Skip to main content

Posts

Showing posts from April, 2013

फिनल्याण्ड आउँदै हुनुहुन्छ ?

अध्ययनका लागि विदेशमा आउनुपूर्व धेरै कुराहरुमा ध्यान दिनुपर्छ । ध्यान पनि थाहा पाउनका लागि मात्र हैन, थाहा पाएर त्यसै वातावरण अनुरुप आफूलाई समायोजन गर्न सक्नु महत्वपूर्ण कुरो हो । हुन त मैले लेखिरहेको कुरा त्यो मेरो नितान्त ब्यक्तिगत अनुभूति मात्र पनि हुन सक्ला तथापी यहाँ मैले प्रस्तुत गर्ने सन्दर्भहरु फिनल्याण्डलाई आफ्नो उच्च अध्ययनको गन्तब्य बनाउनु भएकाहरुलाई चाँहि फलदायी नै हुनेछ भन्ने मेरो अपेक्षा हो ।  फिनल्याण्ड होस या अन्य कुनै पनि वैदेशिक गन्तब्यमा ठूलो सपना विशेषगरी अर्थ आर्जनका दृष्टिले बोकेर आउनु कुनै पनि ब्यक्तिका लागि हितकर हुँदैन । अतएवः फिनल्याण्ड आउनुपूर्व विद्यार्थीका हैसियतमा यहाँ आउने कसैले पनि यस्तो सपना नसाँचेकै राम्रो हो भन्ने मेरो अनुभवले सिकाउँछ । तथापि केहि ब्यक्तिहरुले विधार्थी कै हैसियतमा रहेरपनि राम्रो आर्जन गरिरहेको तथ्यलाई चाँहि नकार्न सकिदैन । भैगो यो प्रसंगलाई अहिले यहिनेर स्थगन गरौं, बरु, यहाँ आईसकेपछि थाहा पाउनै पर्ने महत्वपूर्ण विषयका बारेमा संक्षेपमा छलफल गरौं ।
बसार्इं बिद्यार्थीहरुका लागि आवासका दृष्टिकोणले त्यतिधेरै महंगो छैन । सामान्यतयाः हेलसिन…

यून्ती, प्राध्यापिका र देश दुखेको छाती

“दाई, साँच्ची देशका लागि केहि गर्नै पर्ने भएछ, आजको गेस्ट लेक्चरको सेमिनारमा भाग लिएपछि मलाई यस्तो लाग्यो दाई । एकदम अकस्मात् मलाई यस्तो लाग्यो !” सधैं फुटबल विशेषगरी इंग्लिस प्रिमियर, च्याम्पियन्स लिग र ला लिगाका कुरा गरेर नथाक्ने मेरो हितैषी भाई सुवासले आज यस्तो दुखेसो पोखे । त्यो पनि त्यतिखेर जतिबेला म भर्खर कामबाट फर्केर देशकै खबरहरु पढिरहेको थिए । यो अकल्पनीय विषयबाट आरम्भ भएको वार्ताको कारण जान्न म अत्यन्तै उत्सुक भैहाले, त्यस्तै कौतुहुलता मलाई त्यतिखेर पनि लागेको थियो जतिबेला मेरा अर्का हितैषी लक्ष्मीले मध्य अप्रिलको दिन म नेरै आएर भुत्भुताईरहेका थिए –“गुरु, देश छातिमा दुःखेको छ, म कसरी बुद्द र सगरमाथाको कुरा लिएर मात्र गर्व गरुँ ?” लक्ष्मीसँगको यो घटना चाँहि त्यतिखेर भएको थियो जतिखेर एक सञ्चारकर्मी ‘म्याराथुन टक सो’ मार्फत विश्वले चिन्नेछ नेपाल, बुद्ध वाज वन इन नेपालको नारा लगाएर नेपाल चिनाउँदै थिए ।  त्यो म्याराथुन टक सोसँग भन्दा पनि लक्ष्मीसँगको प्रसङ्ग चाँहि अलि भिन्न र अलिकति मन मै विझ्ने खालको छ । भएछ के भने विश्वविद्यालयबाट ४ हप्ते ‘प्लेसमेन्ट’ को शिलशिलामा एउटा वृद्धआश…

