Skip to main content

प्राप्ती मात्र प्रेम होर्इन्


प्रेम । हजुर यसलाई कसरी बुझ्नुहुन्छ ? त्यो मेरोभन्दा फरक छ । र, म जे बुझ्छु त्यो भन्दा फरक उनको बुझाई होला । उनी अर्थात यो सत्यकथाकी केन्द्रिय पात्र ! मेरो भन्नुको तात्पर्य – अस्तित्वमा रहेका हर बस्तु र विषयका सम्बन्धमा मानिसहरुका पृथक बुझाईहरु हुन्छन् । छन् । झन प्रेम त स्वयंको अनुभूति हो । र, यसलाई अनुभूत गर्ने मानिसले आफ्नै हिसाबले यसको विश्लेषण गर्न पाउनु पर्छ – यो मेरो मान्यता हो । मलाई विश्वास छ यसमा यहाँको पनि असहमति रहने छैन ।
उनी, मेरी शिष्य । पृथक लाग्छ मलाई उनको जीवन जिउने शैली । मानिसहरुसँग उनले गर्ने अन्तरक्रिया मलाई नौलो लाग्छ । मनपर्छ उनको यो शैली । प्रायः कम बोल्छिन् । वा बोल्दैबोल्दिनन् । तर जब बोल्न थाल्छिन् सबैलाई नजिकको ठान्ने गर्छिन । सायद स्त्री जातिको विशेषता हो, यो । क्षणभरमै खुल्ने ! तर उनको कुरालाई विश्वास गर्ने हो, उनी भन्छिन् – उनी धेरै कम ब्यक्तिहरुलाई मात्र आफ्ना ब्यक्तिगत अनुभवहरु सुनाउन लायक ठान्छिन् । विशेषगरी दुःखका अनुभूतिहरु !
उनले फेसबुके गफगाफमा भनिन् – “सर, म एकदमै टेन्सन (तनाव) मा छु, आजभोली ।” म झस्केँ । अनि सोधेँ – “के भो नानु ?” उनले बताईन् – “म हजुरलाई पहिले नै भन्नेवाला थिएँ तर भनेको थिइँन । सर म कसैसँग प्रेमसम्बन्धमा थिएँ । र, केहिदिन पहिलेदेखि उसले मलाई वास्ता गर्न छाडेको छ । उसले धोखा दियो, मलाई । र, मैले उसको नाम बताएँ भने हजुरले पनि विश्वास गर्नुहुन्न !” मलाई अचम्म लाग्छ, विगतमा एउटा शिक्षकका हिसावले जोजोसँग म नजिक भएँ, उनीहरुले मलाई निकै नै विश्वास गर्दछन् । उनीहरुका घरायसी कुराहरु पनि मसँग बाड्छन् । र, प्रेममा अनुभूत गरेका उतारचढावहरु पनि सुनाउन धक मान्दैनन् । त्यसकारण थुप्रै मानिसहरुको परिभाषामा म शिक्षक हुन सकेको छैन । तैपनि मेरो मान्यता हो, आफ्ना शिष्यहरुको हरेक अप्ठ्याराहरुमा सहजता ल्याउनु वा सहजता ल्याउने प्रयास गर्नु गुरुको धर्म हुनुपर्छ । त्यसकारण पनि म उनका लागि यो लेख्तैछु ।
प्रिय छात्रा, प्राप्ती मात्र प्रेम हैन । मैले बुझेको सत्य हो यो । मैले लेख्नै पर्ने हुन्छ – प्रेममा प्राप्त गर्ने मानिसहरु संसारमा थोरै मात्रा छन् । अधिकांशहरु प्रेममा गुमाउँछन् । जो जसले जे जे पाएँ तिनले खास केहि पाउँदैनन्, तर जसले गुमाएँ तीनले खास धेरै पाउँछन् जीवनमा ! जीवन जिउनुको अर्थ बुझ्छन् । प्रेमले जीवनमा पार्ने प्रभावका बारेमा बुझ्ने मौका पाउँछन् । र, थाहा छ ? प्रेममा धोखा खाएका भन्नेहरुले विशेष के पाउँछन् ? उनीहरुले यो थाहा पाउँछन् कि संसारमा सबै मानिसहरु विश्वासयोग्य हुँदैनन् । र, तिमी नै भनन् यो कति महत्वपूर्ण ज्ञान हो । यो कति ओजस्वी ज्ञान हो । कतिपय मानिसहरुले चितामा पुग्नेबेलासम्म यो महत्वपूर्ण ज्ञान प्राप्त गर्न सक्तैनन् । उनीहरु संसारका सबभन्दा अभागी मानिसहरु हुन् । किनकी उनीहरु कहिल्यै प्रेममा परेनन् । अझ महत्वपूर्ण कुरा त यो छ कि, त्यसकारण उनीहरुले प्रेममा गुमाउनुको अर्थ बुझेनन् ।
मलाई थाहा छ, पहिलो प्रेम अजीवको हुन्छ । मेरो अनुभूतिले भन्छ, पहिलो प्रेम अदभूत हुन्छ । अविष्मरणीय हुन्छ । परन्तु, तिमीले यो कुरा थाहा पाउन पनि धोखा त पाउनै पर्ने हुन्छ । नत्र तिमीले यो बोध गर्नै पाउँदिनौं कि पहिलो प्रेम कस्तो हुन्छ ? र, विशेष त यो छ कि जब तिमीले प्रेममा धोखा प्राप्त गर्छ्यौ, तिम्रा लागि झन विशेष प्रेम पहिले नै तयार भैसकेको हुन्छ । गुमाइसकेको प्रेमका विषयमा ज्यादा चिन्तित हुनु हामीहरुका लागि शोभनीय कुरो हैन ।  त्यसैले नेपालीमा एउटा उखान पनि छ नी – “फुत्केको माछो ठूलो देखेर हुँदैन ।” किन थाहा छ ? हातमा परेका अरु माछाहरु पनि गुमाउनु पर्ने हुन्छ ।  तसर्थः तिमी सधैं यो बुझिराख कि तिमिले गुमाएको प्रेमभन्दा अब प्राप्त गर्ने प्रेम अद्भूत छ । अलौकिक छ । र, यो छ अनुपम !

“Tis better to have loved and lost

Than never to have loved at all.” 


2 comments

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।
उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोड…