अनवरत झरिरहेछन् आँखाबाट मोतीहरू

लेखुँ कि नलेखुँको दोधारबाट अन्ततः लेख्ने निर्क्यौल गरेको छु । यो मेरो आफ्नै जीवन भोगार्इको एउटा पाटो हो, लेख्नु आवश्यक हो वा होर्इन म जान्दिनँ । तर, कम्तिमा पनि म विश्वस्त छु - आजको दैनिकी मेरा प्रिय ब्लगप्रेमी मित्रहरूसँग बाडेर मैले पक्कै पनि गल्ती गरेको छैन । त्यसकारण लेख्दैछु। प्रिय मित्रहरू, यसलार्इ साहित्य हैन यथार्थ ठानिदिनुहोला जस्तो कृष्ण धरावसीले लेखेका छन् केही आफ्ना जीवन भोगार्इहरू । नितान्त आफ्नो जिन्दगी, हो त्यस्तै लेख्ने प्रयास मात्र हो - यो मेरो ।

हिजो (फ्रेबुअरी ४ तारिखमा) सरोजदार्इसँग टि.टि खेल्दै गर्दा मैले अपर्झट फ्रेबुअरी महिनाको ४ तारिख भएको याद गर्न पुगेँ । अनि नोभेम्बरको एक अपरान्ह, फ्रेबुअरीका लागि साँचेर राखेको काम स्मरण हुन पुग्यो । त्यसपछि, टि.टी खेल्न छाडेर म त्यहि अपूरो काम पूरा गर्नपट्टी लागेँ । त्यो काम थियो - एउटी क्लिनिङ कम्पनीमा नोभेम्बरमा कल गर्दा त्यसकी हाकिमले मलार्इ फेब्रुअरीमा पुनः सम्पर्क गर्न अर्हाएकी थिर्इन् । त्यसैले सम्झेका बेला तुरून्तै फोन गर्नु आवश्यक ठानेँ र गरेँ पनि । फोनमा उनले भोली (अर्थात आज, फेब्रुअरी ५ तारिख) मेरो अफिसमा आउनू भन्दा म कति खुशि भएको थिएँ त्यसको बयान गर्न असमर्थ छु यहाँ । मलार्इ यत्ति थाहा छ - बिहान कलेज आउँदै गर्दा निरश लागेको उहि हिमपातको मौसम मलार्इ पटक्कै निरश लागेन । हुनपनि फिनल्याण्ड आएको पाँच महिनाको दौरानमा हिजोको फोन कलले मलार्इ यहाँ आएपछि दोश्रो पटक खुशि हुने ‌औसर जुरार्इदिएको थियो । खुशि भएको दिनको याद गर्दा मैले भन्नै पर्ने हुन्छ, पहिलो पटक म, आकर्षक आम्दानी हुने "हिउँ सोहोर्ने" कामको "सम्झौता-पत्र" हाता पार्दा खुशि भएको थिएँ, भलै काम दिन्छु भनेको मान्छेले कहिल्यै काममा बोलाएन । र, दोश्रो पटक चाँहि हिजो !

दुःखका अनगिन्ती क्षणहरू आर्इलाग्ने परदेशमा प्राप्त हुने अत्यन्तै सिमीत खुशिका पलहरू पनि पानीका फोका झैं हुनुको पीडा मैले आज महशुस गर्न पुगेँ । हिजोसम्म साढे आठ नबजी नउठ्ने म आज सबेरै छ बजे उठेँ । नित्यकर्म सिध्याएर, कफिको सुरूपसँगै मैले गुगल म्यापमा खोजेको थिएँ - आज मलार्इ बोलार्इएको ठाउँ । किनकी, हेलसिन्कीबाट ४० कि.मी पर बस्ने मलार्इ बस्ने ठाउँबाट हेलसिन्कीका लागि रेल छुट्ने समय, अनि हेलसिन्की रेल्वेस्टेशनबाट आफूलार्इ बोलार्इएको ठाउँमा यात्राको दुरी, साधन र समयको लेखाजोखा गर्नु थियो । अन्त्यमा निधोमा पुगेँ यारभेनपाबाट १०:१४ को रेलमा चढी हेलसिन्की जाने । 

बिहान समय अलि ढिलो गुज्रेको अनुभूति गर्दै थिएँ, सायद निकै उत्साहित भएर पनि होला । त्यसकारण, मसँगै जान लाग्नुभएका मित्र लक्ष्मीसँग बाझे पनि - जाने भए छिटो गर्नुस् नत्र म एक्लै हिडेँ । बाटोमा खासै कुरा नगरी करिव पाँच मिनेट अगावै हामी रेल्वे स्टेशनमा पुग्यौ‌ । लक्ष्मीजी गुनासो पोख्दै हुनुहुन्थ्यो - त्यसै अतालिने बानी छ हजुरको । मैले मनमनैमात्र भनेँ - खुब, मेरो ठाउँमा आफू भैदिएको भए उहिले नै सुर्इकुच्चा ठोक्थे होला बुढा अहिले 'हिरो बन्छन्' ! 

