Skip to main content

म, मेरी क्रिसमस र मेरो जिज्ञासा


स्नातक अध्ययन गर्दाताका समाजशास्त्रका प्राध्यापकले समाजशास्त्रका विभिन्न विषय, सन्दर्भ र प्रसङ्गहरुका बारेमा थु्रप्रै कुराहरु भने । प्राध्यापक गोरखसरको कक्षा मैले कहिल्यै पनि छाडिनँ । किनकी ती अत्यन्तै रोमाञ्चक बहसले भरिपूर्ण हुन्थे । रमाईला यस अर्थमा कि उनले पढाउने विषयमा केहि समाजशास्त्रीहरु पनि देखापर्थे र बिबाहलाई बैधानिक बेश्यावृतिको अर्को रुप भनेर वकालत गर्थे अनि मजस्ता चिचिला दिमाग भएकाहरुलाई त्यो कक्षा लिएको दिनभरीजसो ‘ह्याङ’ बनाईरहन्थे । यी र यस्तै विषयहरुलाई फरक र विस्तृत पाराले केलाइएका पाठहरुका बारेमा उनी आफ्ना धारणाहरु राख्थे र हामी विधार्थीहरुलाई छलफल गर्न प्रेरित गर्ने गर्दथे । छलफलका ती विषयहरुमा कुनै दिन  परसंस्कृतिग्रहण (Acculturation) र आत्मसाथिकरण (Assimilation) का बारेमा पनि लामै बहस भएको म राम्ररी सम्झन्छु । र, आज त्यो छलफल पुनर्लेखन नगरी फेसबुकका भित्तामा हिन्दु र बौद्धमार्गी नेपालीहरुले क्रिसमसको शुभकामना पोतिरहेको सन्दर्भमा आफूलाई लागेका केहि कुराहरु लेख्न चाहेको छु । कोशिस गरेको छु ।
ईदको दिनमा म उति सारो ईद मुबारकको शुभकामना देख्दिनँ । म जान्दिनँ धार्मिक सहिष्णुता राख्ने मेरा महान नेपाली बन्धुबान्धवहरु ईदको शुभकामना दिन किन बिर्सन्छन् ? शिख धर्मावलम्बीहरुले भब्यतापूर्वक मनाउने उनीहरुका प्रिय गुरु नानकको जन्मदिनका दिन किन शुभकामनाहरु लेखिदैनन्, जैनहरुको महत्वपूर्ण मानिने महावीर जयन्तिका दिन किन शुभकामना लेखिदैनन् ? तर क्रिसमसका अवसरमा सबैजना जुरुक्कै भएको देख्छु । प्रायःको मुखमा झुण्डेको पाउँछु – मेरी क्रिसमस । अचम्म लाग्छ मलाई । म एकोहोरिन्छु । हुँदाहुँदा मैले दुईचार साथीहरु यस्तो पनि पाएको छु – जसले दशैं र तिहारलाई अस्वीकार गर्दछ । हार्दिकता पूर्वक शुभकामना अस्वीकार गर्छ, जिकिर गर्छ – बाहुनवादलाई बढावा दिने पर्व हुन यी । हिन्दुहरुका चाड हुन यी भन्छ । तर क्रिसमसका बेलाँ उनीहरु आफै मलाई चिच्याईचिच्याई शुभकामना प्रदान गरिरहेको पाउँछु – मेरी क्रिसमस ! सनातनदेखि चलि आएका पर्वहरु बाहुनवादी भए, केहिवर्ष अगाडिदेखि पैसा र प्रलोभनमा परेर धर्म परिवर्तन गरेकाहरु अहिले बार्‍ह हात उफ्रिरहेछन् । क्रिसमस उनीहरुको महान पर्व भएको छ, जिसस उनका महान देवता भएका छन् ! सोचनिय विषय हो यो । 
तस्बीरः इन्टरनेट श्रोत
क्रिसमसका बारेमा खास जानकारी नराख्नेहरु पनि ख्यालख्यालैमा क्रिसमसका शुभकामनाहरु बाँडेको भेटेको छु मैले । लौं माने मैले शुभकामना बाड्न बन्देज छैन । एउटा क्रिश्चियनले अर्को क्रिश्चियनलाई वा एउटा हिन्दु वा बौद्धमार्गीले कुनै क्रिश्चियनलाई ‘मेरी क्रिसमस’ को शुभकामना दिनु स्वभाविक होला । हुनसक्छ । तर एउटा हिन्दुले अर्को हिन्दुलाई, ‘मेरी क्रिसमस’ को शुभकामना अलाप्नुलाई म के भनुँ ? कसरी बुझुँ ? मैले मेरो क्यानेडेली क्रिश्चियन साथी ज्याक्सलाई ‘ह्याप्पी राम नवमी’ भनेँ भने के होला ? वा, त्यसले कुनै अर्थ राख्दछ ? मैले मेरो मुश्लिमसाथी मोर्ताडालाई ‘ह्याप्पी लक्ष्मीपूजा’ भन्नुको कुनै तुक छ ? त्यसकारण यहाँ नेर मेरो भन्नुको तात्पर्य के हो भने – तिमी नेपाली हौं, र तिमी हिन्दु हौ वा धर्म परिवर्तन गरेर क्रिश्चियन नै भएका किन न हौं – तिमिले मलाई ‘मेरी क्रिशमस’ को शुभकामना ब्यक्त गर्नुमा म कुनै तुक देख्दिनँ । एकले अर्काको धर्मको सम्मान गर्न सक्नु वा सिक्नु धार्मिक सहिष्णुता हो । तर धार्मिक सहिष्णुताका लागि एउटा हिन्दु क्रिसमस मनाउन चर्च पुग्नु, ईदका बेला मस्जिद पुग्नु र बुद्ध जयन्ती मनाउन चैत्य पुग्नुमा मैले केहि अर्थ देख्दिन । त्यसरी धार्मिक सहिष्णुता निर्माण हुँदैन । देखाउनका लागि देखाउनु वा मान्नका लागि मान्नुको केहि अर्थ हुँदैन । परन्तु श्रद्धापूर्वक एक धर्मावलम्बीले अर्को धर्मको देवास्थलको भ्रमण गर्नु, सबै धर्मको अस्तित्वलाई स्वीकार्नु र अर्को धर्मको संस्कारलाई ग्रहण गर्नु फरक विषयहरु हुन भन्ने बुझ्नु जरुरी छ । 
यी र यिनै प्रसंगहरु विश्व भूमण्डीकरणका नाममा भित्रिएका विसंगतीहरु हुन भन्दा फरक पर्दैन । धनी र शक्तिशाली देशहरुले आर्थिक रुपमा मात्र हैन सांस्कृतिक र धार्मिक रुपमा समेत उनीहरुमा परनिर्भरता बनाउन खोज्नुको प्रपञ्च बाहेक अर्थोक यो हुनै सक्दैन् । हामीहरु बेलैमा सचेत हुनु जरुरी छ । किन गरिब बस्तीहरुमा चर्च ठड्याइदै छ ? किन हिन्दुहरुको सङ्ख्या बढि देखाइयो (खासमा क्रिश्चियन मानिनेहरुको संख्या कम देखिएकोमा हो) भन्दै जनगणनाको प्रतिवेदनलाई आगोमा हालिदै छ ? को छ यी सब हुनुको पछाडी ? बुझ्नु जरुरी छ । 
हुनसक्लान हाम्रा धर्म, संस्कृति र संस्कारहरुमा त्रुटीहरु । ती त्रुटीहरुलाई सच्याउनुको साटो हामी अरुका धर्म, संस्कृति र संस्कारहरुलाई राम्रो देखेर अंगाल्नपट्टि लाग्यौं भने त्यसले हाम्रो पहिचानको संरक्षण गर्ने हैन हाम्रै अस्तित्व मेटाइदिनेछ । हरेक चम्किने बस्तुहरु हिरा हुँदैनन् भन्ने ज्ञात हुँदाहुँदै आयातित पर्वका चमकदमकमा अल्झिन खोज्यौ भने प्रकारान्तरमा त्यसले हामीलाई सबभन्दा ठूलो क्षति पुर्‍याउनेछ ! यो अवश्यंभावी छ । 
1 comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…