डोजर चलाएर मात्र सडक चौडा हुँदैन


सडक मिचिएको घर भत्काउँदै डोजरः तस्बीर माइसंसार

ट्राफिक प्रहरीले अविश्वसनीय रुपमा सडक बिस्तारमा लागेको देख्दा थुप्रै आम नागरिकहरु दंग परेका छन् । सर्बसाधरणहरुका मुहारमा खुशीको लाली पनि देखिएकै हो । बर्षौदेखि भत्काइन नसकेका सार्वजनिक जग्गा मिचेर बनाइएका पहुँचवालाहरुका पर्खाल, पौडी पोखरी र घर माथि एकाएक डोजर दगुर्नु हाम्रो देशको सन्दर्भमा स्वभाविक विषय हुँदै होइनन् । तथापि ट्राफिक महाशाखाले जुन निभर्यका साथ अदम्य साहस प्रदर्शन गरेको छ त्यो उसको कर्तब्य हुँदाहुँदै पनि हामी स्यालुट नगरी रहन सक्दैनौं । यो आँटिलो कदमका लागि ट्राफिक महाशाखाका प्रमुख र मातहतका कर्मचारीलाई हार्दिक धन्यवाद छ । 
तर यति हुँदाहुँदै पनि ट्राफिक महाशाखाले ट्राफिक ब्यवस्थापनको अन्य महत्वपूर्ण कामप्रति भने रमिते भएको देख्दा चित्त बुझिरहेको छैन । सडकमा राखिएका ट्राफिक लाइटहरु प्रदर्शनीका लागि संग्रहालयमा राखिएका ‘वस्तुहरु’ प्रतित हुन्छन् । तीनको मर्मत सम्भारको काम कहिले हुने हो उनै राम जानुन् । बाटो पार गर्नका लागि पैदल यात्रु जेब्रा क्रसिङ भेट्दैन, भेटोस् पनि कसरी ? ती सडकमा बिलाएका छन्, नामनिशान छैन तीनको । अब ती जेब्रा क्रसिङले रंगिन हुन कहिले पाउने हुन् केहि ठेगान छैन । सडकपेटी र आकाशेपुलहरुमा असरल्ल पसलहरु थापिएका हुन्छन । आम मान्छे ‘कन्फ्यूज’ हुन्छ – त्यहाँ किनमेल गर्ने हो या निर्बाध हिड्ने मात्र ? ट्राफिक महाशाखाले पैदलयात्रुले सडकपेटी र आकाशेपुलमा निर्बाध हिड्न पाउने अधिकार ‘प्रत्योजित’ कहिले गर्ने हो ? हेर्न बाँकी नै छ । आवश्यकता भन्दा कम सार्वजनिक साधन चलाइने रत्नपार्क–बानियाँटार, रत्नपार्क–नयाँ बसपार्क, रत्नपार्क – कपन जस्ता रुटहरुमा थप साधनहरुका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण तथा कार्यान्वयन गराउने जिम्मेवारी ट्राफिक महाशाखाको हो कि हैन ? जसका कारण निरुपाय सर्वसाधारणहरु सिन्की झैं कोचिएर यात्रा गर्न बाध्य भएका छन । यतापट्टि ट्राफिक महाशाखाको ध्यान कहिले पुग्ला ?
सडक फराकिलो पारिरहेको नाममा सडक छेउका घर, पर्खालहरुमा बुल्डोजर चलाएर मात्र ट्राफिक महाशाखाले आफ्नो दायित्वबाट उम्किन मिल्दैन । ठोस योजना र तीनको कार्यान्वयनको दृढ संकल्पसहित ट्राफिक महाशाखाको जिम्मेवार भूमिका चाहिरछेन – सर्बसाधारणहरु ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)