मान्छेहरु थुप्रिने कुरा सहजै पत्याउन गार्‍है पर्‍यो हामी दुवैजनालाई । यत्तिकैमा वेट्रसले हाम्रो अर्डर माग्यो । जेट्लिनाले पुलुक्क मतिर हेरी । म चुपचाप रहेँ । उसले मेनुनै नपल्टयाई भनी – चिकन पिज्जा मिडियम साइज, गुर्जाली एप्पल जुस र सलाद । वेट्रसले हाम्रो अर्डर सरसर्ती टिप्यो र हामीबाट छुटेर गयो । लन्च आउनुभन्दा पहिले पछिल्ला तीन दशकमा देशमा भएका विकासका बारेमा केन्द्रित भएर संवाद गर्‍यौं ।
हुनपनि पैतिस वर्षपहिले नेपालको बिग्रदो राजनीतिको साक्षी बनेको मैले, गणराज्य नेपालको लोकतान्त्रिक संविधान निर्माण पछि भएको केन्द्रिय निर्वाचन, त्यसपछिको स्थिर सरकार र त्यसपछिका सरकारको विकासप्रेमी योजनाहरु, तीनको कार्यान्वयन । ती सबैकुराहरु एकएक गरेर शिलशिलेवार रुपमा मैले बताइँरहदा जेट्लिनाले मेरा पुस्ताका नेपालीहरुको योगदानको उ्रच्च कदर गरी । र, भनी – “हुन त हाम्रो जेनेरेशन तपाइँको पालाका मान्छेहरुभन्दा फार बेटर एडभान्सड छौं, बट यु पिपुल ह्याभ डन मोर फर अस । टु बि अनेस्ट, तपाइँहरुको कन्ट्रिब्युशन कुनै पनि जेनेरेशनको नेपालीहरुको भन्दा धेरै बेस्ट छ । आइ एम नट श्योर कि जेनेरेशनहरुबीचको योगदान कसको बेस्ट र कसको लिस्ट भनेर कम्पेर गर्न मिल्छ वा मिल्दैन ? एनिवे तपाइँको जेनेरेशनको कन्ट्रिब्यशुसन चाँहि सबभन्दा बेस्ट भन्दा मलाई कहिल्यैपनि अनइजि फिल हुँदैन ।” म र मेरा पुस्ताका मान्छेहरुको सम्मानमा उसले यतिधेरै बोलेपछि म चुपचाप रहनु उपयुक्त देखिनँ, त्यसैले भनिदिएँ – “हेर जेट्लिना जेनेरेशनवाइज योगदानको मात्रा र स्वरुप पृथक रहन्छन् । कतिपय अवस्थाहरुमा कुनै पनि जेनेरेशनका लागि केहि पर्टिकुलर कामहरु त्यस जेनेरेशनका लागि अब्लिगेटरी रहन्छन् । जस्तो, आजभन्दा पैतिस÷चालिस बर्षपहिले काठमान्डु–पोखरा रेलको सपना नदेखिएको भए बीस बर्षपहिले देखि हामी यसरी काठमान्डौ–पोखरा रेल यात्रा गर्न पाइरहेका हुन्थ्यौं होला ? र, यो रेलमार्ग अगाडि बढ्दै एकवर्षपहिले ताकम नगरसम्म पनि आउने थिएन नी ! त्यसकारण, हामीले विकासका बारेमा बोल्दै गर्दा तीनवटा विषयलाई कहिल्यै बिर्सनु हुँदैन – पहिलो कुनै पनि विकासका बारेमा देखिने सपना, दोश्रो कुरा त्यसको कार्यान्वयन र तेस्रो विषय त्यसको बुद्धिमत्तापूर्ण उपभोग !” जेट्लिनाले चाखपूर्ण रुपमा मेरो कुरा सुन्दै गई । लन्च अझै आइपुगेको थिएन हाम्रो टेबलमा । त्यसैले समयको सदुपयोग गर्दै मैले भनेँ – “तिमीले सायद पढेकी पनि हौली – काठमान्डु–पोखरा रेलमार्ग निर्माणको समय सुरुङ खन्ने क्रममा दुई दर्जन महान कामदारहरुले आफ्नो ज्यानको बली चढाउनु पर्‍यो ! त्यसो त विकास आँखाको एक झिमिकमा हुने विषय पनि परेन ! विकाससँगै थुप्रै चुनौतीहरु पनि छन् ।” जेट्लिनाले मलाई धाराप्रवाह सुनिरही, मैले बोलीरहेँ – “...अझ मानिसहरुको चेतनास्तर औषतभन्दा तल रहेको अवस्थामा देखिने विकासका कतिपय सपनाहरु सपनामा नै सिमित रहन्छन् । हाम्रो पुस्ताले सिकेको महत्वपूर्ण कुरा के हो भने, ‘विकास गर्नु ठूलो विषय होइन । तर मानिसहरुको बिग्रदो मनोदशालाई नियन्त्रण गर्दै उनीहरुको सोचलाई फराकिलो पार्न सक्नु महत्वपूर्ण हुँदो रहेछ !’ अहिले यो बताइँरहदा मलाई मेरा पुस्ताका कतिपय मानिसहरुको तत्कालिन विचारप्रति दया जागेर आउँछ । ती यति कठिन दिनहरु थिए जतिखेर हामीहरुबीच एकात्मक भावना टुक्रिएको अवस्थामा थिए । एकको विचारलाई अर्कोले निषेध गर्ने त परम्परा नै थियो, चाहे त्यो जतिसुकै उत्तम किन नहोस ? अहिलेको पुस्ताले सायदै विश्वास गर्ला कि हाम्रो समयमा मोर द्यान फिप्टी त पोलिटिकल पार्टीहरु थिए !” मेरो पछिल्लो कुरा सुनेपछि उसले जिब्रो टोकी र भनी – “ओ माई गड..!”

Post a Comment

Popular Posts