Skip to main content

Posts

Showing posts from May, 2013

“दाई, मलाई निको भयो नी !”

प्रिय शान्ति, तिमी, मेरी साथीकी बैनी अर्थात मेरी पनि बैनी । म यहाँ आफ्ना केहि नीजि समस्याहरूलाई बेवास्ता गरेर भन्दा आरामै छु । तर थाहा पाएँ तिमीलाई बिसन्चो छ । तिमीलाई लाग्ला कि तिम्रो विसन्चोको खबर यति टाढा यो यायावरसम्म कसरी आईपुग्यो ? मैले यसकारण तिमी बिमार भएको थाहा पाएँ कि हिजाँल मेरो मुहारप्रिस्थिकाको भित्ताभरि धेरैजना मान्छेहरुले बाँडेको तिम्रो सुप्रदिप्त मुहार अनि सहयोगका लागि तिमीले गरेको याचनाका शब्दहरू छरिएका छन । तिम्रो अस्वस्थताप्रति धेरैले चिन्ता ब्यक्त गरेको देख्दा खुशि लागेको छ यसअर्थमा कि धेरैले तिम्रो उपचार प्रक्रियामा चासो राखेका छन । र, दुःख पनि लागेको छ जब देख्छु तिमीलाई सहयोग गर्नेहरुको फेहरिस्तमा एकदमै कम मानिसहरुको नाम भेट्छु ।  

तिम्रो रोग र संघर्षको बारेमा पढ्दै गएपछि मलाई लाग्यो कि लाखौंमा विशेष एकदुईजनामा पर्नु सधैं सबैका लागि वरदान नहुँदो रहिछ । कहिलेकाही यो कस्तो बिडम्बनापूर्ण हुँदो रहिछ हगी ? हेर न केहि मानिसहरु लाखौंमा एकदुईभित्र परेर कस्तो सम्पन्नशाली छन् । कम्ता खुशि त छैनन उनीहरु । तर तिमी, मेरी प्रिय बैनी यो तिमीलाई के भएको ? कस्तो रोग लागेको ? कस्…

सुरभित तिमी

म अकिञ्चन*
म नादान*
असमर्थ छु म
सुन्दरताको तिम्रो
गर्नलाई बख्यान ।

ख्वै ढाँटेर वा साँच्चिकै
पौडिदै नयनहरुमा
आफ्ना प्रियतमाका
भन्छन् प्रेमीहरु,
अहाँ ! कति सुन्दर ?
नयन प्रियसीका मेरा !
अरुलाई जस्तो लागोस् परन्तु,
तर मलाई लाग्छ तिम्रा दुई चक्षुहरु
ती हुन मरभुमीका एक जोर रोहोटाहरु*
जो छन उस्तै सुप्रदिप्त
जसमा पाउँदछु म प्रेमका अगाध – छालहरू !

हुन्छन् कहाँ सुन्दर ती
कस्मेटिक नागरीहरू*
जो दुर्गन्ध छरिहरहेछन्
हर साँझ – सुन्दरताको !
सुँघ्छु जब म सुरभित* तिमीलाई
लाग्छ फिक्का ती मलाई
प्रशोधित वासनाहरु
कस्मेटिक नागरीहरु !

तिमी शैवाल* झैं सदावहार छ्यौ
तिमी सतिसाल झैं अटल छ्यौ
हो, तिमी अतुलनीय छ्यौ ।

तिम्रो सूक्ति*
तिम्रो सुषमा*
पाइँदैनन् ती खोजेरपनि रत्ति,
कस्मेटिक नागरीहरुमा
किनभने तिमी झैं छैनन तिनीहरू साँच्चि
थाहा छ ?
तिमी प्राकृतिक हौ, उनीहरु निर्मित हुन ।

कृत्रिम झलमलीमा अलमल्ल म,
म अकिञ्चन,
म नादान
त्यसैले छु असमर्थ
सुन्दरताको तिम्रो
गर्नलाई बख्यान ।

*शब्दार्थः
सुरभित – सुगन्धित, सुवासित
रोहोटो – पानी जमेको सानो खाल्टो
सुषमा – परमशोभा
सूक्ति – मधुरवचन
शैवाल – पानी जमेका ठाउँमा पलाउने हरिय…

आमा महान छिन् उनलाई नबिर्स !

”बाबु, मैले भाततरकारी पकाएर राख्देकी छु, आफू पनि खानु अनि भाईलाई पनि ख्वाउनु । खानेबेलामा कल नगरी खानु नी फेरि । त्यहाँ कल गरेको थाहा पाएँ भने बेलुका तिमेरुलाई मैले जान्या छु !” हामीलाई बिहानको चिया ख्वाईसकेपछि, पिढीमा बसेर गुहकार्य गरिरहेका हामीहरुलाई डोको बोकेर घाँस काट्न जान ठिक्क हुनुभएकी हाम्री आमाले प्रत्येक भोर मलाई यसैगरी सम्झाउनु हुन्थ्यो । त्यसपछि आमा घाँस काट्न लाग्नुहुन्थ्यो । भाई पुलुक्क मतिर हेर्थ्यो । म आँखा तरेजस्तो गर्थे ।   आमा घाँस काट्न गैसकेपछि हामी चाँहि भान्छातिर दगुरी हाल्थ्यौं । आमाले भनेजस्तो कहिल्यै पनि झगडा नगरी खाना खाने काम गरेनौं हामी दुईभाईले । जहिले झगडा हुन्थ्यो, कसले पहिले पस्कने भन्ने विषयमा, कसले पस्कदा धेरै भात भुँइमा छर्यो र त्यो छरिएको भात कसले टिप्ने भन्ने कुरामा, अनि कुँडेबाट दुध हाल्दा कसले एक डाडु दुध धेरै हाल्यो र किन बराबर गरेन भन्ने विषयमा । दाई भएकाले अलि दादागिरी मेरै हुन्थ्यो, भाईपनि जण्डै हो मान्छे ऊ पनि लड्न कस्सिन्थ्यो । अन्तिममा रुने उही हुन्थ्यो । फकाउने म हुन्थेँ । “पैसा भएको बेलामा पाँच रुपैया दिन्छु, अहिले नरोइ र बेलुका आमालाई प…

डिभिजन ३ फाइनल हाइलाइटस

नेपाल र युगान्डाबिच भएको डिभिजन ३ को फाइनलको यो भिडियो मैले युट्युबाट यहाँ राखेको हुँ । भिडियो हेर्नलार्इ बाँकी पढ्नुस मा क्लिक गर्नुहोस ।

होल नार्इट (कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।
सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”
“हजुर ।” मैले जवाफ दिएँ ।
“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी ।
मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?”
“धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।
उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !”
“ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी ।
मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?
संक्षेप…