दिलमायाको दिलमा शिरीष फूलेको दिन

६ वर्ष पूरै बितेर आज सातौं वर्षमा प्रवेश गरेछ – दिलमायाको दिलमा शिरीष फूलेको ! पत्तो नै नपाइकन एकै झिमिकमा छ वर्षहरु पार भएको अनुभूति भएको छ मलाई आज, सायद सानु पनि उस्तै अनुभव गर्दैछिन होला । त्यो दिन परम्परा अनुसार सानुको सिउँदो रंगाउँदै गर्दा मलाई याद छ त्यो अत्यन्तै किफायती बिबाह थियो । योजनाले त खास त्यो किफायति बिबाह थिएन, तर परिस्थिती त्यस्तै बनेको थियो । ऋणधन गरेर तडकभडकको विवाह गर्ने प्रचलनको खिलाफ भएका कारणले पनि मेरो आफ्नो स्वंयको आर्जनले सम्पन्न गरेको बिहे थियो त्यो । सानुका लागि १६ हजार दाम मंगलसुत्र किन्नमा खर्च भएको थियो । मलाई थाहा छ त्यो अत्यन्तै कम मूल्यको थियो, मुश्किलले आधा तोलाको हुनुपर्छ त्यो । तथापी मेरो मेहनतको १६ हजार थियो त्यो जतिखेर म मासिक ८ हजार ३ सय आम्दानी गर्ने गर्दथेँ । अनि मलाई थाहा छ बिहेको भोजमा जम्मा १० के.जी. जति खसिको मासु ल्याइएको थियो – त्यस्तै ४ हजार चानचुन खर्च गरेर । तर साँझको कार्यक्रम चाँहि भब्य नै थियो । मेरी मृदुभाषी मातारीका थुप्रै साथीहरु जम्मा भएका थिए त्यो रात । र, रत्यौली पनि भएको थियो । रत्यौली सुन्दासुन्दै म भुसुक्कै भएको थिएँ त्य…

त्यो प्रभात छिट्टै आओस्

एक जना भन्छ – “देश बर्बाद भो !” त्यसैमा अर्कोले थप्छ – “नेताहरुले देशलाई खत्तम बनाए !” सबभन्दा निराश अर्कोले सुस्केरा हाल्दै बोल्छ – “नेपालमा बसेर केहि हुँदैन, भविष्य बनाउन विदेश नगई हुँदैन ।” स्वदेशमा हुँदा म स्वयं संलग्न भएका वार्तालापहरुमा मैले सुन्ने गरेका गुनासाहरु हुन् यी । म आफैले बोल्ने गरेका वाक्यांशहरु पनि यिनै हुन । र, प्रायः सबैतिर सबैजसोले सधैंभरी संवादमा समाहित गरेका तिक्तताहरु समेत हुन् यी । म जान्दिनँ भनिएका सबै यथार्थ हुन या होईनन् तर मैले बुझेको यत्ति हो – देश अत्यन्तै गम्भिर परिस्थितीबाट गुज्रिरहेको छ । संक्रमणकालीन अवस्था अझ लम्बिदो छ । हुन्छ भनिएका कुराहरु भैरहेका छैनन् । आम मानिसहरु हतार अनि निराश मनस्थितीमा छन् । देशको बागडोर संचालनको जिम्मा पाएका तथाकथितहरु ‘कुहिरोको काग’ भएका छन् । सहमतिको रटान दिदै उनीहरुले आ–आफ्नै डम्फु बजाईरहेका छन् । कर्तव्य बोध गरेर जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने क्षमता हामी सबैमा करिबकरिव समाप्त भैसकेको डरलाग्दो परिस्थितीको निर्माण भैसकेको छ । अझ गम्भिर विषय त सधैं बुढो पुस्तालाई केहि गर्न दिएनन् भनी आरोप लगाउँदै आएका युवापुस्…

अभाव, परदेश अनि अवसर

धेरै सफल र चर्चित ब्यक्तित्वहरुका बारेमा अध्ययन गर्दा मैले बुझेको सार तत्व हो – मानिसहरु चरम पीडामा हुँदा खारिने अवसर पाउँछन् । तर जो पीडाका बखत अतालिन्छन् अनि हतास मानशिकता लिएर गलत निर्णय लिन्छन् तिनीहरू फेरि कहिल्यै नउठ्ने गरि निस्तेज हुन्छन् । र, आज म यो यसकारण लेख्दैछु कि, मेरो उत्कट ईच्छा हो – यसले विदेशी भूमिमा संघर्ष र अभावका जीवन बाँचिरहेका मजस्तै हजारौं नेपालीहरुलाई एकपटक आफ्नो सामर्थ्यका बारेमा आँकलन गर्न प्रेरित गरोस् । एकजना जनवादी कवीले आफ्ना वीर योद्दाहरुलाई प्रेरित गर्नलाई  आफ्ना कवितामा उल्लेख गरेको अंशलाई सापटी लिएर म मेरा प्रिय मान्छेहरूलाई आग्रह गर्न चाहन्छु – एउटा क्रान्तिकारी बन्नका खातिर योद्धाले जस्तै आँधीबेहरी र हुरी आउँदा पनि सतिसाल झैं भएर डटेर चूनौतिहरूको सामना गर्न सक्नु पर्दछ । हामीले ख्याल गर्नुपर्ने शास्वत सत्य हो – संसारमा कसैको पनि जीवन सरल रेखामा यात्रा गरिरहेको छैन ! र, त्यसकारण पनि अहिले हामीले सामना गर्नु परेको दुःख, पीडा, अभाव र नैराश्यतालाई चिर्नु जरुरी छ । हामीले हाम्रै वरिपरीका मान्छेहरुबाट धेरै सिक्नु जरुरी छ । यो परदेशमा अभावको आक्रमणले हाम…