Skip to main content

Posts

Showing posts from January, 2013

प्रेम गर्नु अपराध होर्इन्

उदयपुरमा तीन महिने बसाई अत्यन्तै सुखद रहेको थियो, मेरो । तीन महिनाको बसाई एउटा जिल्लालाई बुझ्नका लागि त्यति पर्याप्त समय पक्कै पनि हैन । तर किनकिन मलाई आफ्नो दोश्रो गृहजिल्ला जस्तो लाग्दछ उदयपुर । र, खबरहरुमा म उदयपुरलाई त्यति नै नजिकबाट पछ्याईरहेको हुन्छु, जति म मेरो जिल्लालाई नजिकबाट हेरिहेको हुन्छु । एउटै देशको एकै चौकिल्लाभित्र भएपनि मेरो जन्मजिल्ला र उदयपुरमा धेरै नै फरक पाएको छु मैले । सबै कुरा उस्तै आखिर कहाँको नै हुन्छ र ? तथापी हामीसँग केही संस्कारगत समानता भने पक्कै छन् । र, आज एउटा यस्तै संस्कारगत संयोग भेटे खबरमा । नागरिक दैनिकको अनलाइनसंस्करणमा महेश्वर चामलिङ दाईले लेख्नुभएको खबर – प्रेमलाई निषेध गरिएको खबर ! विस्मातजन्य खबर ! समाचारमा लेखिएको छ – उदयपुरको ताम्लिछा गा.वि.स.को विधालयमा कक्षा १० मा अध्ययनरत एक किशोरले आफ्नै सहपाठी किशोरीलाई प्रेमपत्र लेखेका कारण किशोरीका पिताले मरणाशन्न हुनेगरी कुटपिट गरेछन् । गाउँलेहरु हेरेको हेरै । परिवारका मान्छेहरु पनि जिल्लाराम ! धेरैलाई लाग्न सक्दछ यो सामान्य विषय हो । र, कतिलाई यो पनि लाग्न सक्छ कि आफ्नी छोरीलाई प्रेमपत्र लेख्ने किश…

एउटा पत्र प्रिय सहिदहरूलार्इ

दिवंगत सम्पूर्ण मेरा प्रिय सहिदहरु
भावपूर्ण श्रद्धान्जली
लेख्नुपर्ने विषयहरु धेरै छन् । सन्दर्भहरुपनि थुप्रै छन् । प्रसङ्गहरु त कति छन् भनिसाध्य छैन । त्यसकारण पनि म अलमलमा छु – पत्र लेख्छु भन्ने अठोट त गरेँ, परन्तु शुरु कसरी गरुँ ? जेहोस्, आफ्ना प्राणको आहुति दिएर कम्तिमा पनि मलाई र मेरा आफन्तहरुलाई बाँच्ने वातावरण निर्माण गराईदिनु हुने तपाइँहरुजस्ता महान ब्यक्तित्वहरुलाई म भूपिले जस्तो चूनौति दिन असमर्थ छु – .. मरेर शहिद हुनेहरु हो जिएर त हेर जिउन झन गार्‍हो छ ... यस्तो हाँक दिन असहज लाग्दछ मलाई । सायद, त्यत्रो घगडान हैसियत बनी सकेको छैन मेरो । खैर, भूपिले के भनेका थिए भन्ने विषयमा ब्याख्या गर्ने हेतू होईन मेरो । समयको पाबन्दी छ मलाई । अलिकति कामकाजी छु । ब्यस्त छु – कुनैपनि विषयमा त्यति विधी गहिरिएर विश्लेषण गर्ने समयको अभाव छ मसँग । तरपनि किञ्चित विस्मात छैन मलाई कि मैले मेरा सहिदहरुलाई पत्र लेख्नका लागि पनि आवश्यक समयको चाँजोपाजो मिलाउन सकिनँ । किनकी, म परिस्थितीको दास छु । र, मलाई यस्तै ब्यक्तिवादी बनाएको छ मेरो समाजले । यहाँहरुलाई अवगत गराईहालुँ कि मेरो समाजले मलाई सिकाएको जीव…

