Skip to main content

Posts

Showing posts from February, 2013

प्रित बुझेको मेरो साथी

हिजो म मित्र लक्ष्मीसँगै निवासतिर फर्किदै थिएँ, एकाएक प्रणय दिवसको बारेमा कुरो उठ्यो । प्रितलाई नै केन्द्रविन्दु बनाएर प्रित संवाद जारी रह्यो – करिब आधा घण्टासम्म । उनी प्रेमका राम्रा ब्याख्यता हुन भन्ने मेरो आफ्नै बुझाई छ, र मलाई विश्वास छ – उनी एक असल प्रेमी पनि हुन । आदर्शवादी प्रेममा विश्वास गर्ने मान्छे हुन उनी । तर यसको मतलब यो पनि हैन कि प्रेमलाई अनुभूत गर्न/गराउन परस्परमा उपहार आदानप्रदान हुनुहुँदैन वा त्यो एकदम भौतिक कुरो हो भन्नेमा उनी विश्वास गर्दछन् । हाम्रो आधा घण्टे प्रितसंवादमा प्रेमको खास मतलब उनले के लगाए भने “प्रेम” को अर्थ मात्र “प्रेम” हो, यसभन्दा पल्तिर विभिन्न उपविषय वा उपप्रसङ्गहरु जोडेर प्रेमलाई ब्याख्या गर्न मिल्दैन । वा हुँदैन ।  ऋणात्मक ४ डिग्री सेन्टिग्रेडको ठन्डीमा हामी हिडिरहेथ्यौं । फुसफुस हिउँ झरिरहेथ्यो । प्रणयदिवसका बारेमा हामी संवाद गरिरहेथ्यौं – झल्याँस्स मैले ६२ फाल्गुणको प्रणय दिवसको याद गरेँ । जतिखेर तल बेशीमा समेत हिउँ परेको थियो । र, एक हुल रित्ता ठिटाहरु हामी जामुनाखर्कको उकालो चढेथ्यौं हिउँमा रमाएर तस्बिर खिच्न । कल्पिदैँ – सायद म पनि कसैसँग…

प्रणय दिवस, प्रेम र यौन

तत्कालिन रोमन साम्राज्यमा विवाह गर्न वर्जित गरिएका सैनिकहरुको विवाह गरिदिएको आरोपमा सन्त भ्यालेन्टाइनले जेल बस्नु पर्‍यो । र, जेल सजाय काटिरहेकै समय जेलरकी सुन्दरी पुत्रीसँग प्रेममा परेपछि उनलाई मृत्युदण्ड दिइयो । तीनै प्रेमी भ्यालेन्टाइनले आफूलाई झुण्ड्याईने दिनको अघिल्लो साँझ आफैले आफ्नी प्रेमिकालाई एउटा कार्ड बनाएका थिए । त्यो कार्ड जहाँ उनले आफ्नो प्रेमिल हृदयबाट आफ्नी प्रियतमाका लागि मारिनु अगाडि कुन शब्द लेखेर आफ्नो प्रेमका भावना पोखेका थिए होलान ? सायदै हामी परिकल्पना गर्न सकौंला । जेहोस अहिले हामी उनै भ्यालेन्टाइनको सम्मानमा प्रणय दिवस मनाउँदै आइरहेका छौं । थाहा छैन, कतिपय हामी प्रणय दिवसको महत्व बुझेर मनाउँदछौं यो, या मनाउनका लागि मात्र मनाउँछौ । तर महत्वपूर्ण कुरो के हो भने यसको विशेष महत्वलाई हामीले बुझ्नु जरुरी छ – कम्तिमा पनि यदि हामी आफूलाई असल प्रेमी वा प्रेमीका मान्छौं भने ।  उसो त हिजाँल प्रणय दिवसको महत्व सस्तो भएको छ । यसको अपब्याख्या भएको छ । गरिएको छ । फगत यसलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मात्र बुझिएको छ । अधिकांश प्रेमीजोडीहरु यो दिनलाई रमाईलो गर्ने दिनका…

राजनीति, मेरो बुबा र म

२ पिताजीको राजनैतिक यात्राका बारेमा लेख्दै गर्दा कहिलेकाही मलाई यस्तो लाग्दछ – बुढाले खास राजनीति गर्न जान्दैनन् ! मलाई यसो लाग्नुको खास कारण के हो भने पिताजी सधैं सिधा रेखामा हिड्नुहुन्छ । उहाँलाई दायाँ बायाको खास ख्याल हुँदैन । एकदम ईमान्दार यात्रा । मेरो ब्रम्ह भन्दछ – राजनीति गर्नेले देश, काल र परिस्थिती अनुसार राजनीतिमा आफ्नो “चाल” निर्धारण गर्न जान्नुपर्दछ । बुझ्ने गरेर भन्दा कहिले काही बांगो बाटो पनि हिड्नुपर्छ । जस्तो कि एउटा भनाई नै छ – राजनीति सधैं सरल रेखामा हिड्दैन । पिताजीको सरलताको बारेमा लेख्दै गर्दा मलाई ५४ सालको स्थानीय निकायको निर्वाचनको एउटा घटना याद आउँछ । त्यतिखेर म भर्खर सात कक्षामा अध्ययन गर्दथेँ । हुन त किशोर नै थिएँ म । तर राजनीतिमा खुबै चासो थियो मेरो । अझ पिताजी जिल्लामा चुनाव लड्ने रे भन्ने कुरो सुनेपछि त झन राजनीति प्रतिको चासो ह्वात्तै बढेको थियो । लाग्थ्यो, पिताजी निर्वाचनमा उम्मेदवार भएपछि जित्नु होला या पराजित हुनुहोला ? जिते त राम्रो होला तर हारे के होला ? बुबाको राजनैतिक भविष्य के होला ? म सोचमग्न हुन्थे । जेहोस्, गाउँतिर केहि मान्छेहरु कुरा गर्दथे…