पहिलेपहिले रेलमा यात्रा गर्दा म प्रायः उहाँ अनि सुवास भार्इसँग गुनासो गरिरहेको हुन्थेँ - "यो मुला ठाउँले हाम्लार्इ काम देला जस्तो छैन, यहाँ बस्नुको औचित्य लगभग समाप्त हुँदैछ । ख्वै म त लाग्छु होला नर्वे तिर नभए डेनमार्क ।" आज मैले धेरै सकारात्मक कुरा गरेँ यात्रामा पनि । सायद त्यो फोनकै करामत हुनुपर्छ । कि, अब करिवकरिव यो महिनाभित्रमा काममा बोलाउने निश्चित भएको महशुस भएकाले पनि हुनुपर्छ । सायद लक्ष्मीजी "ढक" भएको हुनुपर्छ आज, ममा आएको अचानकको परिवतर्नले । 

मैले आज निकै नै हतार गरेकै हुँ । हुनपनि १२ बजे बोलार्इएको ठाउँमा हामी ११ बजे नै पुगेका थियौ‌ । उत्साहले म लिफ्ट चढ्न पनि मानिनँ, छैठौ तलामा रहेको कार्यालयमा हिडेरै उक्लियौ‌‌ हामी । र, मैले डोर बेल बजाएको १० मिनेट पछि एउटी युवती ढोकामा देखापरी । उसले ढोकाको सानो च्याप मात्र खोलेकी थिर्इ । भित्र पस्ने बाटो छेकेर उभिएकी थिर्इ । म भित्र पस्न चाहेँ । उसले रोकी, अनि सोधी - Why are you here? (तिमीहरू किन आएको ?) भनेँ - Marja invited me to be here. (मार्याले बोलाएर । खासमा मार्या त्यो अफिसकी मुख्य कर्मचारी हो ।) युवतीले ओठे जवाफ फर्कार्इ - She has not arrived yet, call her. (उनी अझै आर्इपुगेकी छैनीन्, उनलार्इ फोन गर ।) र, हामीलार्इ बाहिरै छाडेर उसले ढोका बन्द गरी । सर्वदा शान्त रहने मित्र लक्ष्मीसमेत मुर्मुरिनु भो । मेरो चाँहि भक्कानो फुटेर आयो ! मैले तुरून्तै मार्यालार्इ कल गरे । उसले भनी - म तीनबजे आर्इपुग्छु, तिमीलार्इ ढिला होला । त्यहाँ सुपरभार्इजर एकैछिनमा आउँदै छ - उसलार्इ भेट हैं । उनले  भनेको मान्छेलार्इ बाहिरै पर्खेर बस्नुको विकल्प थिएन हामीलार्इ । भित्र जाने लायककै थिइएन सायद, त्यहि भएर उसले त्यस्तो व्यहोरा देखार्इ होली । चुपचाप बाहिर सिढीमा थेचारिएर बसिरह्यौ‌‌ । फ्राङ्को अर्थात सुपरभार्इजर हामी चीसो सिढीमा १ घण्टाको समय बितार्इसकेपछि देखा पर्यो । अफ्रिकन मुलको उसले अचम्म मान्दै हामीलार्इ प्रश्न गर्यो - Is there no one in the office? Why are you sitting outside? (के कार्यालयभित्र कोहि छैन र ? तिमीहरू किन बाहिर बसेको ?) भक्कानो फुटेको स्वरमा मैले भनेँ - There was a lady, but she refused us to take inside! (त्यहाँ एउटा युवती थिर्इन, तर उनले हामीलार्इ भित्र जान निषेध गरिनँ !)

फ्राङ्कोले ढोका खोल्यो र हार्दिकतापूर्वक हामीलार्इ उसको कार्यालयमा स्वागत गर्यो । र, भित्र रहेका दुर्इ थान कुर्सीमा बसायो... ।


Post a Comment