Skip to main content

गुराँसे क्रान्ति, पूर्वराजा र जनता


फेरि आज ज्ञानेन्द्र शाहका तस्बीर र खबर पढ्ने औसर प्राप्त भयो । राजगद्दी त्याग्न वाध्य भएपछि उनी केहि समय चुप लागेर नै बसेका थिए । सायद उनलाई लाग्यो पनि होला, जनताले राजा चुनेका हैनन् त्यसका कारण जनताहरु के भन्छन् उनले जनमत लिन चाहेनन् । सुरुक्क गद्दी त्यागी लुरुक्क नागार्जुन छाडेर गए । हुन त एक जमानामा आफ्ना पुर्खाहरुको बल र विवेकको प्रयोगबाट प्राप्त औसर थियो– राजगद्दी । तसर्थः आफूभन्दा शक्तिशाली शक्तिको उदयपछि उनले गद्दी त्याग्नुपर्ने प्राकृतिक पद्दती हो उनले सिकेको संस्कारमा । त्यसकारणः पनि अत्यन्तै लाचारीता पूर्वक उनले गद्दी त्याग्नु पर्‍यो । र, आजभोली हामीहरुले पत्रपत्रिकामा पढ्दै आएका ज्ञानेन्द्र शाहको नामका अगाडि एउटा उपमा अर्थात पूर्वराजा यसैको परिणती हो । 
मन्दिर र शक्तिपीठ डुल्ने आफ्नो सनातनको परम्परा अनुरुप ‘पूर्वराजा’ पनि मन्दिरहरु डुलेको हुनुपर्छ सायद । मन्दिर डुल्नुको पछाडि धार्मीक उद्देश्यबाहेक उनी अरु कुनै उद्देश्यले प्रेरित छन् भन्ने कुरो कम्तिमा पनि मलाई चाँहि विश्वास छैन । किनकी उनलाई राम्ररी थाहा हुनुपर्छ, आफ्ना प्रत्येक राजकीय सम्बोधनको अन्तिम छ शब्दहरु ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ बोलिरहँदा पनि पशुपतिनाथको अनुकम्पा रहेन । ५८ को जेष्ठ १९ को रातले प्रमाणित गरिसकेको छ – हरेक दुर्गन्धित षडयन्त्रका अगाडि ईश्वरीय प्रभाव निश्क्रियप्रायः रहन्छ । तथापी, मानिस लाचार छ । जवजव आफ्नो क्षमतामाथि मानिसलाई विश्वास लाग्दैन, ऊ भगवानको शरणमा पुग्दछ । सायद यहि मनोदशाको शिकार भएको हुनुपर्छ ज्ञानेन्द्र शाह । तर अचम्मको विषय यो छ कि उनी मन्दिरहरुमा भगवानको आशिर्वाद थाप्न हिडिरहेका बेला मानिसहरु उनलाई साक्षात विष्णुको अवतार मान्दै उनकै पछि लाम लागेको देखिन थालेको छ । त्यहाँ देखिने थुप्रै मानिसहरु ती पनि हुन जो गुराँशे क्रान्ति (६२/६३) को आन्दोलनताका सडकमा उर्लेर चिच्याइरहेका हुन्थे –“ज्ञाने चोर, देश छोड” । आज तिनै मानिसहरु सडकमा धनुष्टङ्कार आसनमा लामबद्ध भएर उस्तै स्वरमा नारा लगाउँदै छन् –“राजा आऊ, देश बचाऊ !”
गणतन्त्रको मीठो सपना देखाएर नेताहरुले हामीलाई भूलभूलैयामा पारे । पछिल्ला राजनैतिक घटनाक्रमले यहि कुराको पुष्टि गरेका छन् । हामी जति नै अविश्वास गरौं – जनताहरुको मनोविज्ञान परिवर्तन भैरहेको छ । नेताहरु राजनेतामा परिवर्तन हुन सकिरहेका छैनन् । वा, उनीहरुलाई राजनेता बन्नु नै छैन । उनीहरु फगत हामीहरुलाई मीठा आश्वासन बाँडिरहेछन्, र हामीले पछिल्ला केहि वर्षदेखि उनीहरुलाई पत्याउँदै आईरहेका पनि छौं । उनीहरुले भने – संविधानसभाले जनताको सार्वभौमताको सुनिश्चित गर्दछ । संविधानसभाले जनताको सर्वोच्चता कायम गर्दछ । परन्तु, इमान्दारीताका साथ भन्ने हो भने नेपाली राजनीतिमा हामीले कहिल्यै भोग्नु नपरेको कठिन दिनहरु अहिले भोगिरहेछौं । नेताहरु आफूआफूमै विश्वासको वातावरण कायम गर्न सकिरहेका छैनन् । जनताको सर्वोच्चताको कुरा गर्दै उनीहरु आफू र आफू इतरका मानिसहरुको सर्वोच्चता स्थापनाका लागि कम्मर कसेर लागेका छन् । हिजो एउटाको निरङ्कुश शासन ब्यवस्थाका लागि लडेका र लड्न प्रेरित गरेकाहरुले आज जब आफ्नै निरङ्कुशता लाद्नका लागि जुन छिनाझप्टीमा लागेका छन् त्यसले जनताहरुलाई सशंकित बन्न प्रेरित गरेको छ । आम नागरिकहरुलाई लाग्न थालेको छ, यी छोटे राजाहरुले देशको मुहार फेर्न सक्दैनन् । बस्तीहरुमा गाँइगुँइ सुनिन लागेको छ, अब जंगलमा धेरै सिंहहरुको एकैपटक राज चल्न असम्भव छ । परिणामतः जो हिजो जसका बिरुद्ध गगनभेदी नारा लगाउँदै सडकमा उर्लेका थिए आज उनै सडकमा जयजयकार गर्न लाम लागेका छन् किन ? 
मेरो बुझाई यो हो कि, समय निकै घर्किसकेको छ । अब शिशु गणतन्त्रलाई संस्थागत गर्ने वा पुनः राजतन्त्रमा जाने ? यसको फैसला सडकबाट नहोला भन्न सकिदैन । डेट एक्सापायर्ड नेताहरुले एउटा इतिहासलाई मनन गरुन – कम्बोडियामा राजगद्दीबाट गलत्याइएका राजा सिंहानुकलाई जनताहरुले फेरि गद्दीमा पुर्‍याएका थिए ! संसारमा सबभन्दा ठूलो शक्ति केहि छ त त्यो जनता हो ! नेता हैन !
3 comments

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…