अनवरत झरिरहेछन् आँखाबाट मोतीहरू

लेखुँ कि नलेखुँको दोधारबाट अन्ततः लेख्ने निर्क्यौल गरेको छु । यो मेरो आफ्नै जीवन भोगार्इको एउटा पाटो हो, लेख्नु आवश्यक हो वा होर्इन म जान्दिनँ । तर, कम्तिमा पनि म विश्वस्त छु - आजको दैनिकी मेरा प्रिय ब्लगप्रेमी मित्रहरूसँग बाडेर मैले पक्कै पनि गल्ती गरेको छैन । त्यसकारण लेख्दैछु। प्रिय मित्रहरू, यसलार्इ साहित्य हैन यथार्थ ठानिदिनुहोला जस्तो कृष्ण धरावसीले लेखेका छन् केही आफ्ना जीवन भोगार्इहरू । नितान्त आफ्नो जिन्दगी, हो त्यस्तै लेख्ने प्रयास मात्र हो - यो मेरो ।
हिजो (फ्रेबुअरी ४ तारिखमा) सरोजदार्इसँग टि.टि खेल्दै गर्दा मैले अपर्झट फ्रेबुअरी महिनाको ४ तारिख भएको याद गर्न पुगेँ । अनि नोभेम्बरको एक अपरान्ह, फ्रेबुअरीका लागि साँचेर राखेको काम स्मरण हुन पुग्यो । त्यसपछि, टि.टी खेल्न छाडेर म त्यहि अपूरो काम पूरा गर्नपट्टी लागेँ । त्यो काम थियो - एउटी क्लिनिङ कम्पनीमा नोभेम्बरमा कल गर्दा त्यसकी हाकिमले मलार्इ फेब्रुअरीमा पुनः सम्पर्क गर्न अर्हाएकी थिर्इन् । त्यसैले सम्झेका बेला तुरून्तै फोन गर्नु आवश्यक ठानेँ र गरेँ पनि । फोनमा उनले भोली (अर्थात आज, फेब्रुअरी ५ तारिख) मेरो अफिसमा आउनू भन्द…

राजनीति, मेरो बुबा र म

१ एउटा समय थियो, जतिखेर बुबा आफ्नो पार्टीको सांगठनिक काममा एकदमै ब्यस्त हुनुहुन्थ्यो र म प्राथमिक तहमा अध्ययनरत थिएँ । घरमा बुबाको उपस्थिती अति नै पातालो हुने गर्दथ्यो । जिल्लाका विभिन्न गाउँहरुमा उहाँ पुगिरहँदा घरमा चाँहि म, भाई र आमा बुबाकै विषयमा कुरा गरेर बस्थ्यौं । आमा निकै नै चिन्ता लिनुहुन्थ्यो विशेषगरी बुबाको स्वास्थ्यप्रति । किनकी, बुबा हुनुहुन्थ्यो नै त्यस्तो । आफ्नो स्वास्थ्यको पटक्कै ख्याल नगर्ने – जस्तो खानेकुरा तात्तातै खाने, मदिरापान गर्ने आदि ईत्यादि । समाज र देश निर्माणको महानअभियानमा टेवा दिन पार्टीको काम लिएर गाउँगाउँ पुग्ने पिताजीलाई आफ्नै घर व्यवहारमा उति गम्भिर चासो रहेन । यो एउटै कारण थियो, म सानो छँदा पनि बुबासँग यहि विषयलाई लिएर झगडा गर्थे । सात कक्षाको विद्यार्थी हुँदा वर्षायामको एकरात एकहप्तापछि घर फिर्नुभएको पिताजीलाई मैले भनेको थिएँ – “तिमी बुढालाई हाम्रो केही मतलब छैन, खाली पार्टी पार्टी भनेर हिड्ने, अझ घर आउँदा रक्सी पिएर आउने ? तिमी जिउँदो लाश हौ !” मलाई थाहा छ खास त्यती धेरै मात्ने गरी रक्सी पिउनुभएको थिएन पिताजीले, परन्तु म हदभन्दा तल गिरेर बुबालाई …