अल्छी म


तीन हप्ता बितिसकेछ, ब्लगमा केहि पनि नलेखेको !  लेख्ने थुप्रै सन्दर्भहरू थिए र छन पनि किन्तु लेख्नलार्इ मन नै लागेन । मे को अन्तिम हप्ताबाट मैले आफ्नो दुर्इ सेमेस्टर (सत्र) अध्ययन पनि सक्काएँ । र, अचेल स्कुल छ्रट्टी भएको छ । तीन महिना जति विदा । तीन महिना िछुट्टीको समयमा बल गरेर काम गर्नु छ । यतिखेर, यता आउँदाको लागत उठाउने एउटै मात्र उद्देश्य छ । त्यसकारण हिजाँल मेरो दिमागमा लेख, रचनाभन्दा पनि पानी जहाजका क्याविन, विस्ताराहरू, शौचालय र स्नानगृहका तस्वीरहरू छ्यालछ्याल्ती खेलिरहेका हुन्छन् । फेरि यसै हप्ता, गत सेप्टेम्बरदेखि बस्दै आएको यारभेनपाबाट हेलसिन्की सर्ने मेसो परेकाले पनि लेख्ने काममा खास फुर्सद नमिलेकै हो । अतएवः यो तीनहप्ताका दौरान मैले नजिकबाट चियाएका केहि दृश्यहरू यहाँहरूका लागि सम्प्रेषण गर्दैछु । 
शुरूको तस्वीर अस्ती यारभेनपाबाट फर्कने बेलामा खिचेको हुँ । क्यूरोला रेल्वे स्टेशनको दायाँपट्टी रहेको फिल्डमा भर्खर गहुँको मुना टुँसाएका रहेछन् । यसो हेरेको आधा दर्जनजति बुख्याँचाहरू देखेँ । गाउँघरतिर त देखेकै हो, तर यता मैले यस्तो देखेको थिइँन । धेरै दिनसम्म देशका नेता र राजनीतिको कुरा बिर्सिसकेको मलार्इ यी बुख्याँचाहरूले झल्याँस्स उनै श्रद्देय नेताहरूको याद एकसाथ दिलाए । चराचुरूङ्गी र खरायो लगायतका केहि पशुपंक्षीबाट बाली जोगाउन राखिएका यी बुख्याँचाहरू हामी मान्छेका नक्कली प्रतिमूर्तीहरू भए झै हाम्रा नेता भनिएकाहरू पनि प्रतिमूर्तीहरू हुन । अरूले बनाइदिएका, उभ्भाइदिएका । ठ्याक्कै यी बुख्याँचाहरू झैं !
दोश्रो तस्बीर चाँहि यारभेनपा रहँदै गर्दा एकजना विदेशी साथीको कोठामा खिचेको हुँ । ऊ जूलार्इको दोश्रो हप्ता बिबाह गर्दै छ। आफ्नै प्रेमिकासँग । उसको टेबलमा मैले किताब देखेपछि पल्टाएर पनि हेरेँ । यहाँ श्रीमान् श्रीमती हुँदा कस्ता कस्ता सम्भाब्य गार्हा सजिलाहरू आइपर्न सक्छन् भन्ने विषयमा वर्णन गरेको पाएँ । नेपाली संस्कारमा हुर्केको मलार्इ उसले पढिरहेको यो किताब देख्दा यो उसको अलिकति नौटंकी पारा हो कि जस्तो पनि लाग्यो तर गम्भीरतापूर्वक सोचेपछि म यस्तो निश्कर्षमा पुगेँ – सारा जीवन सँगै बिताउने साथीलार्इ बुझ्न, स्वीकार गर्न र सँगसँगै जीवन–यात्रा तय गर्न पूर्व तयारी त आवश्यक छ नी !
Post a Comment

Popular Posts