हार्इजिन पासको जाँच र मेरो नेपाली भान्सा घर

आज दुर्इ चार प्रश्नहरू सोध्नु मन लाग्यो प्रिय मित्रहरूलार्इ - तपाइँलार्इ रेस्टुरेन्टमा मःम खान जाँदा कहिलेकाही बासी मःम खान बाध्य पारिएको छ कि नार्इ ? हाम्रा मिष्ठान्न भण्डारमा राखिएका मिठार्इ या अन्य तयारी परिकारहरू खानको लागि कत्तिको स्वस्थकर छन् होला ? के कहिल्यै यस विषयमा ध्यान दिनु भएको छ ? हामीलार्इ खाना ख्वाउने होटल, मिष्ठान्न भण्डार र रेष्टुँराहरूमा काम गर्ने कामदारहरू खाद्यपदार्थको स्वस्थता, सरसफार्इ र सुरक्षाप्रति कत्तिको जानकार छन् होला ? अनि साँच्ची, परिकार तयार पारिने भान्छाचाँहि कत्तिको सफा र सुग्घर हुन्छ होला ? वा, यसो भनुँ हामीले रकम तिरेर खाना खार्इने ठाउँमा हामीलार्इ उपलब्ध गराउने खानेकुराहरू स्वस्थकर हुनुपर्छ भन्ने विषयमा हाम्रो राज्य कत्तिको सचेत छ होला ? मेरो अनुभवले भन्छ - यसप्रति हामी कहिल्यै सचेत भएकै छैनौं । न त यससम्बन्धी ब्यवसाय गर्ने व्यवसायीहरूले यस विषयमा आफ्नो दायित्व केहि छ भन्ने नै सम्झन्छन् न त हाम्रो राज्य संयन्त्र नै हामी उपभोक्ताको स्वस्थ खाना खान पाउने अधिकारीप्रति गम्भिरतापूर्वक भूमिका निर्वाह गर्न नै सकिरहेको छ, फगत यदाकदा केहि नाटकहरू चाँहि मञ…

सरकार, गुलाफको भाषा बुझिदेऊ !

ब्लगिङको नियमितताबाट केहि दिन विश्राम लिने विचार त थिएन, तर अवस्था त्यस्तै सृजना भैदियो । उसो त आफ्ना नीजि जीवन उति लेख्दिनँ म ब्लगमा म लेख्नलार्इ केहि न केहि "र्इश्यु" को खोजीमा हुन्छु । र, ती पाइरहेकै हुन्छु । फेरि ब्लगको नाम छनौट गर्ने बेलामा पनि अलिकति होस पुर्याउन सकेनछु कि भन्ने लागेको छ । जसले गर्दा, म मेरो नीजि ब्यथाहरू "सापेक्ष बुझार्इ" को नाम मन्तिर उसैगरी लिपीबद्द गर्न सकिरहेको छैन जसोगरी म केहि अन्य राजनैतिक र सामाजिक मुद्दाहरूमा केन्द्रित भएर आफ्ना सापेक्ष बुझार्इहरू पस्कन्छु । हुन त केहि पहिला देखि आफ्ना लेखार्इहरूलार्इ "लेवल" पनि दिएकै हुँ, नदिएको हैन् जस्तो कि "नीजि कुनो" तर त्यसको प्रयोगमा म उति गम्भीरतापूर्वक लाग्न सकिनँ सायद, फलतः मेरा नीजि भोगार्इ, जीवन र अनुभूतिहरू उति पस्कन सकेको छैन । अब छिट्टै म सामाजिक वा राजनैतिक विषयवस्तुको टिकाटिप्पणीहरू कम, नीजि समस्या, त्रुटी र अनूभूतिहरूमा समालोचना गर्न अझ अरू केन्द्रित हुने प्रयत्न गर्नेछु । तर आज भने एउटा सामाजिक मुद्दाका बारेमा सानो टिप्पणी पस्कन्छु -
देशको हाल बेहाल मैले भनिरह…

छिः हाम्रो वाहियातको स्वाभिमान

अलिकति ब्यक्ति केन्द्रित छौं सायद हामी । सम्पूर्णतामा विश्लेषण गर्ने प्रयास गर्दैनौ हामीहरु वा सामथ्र्य राख्दैनौं त्यसो गर्नलाई । हामी हरेक विषय वा बस्तुको एउटा पाटोलाई नराम्ररी उछाल्छौं अनि असफल बन्छौं – सान्दर्भिक निचोड तय गर्नमा । त्यसैले पनि होला कहिलेकाही मलाई लाग्नेगर्छ – नेपाली संस्कार लिएर जति कोशको यात्रा गरेको छु मैले जीवनमा धेरैपटक जानअन्जानमा केही दुरीहरु गलत दिशातिर यात्रा गरेको छु कि ! यसर्थः पनि होला प्रायशः आफू “आफू” नै भएर जन्मिएकोमा गर्व गर्न डराउँछु । र, कवि भूपिले म जन्मनुभन्दा दुईतीन दशक पहिले लेखेको त्यो हरफले सधैं छोएकै हुन्छ मलाई – हामी फगत पानीका थोपा हौं । पानीका निर्वलिया फोका । हामी आफूसँग सिमीत ज्ञान छ भन्ने कुरो केहि गरी पनि स्वीकार गर्दैनौं । बरु, हरेक विषयमा आफू दख्खल भएको प्रमाणित गर्न कुनै कसर बाँकी राख्दैनौं । सोच्छौं कि संसार आफ्नो मुठ्ठीभित्र छ र यो हरतरहले आफ्नो नियन्त्रणभित्र छ । हामी आफूमा समाहित छ । जस्तो कि एकजना महासेनानीलाई युद्ध अपराधको आरोपमा बेलायतमा पक्राउ गरिदाँ केहि मानिसहरु हाम्रो राष्ट्रियतामा चोट पुगेको आँकलन गर्छन र राष्ट्रभक्तीको…

