Skip to main content

Posts

Showing posts from December, 2012

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुस् 
“ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं ।  साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ – केहि जोडिहरु …

म, मेरी क्रिसमस र मेरो जिज्ञासा

स्नातक अध्ययन गर्दाताका समाजशास्त्रका प्राध्यापकले समाजशास्त्रका विभिन्न विषय, सन्दर्भ र प्रसङ्गहरुका बारेमा थु्रप्रै कुराहरु भने । प्राध्यापक गोरखसरको कक्षा मैले कहिल्यै पनि छाडिनँ । किनकी ती अत्यन्तै रोमाञ्चक बहसले भरिपूर्ण हुन्थे । रमाईला यस अर्थमा कि उनले पढाउने विषयमा केहि समाजशास्त्रीहरु पनि देखापर्थे र बिबाहलाई बैधानिक बेश्यावृतिको अर्को रुप भनेर वकालत गर्थे अनि मजस्ता चिचिला दिमाग भएकाहरुलाई त्यो कक्षा लिएको दिनभरीजसो ‘ह्याङ’ बनाईरहन्थे । यी र यस्तै विषयहरुलाई फरक र विस्तृत पाराले केलाइएका पाठहरुका बारेमा उनी आफ्ना धारणाहरु राख्थे र हामी विधार्थीहरुलाई छलफल गर्न प्रेरित गर्ने गर्दथे । छलफलका ती विषयहरुमा कुनै दिन  परसंस्कृतिग्रहण (Acculturation) र आत्मसाथिकरण (Assimilation) का बारेमा पनि लामै बहस भएको म राम्ररी सम्झन्छु । र, आज त्यो छलफल पुनर्लेखन नगरी फेसबुकका भित्तामा हिन्दु र बौद्धमार्गी नेपालीहरुले क्रिसमसको शुभकामना पोतिरहेको सन्दर्भमा आफूलाई लागेका केहि कुराहरु लेख्न चाहेको छु । कोशिस गरेको छु । ईदको दिनमा म उति सारो ईद मुबारकको शुभकामना देख्दिनँ । म जान्दिनँ धार्मिक सह…

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १

अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ? तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन् –…

हेलसिन्कीको चिसो र उनको न्यानो स्पर्श

स्थलगत अध्ययनका लागि विद्यालयले हेलसिन्की जान अर्‍हाएपछि म मेरो समूहसँगै २० मिनेटको रेलको यात्रा गरेर नोभेम्वरको अन्तिम हप्ता हेलसिन्की पुगेको थिएँ । के गर्ने ? कसरी स्थलगत अध्ययन गर्ने ? सबै कुरा अज्ञात थिए मेरा लागि । र, मेरा समूहका अरु साथीहरुका लागि पनि ! त्यसकारण हामीहरुले निर्णय गर्‍यौं, केहि पनि नगर्ने । सिवाय हेलसिन्कीको केन्द्रिय रेल्वे स्टेशनका वरिपरी चक्कर काट्ने र केहि लायकका दृश्यहरु देखियो भने तस्बिर लिने । अब लायकको पनि के दृश्य देखिने होला ? जबकी हाम्रो अध्ययनको विषय थियो – लागू पदार्थ दुर्व्यसनी र मानसिक समस्याले शिकार भएका मानिसहरु ! साथीहरु चाँहि तीनै लायकका दृश्यहरुको खोजिमा जुटे, म चाँहि भेटेसम्म ती ब्यक्तिहरुसँग कुराकानी गर्ने अठोटका साथ त्यही सेन्ट्रल स्टेशनको चक्कर काटिरहेँ । त्यो दिन, मेरो समूह कार्यमा योगदान पुग्ने गरेर खास उपलब्धीमुलक त्यस्तो केहि सूचना वा ज्ञान त हात लागेन मलाई तर पनि केहि फिनिस मानिसहरुलाई नजिकबाट बुझ्ने अवसर चाँहि प्राप्त गरे भन्ने लागेको छ मलाई  । कोहिसँग पनि तुरुन्तै बोलिहाल्ने आँट जुटाउनै नसक्दा मलाई आफ्नै अवस्थाप्रति टिठ लागेर आयो । …

अट्टिच्युड अर्थात मनोबृतिका बारेमा केहि कुराहरू

केहि दिन पहिले फेसबुकमा एउटा भित्तेलेखन देखेको थिएँ, र त्यो भित्तेलेखन चर्चित गितकार भूपेन्द्र खड्काको थियो । हरेक विषयबस्तुका सम्बन्धमा मानिसहरुका आफ्नै आग्रह वा पूर्वाग्रहहरु हुन्छन् । अर्थात मनोवृतिहरु हुन्छन् । र, गितकार खड्काले मनोवृतिका बारेमा यस्तो लेखेका थिए – मनोवृति भनेको भित्री बस्त्र हो, जुन तिमीले लगाउनु आवश्यक छ, तर प्रदर्शन गर्नु स्वभाविक हुँदैन । मनोवृति सम्बन्धि उनको यो बुझाईपछि मैले गहन भएर यसको विश्लेषण गरेँ । र, आफ्नो स्वः मूल्याङ्कन पनि ! कतिपय अवस्थाहरुमा मैले आफ्ना मनोवृतिहरु विशेष गरि गलत बुझाईहरु उदांगो रुपमा प्रदर्शन गरेको र त्यसले निकै हदसम्म मेरो स्वयंकै ब्यक्तित्व विकाशमा अवरोध गरेको पनि पाएँ । परन्तु, यसलाई सच्चाउने प्रयत्न गर्छु भन्ने प्रतिज्ञा गर्नु सिवाय खास प्रगति गर्न नसकेको परिस्थिती म आफैमा विद्यमान रहेको बोध पनि गरेँ । अनविज्ञ छु म कति यस्तै थुप्रै मानिसहरु होलान मेरै वरिपरी । केहि दिन पहिले यस्तै भयो मैले अध्ययन गर्ने विश्वविद्यालयमा पनि । हाम्रो कक्षाका विद्यार्थीहरुलाई आफ्ना अनुभूतिहरुका बारेमा केहि बताउन दुई जना पूर्व महिला विद्यार्थीहरुलाई आ…