Skip to main content

Posts

Showing posts from November, 2012

जनताको हातबाट निस्केका झापडहरू

सायद धेरै नेपालीहरुले अड्कल काटे झैं एउटा अर्को झापड बर्सिएको छ – अर्को एक थान तथाकथित शिर्षस्थ नेताको गालामा ! दुई वर्ष अगाडि माघ महिनाको चिसोमा तथाकथित एक शिर्षस्थ नेताको गाला रन्काएर शुरु भएको झापड श्रृङ्खला अन्ततः गणतन्त्र नेपालको पहिलो कार्यकारी राष्ट्रपति बन्ने ईच्छा राखेका पूर्व प्रधानमन्त्री एवं सबभन्दा ठूलो दलको सबभन्दा ठूलो नेताको गालासम्म आईपुग्नुलाई हामी सामान्य मान्न सक्दैनौं । यो झापड श्रृङ्खलालाई ब्यक्तिगत आवेग वा बहुलठ्ठीपनको संज्ञा दिन सक्दैनौं । र, हामी राम्ररी बुझ्न सक्छौं कि हिजो यहि झापडको शुभारम्भ हुँदा त्यो जनताको आक्रोश हुने र आज उस्तै झापड सुप्रिमोको गालामा बज्रदा त्यो निकृष्ट, षडयन्त्रकारी वा प्रतिगमनकारी हुनै सक्दैन । जो जसले यसलाई गलत ब्याख्या गरिरहेछन्, सन्निकट भविष्यले उनीहरुको यो सतही बुझाईलाई गलत सावित गरेरै छाड्ने छ । इतिहास साक्षी छ – जहिले पनि जनताहरुले आफ्ना नेताहरुलाई आक्रमण गरेका छैनन् । किनकी जनताहरुले राजनीतिको प्रयोग राम्रोसँग गर्न जानेका छन् । उनीहरु राजनीतिलाई अराजनैतिक बनाउन जान्दैन् । बिग्रेकोलाई बिग्रेको र सप्रेकोलाई सप्रेको देख्ने आँखा र…

Puhutko sinä suomia?

नढाँटि भन्नुपर्दा, फिनल्याण्डमा काम पाउनु गार्‍हो नै हो । अनि सजिलो पनि ! तर यहाँ हाम्रोमा जस्तो अस्तब्यस्त नहुने रहिछ । काम चाहिएको मान्छे काम दिने मान्छेकोमा गएर ढोका ढकढाउने चलन त छँदै छैन भन्दा पनि हुन्छ । किन्तु, यहाँ काम पाउने दुईवटा तरिकाहरु रहिछन् – पहिलो कुनै ठाउँमा काम गर्दै गरेका साथीभाईको सिफारिशमा सम्बन्धित कम्पनिको सुपरभाइजर वा प्रमुखलाई भेट्ने, दोश्रो श्रम मन्त्रालयको वेभसाइटमा राखिएका आवश्यकतासम्बन्धी बिज्ञापन छान्दै फर्म भर्ने ! फेरि पनि महत्वपूर्ण कुरा यो छ कि न पहिलो तरिकाबाट काम खोज्नका लागि धेरै मान्छेहरुका आफ्नै मान्छेहरु यहाँ हुन्छन् न त अरुले त्यसबारे बेकारमा टाउको दुखाउने कुरो नै हुन्छ । अब रह्यो दोश्रो तरिका – फर्म भरेर जागिर पाएको भन्ने रेकर्ड कमै हुने गर्दो रहिछ यहाँ । खासमा कुरो के पर्दो रहिछ भने, यस्सो काम पाईन्छ कि भनेर फोन गर्यो भने काम दिने भनिएको कम्पनीको फोन उठाउने ब्यक्तिको पहिलो प्रश्न हुन्छ – Puhutko sinä suomi? जसको अर्थ हुन्छ – तिमीलाई फिनिस बोल्न आउँछ ? 
आएको दुई महिनापछि बल्ल आज काम खोज्ने जाँगर चलेपछि मैले त्यो फिनिस श्रम मन्त्रालयको वेभसाइट…

प्राप्ती मात्र प्रेम होर्इन्

प्रेम । हजुर यसलाई कसरी बुझ्नुहुन्छ ? त्यो मेरोभन्दा फरक छ । र, म जे बुझ्छु त्यो भन्दा फरक उनको बुझाई होला । उनी अर्थात यो सत्यकथाकी केन्द्रिय पात्र ! मेरो भन्नुको तात्पर्य – अस्तित्वमा रहेका हर बस्तु र विषयका सम्बन्धमा मानिसहरुका पृथक बुझाईहरु हुन्छन् । छन् । झन प्रेम त स्वयंको अनुभूति हो । र, यसलाई अनुभूत गर्ने मानिसले आफ्नै हिसाबले यसको विश्लेषण गर्न पाउनु पर्छ – यो मेरो मान्यता हो । मलाई विश्वास छ यसमा यहाँको पनि असहमति रहने छैन । उनी, मेरी शिष्य । पृथक लाग्छ मलाई उनको जीवन जिउने शैली । मानिसहरुसँग उनले गर्ने अन्तरक्रिया मलाई नौलो लाग्छ । मनपर्छ उनको यो शैली । प्रायः कम बोल्छिन् । वा बोल्दैबोल्दिनन् । तर जब बोल्न थाल्छिन् सबैलाई नजिकको ठान्ने गर्छिन । सायद स्त्री जातिको विशेषता हो, यो । क्षणभरमै खुल्ने ! तर उनको कुरालाई विश्वास गर्ने हो, उनी भन्छिन् – उनी धेरै कम ब्यक्तिहरुलाई मात्र आफ्ना ब्यक्तिगत अनुभवहरु सुनाउन लायक ठान्छिन् । विशेषगरी दुःखका अनुभूतिहरु ! उनले फेसबुके गफगाफमा भनिन् – “सर, म एकदमै टेन्सन (तनाव) मा छु, आजभोली ।” म झस्केँ । अनि सोधेँ – “के भो नानु ?” उनले बताईन् …

जन्मोत्सब अन्तरक्रिया

गुराँसे क्रान्ति, पूर्वराजा र जनता

फेरि आज ज्ञानेन्द्र शाहका तस्बीर र खबर पढ्ने औसर प्राप्त भयो । राजगद्दी त्याग्न वाध्य भएपछि उनी केहि समय चुप लागेर नै बसेका थिए । सायद उनलाई लाग्यो पनि होला, जनताले राजा चुनेका हैनन् त्यसका कारण जनताहरु के भन्छन् उनले जनमत लिन चाहेनन् । सुरुक्क गद्दी त्यागी लुरुक्क नागार्जुन छाडेर गए । हुन त एक जमानामा आफ्ना पुर्खाहरुको बल र विवेकको प्रयोगबाट प्राप्त औसर थियो– राजगद्दी । तसर्थः आफूभन्दा शक्तिशाली शक्तिको उदयपछि उनले गद्दी त्याग्नुपर्ने प्राकृतिक पद्दती हो उनले सिकेको संस्कारमा । त्यसकारणः पनि अत्यन्तै लाचारीता पूर्वक उनले गद्दी त्याग्नु पर्‍यो । र, आजभोली हामीहरुले पत्रपत्रिकामा पढ्दै आएका ज्ञानेन्द्र शाहको नामका अगाडि एउटा उपमा अर्थात पूर्वराजा यसैको परिणती हो ।  मन्दिर र शक्तिपीठ डुल्ने आफ्नो सनातनको परम्परा अनुरुप ‘पूर्वराजा’ पनि मन्दिरहरु डुलेको हुनुपर्छ सायद । मन्दिर डुल्नुको पछाडि धार्मीक उद्देश्यबाहेक उनी अरु कुनै उद्देश्यले प्रेरित छन् भन्ने कुरो कम्तिमा पनि मलाई चाँहि विश्वास छैन । किनकी उनलाई राम्ररी थाहा हुनुपर्छ, आफ्ना प्रत्येक राजकीय सम्बोधनको अन्तिम छ शब्दहरु ‘श्री पशुप…

जीवन चलिरहन्छ - अनवरत !

यहि कार्तिक २३ गते अर्थात नोभेम्बर ८ तारिखका दिन म २७ वर्ष पूरा गरी जीवनको २८ औं वर्षमा प्रवेश गर्दैछु । यहाँसम्म आर्इपुग्ने क्रममा जीवनमा मैले अनेकौं तीतामीठा अनुभवहरू संगालेको पनि छु । ती अनुभवहरू सम्भवतः यहाँहरूका झैं पक्कै छैनन् । किन्तु, हाम्रा भोगार्इहरूले हामी सबैलार्इ एउटै पाठ चाँहि सिकाएको हुनुपर्छ - जीवन जिउने कला ! मेरो विश्वास छ, जीवनको अविरल यात्रामा हामीले सामना गर्नुपर्ने कैयन कठिन चुनौतीहरूले हामीलार्इ जीवन के हो भनेर बुझ्नलार्इ अझ प्रेरित गरेका छन् । हामी सधैं सुखभोग मात्र गर्दैनौं, हाम्रा लागि दर्दहरूको पनि आफ्नै महत्व छन् । सायद जीवनमा दर्द, विवशता र लाचारीपन नहुँदा हुन त बाँच्नुको  पनि त महत्व नरहँदो हो ।  मैले आफ्नै जीवनलार्इ मिहीन पाराले बुझ्ने प्रयास गर्दै गर्दा के पाएको छु भने, जीवन सुन्दर छ र यसका थुप्रै अँध्यारा पाटाहरू पनि छन् । केहि मानिसहरू सधैं जीवनका उज्याला पाटाहरूलार्इ अङ्गाल्छन्, उनीहरू अँध्यारा पाटाहरू देख्तैदेख्दैनन् वा इन्कार गर्छन् । र, उनीहरू सधैं सुखी अनि खुशी हुन्छन् । खुशि यस अर्थमा कि अँध्यारोले जीवन छोपिरहेका बखत पनि उनीहरू परपर क्षितिजसम्म…