यौन हिंसा र हामी लिलिपुटहरू

मलाई हामी नेपालीहरुमा फोस्रो आडम्बर छ भन्ने लाग्दछ । अकिंचन हामी हाम्रा सगरमाथा र लुम्बिनीमा मात्र गर्व गर्दछौं । बीर गोर्खाली हौं भन्ने दम्भ पनि गर्छौ । यी बाहेक हामीसँग गर्व गर्न लायक अरु विषय वा क्षेत्रहरु पनि छैनन् सायद । तर गर्व गर्न मात्र लालयित हामीहरु आफूहरुमा आईरहेको नैतिक स्खलनका बारेमा ‘चूँ’ पनि बोल्दैनौ । त्यसैले त हामी हाम्रो समाजमा हुर्कदै गएको यौन कुण्ठा र त्यसले ल्याएको विकृती र अपराधका बारेमा चुप छौं । कतिपय हामीहरुलाई लाग्दो पनि हो – हाम्रा नकारात्मक कुराले हामीहरुको बेईज्जती गराउँदछ । हाम्रो इज्जतदार “गोर्खे शीर” नत गराउँदछ । र त हामीहरुलाई सदियौंदेखि आफू र आफ्ना समाजमा घटित थुप्रै घटनाहरूलाई आफ्नै परिधीभित्र सीमित गर्न किञ्चित हिच्किचाहट लागिरहेको छैन । धन्य हुन, भारतीय मिडिया र जनताहरु जसले दिल्लीमा भएको सामूहिक बलात्कारको घटनालाई बाहिर ल्याए र २१औं सदियौंमा पनि विद्यमान “नारी हिंसा” को घिनलाग्दो प्रवृत्तिका विरुद्धको जेहाद छेडे । र, अपराधीलाई कडाभन्दा कडा सजायको माग गर्दै आवाज बुलन्द     पारिरहेछन् ।  मेरो अहोभाग्यका कारण म त्यो सभ्य समाजमा छु अहिले कि जहाँ एक ब…

मेरो नयाँ वर्ष र र्इश्वी सन्

प्रख्यात सामाजिक सञ्जाल फेसबुकले मेरो समयरेखामा आजबाट २०१३ त्यसरी नै थप गर्‍यो जसरी एक बर्ष अगाडि मध्य पौषको कुनै एकदिन ईश्वी सन् २०१२ को पहिलो दिन अरुसबैसँगै मेरो जीवनमा पनि पर्दापण भएको थियो । हुन त नयाँ वर्षहरु थुप्रै नै आए जीवनमा जसै गरी ईश्वीसनको नयाँ वर्ष २०१३ आएको छ, परन्तु बिक्रम सम्वतको नयाँ वर्षमा जस्तो खास रौनक ईश्वी सनको नयाँ वर्षले ल्याउन सकेको छैन मेरो जीवनमा । यस अर्थमा धेरै मान्छेहरुले मलाई बिक्रम सम्बतको पक्षपाती पनि भन्लान् । तथापि म बिक्रम सम्बतको पक्षपाती भन्दा पनि ईश्वी सन् र यस इतरका पक्षहरुले हाम्रो मौलिकतामा पारेको दुष्प्रभावबाट केहि बढि चिन्तित छु । नढाँटि भन्नुपर्दा, ईश्वी सनको नयाँ वर्ष र यो सँगसँगै आउने विभिन्न उत्सवहरुले खास अर्थ दिदैनन् मलार्इ ।  यति हुँदाहुँदै पनि यसका केहि निश्चित तर विशिष्ट विशेषताहरुले मलाई लोभ्याउन भने छाडेका छैनन् जस्तो कि प्रत्येक फ्रेबुअरी १४ मा मनाइने प्रणय दिवस, अप्रिल १ को “अप्रिल फुल”, मे १ को अन्तर्राष्ट्रिय श्रम दिवस त्यस्तै डिसेम्बर १ को विश्व एचआइभी एड्स दिवस । यसलाई म विश्व भूमण्डलीकरणको प्रभाव भनूँ वा दुष्प्रभाव ! साँस्…