Skip to main content

तेस्रो प्रभावशाली ब्यक्ति - पहिलो प्रेम !

बुबाले सदरमुकामको स्कुलमा लगेपछि छोरोको संगत अलि प्रतिभाशाली मान्छेहरुसँग होला भन्ने ठानेर पनि होला मलाई नौ र दश पढाउनका लागि बेनी लैजानुभयो । चौध वर्षको लुरो केटो थिएँ म उसबेला । कक्षा शुरु भएको एकदुई हप्ता निकै सकस लाग्यो मलाई । चिनेको कोही थिएन सिवाय मसँगै पढ्नलाई बेनी झरेका मेरा हितैषी शिव बाहेक । नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ बिद्यालयमा पढ्दै गर्दा शुरुमा सकस भएकै हो, सायद कक्षामा होचो, पातालो र फुच्चे मध्यको एक आफू पनि परेकाले होला ! 
समय बित्दै गएपछि नयाँ स्कुलमा मैले मेरो आफ्नो उपस्थिती राम्रैसँग जनाउन थाले । अतिरिक्त क्रियाकलापहरुमा प्रतिस्पर्धा गर्ने र पुरस्कृत हुने क्रम शुरु भएपछि एक हजारभन्दा बढि छात्रछात्राहरुले अध्ययन गर्ने प्रकाश मा.वि.का अधिकांश विद्यार्थीहरुले मलाई चिन्न थाले । र, मलाई चिन्ने मध्यहरु एक उनी पनि थिई जो मभन्दा एक कक्षा सानो कक्षामा पढ्थिन । एकदिन उनले मलाई सिधैं प्रश्न गरिनँ – आई लभ यू, डु यू लभ मी ? नढाँटेर भन्दा त्यतिखेर सम्म मलाई केटाकेटी बिच हुने प्रेम सम्बन्धका बारेमा केहि पत्तो थिएन । एकदुई जना साथीको चक्कर छ भन्ने साथीहरुको कुरा सुन्दा चाल पाउँथे, नत्र अहँ प्रेमका विषयमा मलाई केहि पत्तो थिएन ! उनको अचानकको प्रश्नले मेरो मथिङ्गल हल्लायो । मलाई अलिअलि डर पनि लाग्यो । उनले यस्तो प्रश्न गरेको कुरो सरहरुले चाल पाए भने के गर्लान ? मेरो पनि केटीसँग प्रेम सम्बन्ध भो रे भन्ने थाहा पाएपछि मेरो बाबाको प्रतिक्रिया कस्तो रहने होला ? धेरै कुराहरु दिमागमा खेले । त्यो दिन मैले केहि जवाफ दिइँन । जुनियर रेडक्रस सर्कलको अध्यक्ष थिएँ म र उनी थिईन कोषाध्यक्ष ! सर्कलको अफिसकोठामा उनले मलाई त्यो प्रस्ताव राखेकी थिईन्, जुन प्रस्ताव सुनेपछि म रातोमुख लगाएर बाहिर निस्केको थिएँ !
त्यसको एक हप्तापछि मैले “एस” भनिदिएँ । उनले मेरा दुवै हातलाई आफूतिर तानिन र औलाहरुमा चुम्बन गरिनँ । मैले पनि त्यसै गरेँ । अनि हाम्रो प्रेम शुरु भो । त्यो प्रेम जसले मलाई सबथोक बिर्सायो । मेरो बाबा, आमा, घरपरिवार, पढाई, जीवनको लक्ष्य सबथोक । अहँ मैले केही पनि सम्झन चाहिनँ सिवाय उनी । उनले पनि त्यस्तै भन्ने गर्थिन एउटा गीतमा भने झैं – किताब खोल्छु, अक्षरबाट मन यो भाग्छ आज यो के भयो ? यहि हो त माया ? जुन तिमीलाई म गरिरहेछु ! उनीसँगको सामिप्यतापछि मैले पत्तो पाएँ कि किन मानिस प्रेममा यतिविघ्न पागल हुँदोरहिछ ? मैले थाहा पाएँ प्रेमका लागि मान्छे किन मरिहत्ते गर्दोरहिछ ? मैले अनि बल्ल महशुस गरेँ कि आफूलाई माया गर्ने मान्छेलाई आफूले पनि माया गर्न थालेपछि एक मिनेटको पर्खाइ पनि किन एक घण्टा जस्तो लाग्दो रहिछ ? 
प्रवेशिका परीक्षा पश्चातः बुबाले भन्नुभएको थियो – “ऋणपान गरेरै भएपनि म तँलाई पोखरा वा काठमान्डुमा पढाउँछु ।” बुबाले वचन अनुसार मलाई काठमान्डु लग्नु भयो, मैले एकैदिन प्रवेश परीक्षा पनि दिएको थिएँ बिहान अमृत साइन्स कलेजमा र दिउँसो पोखराको इन्जिनियरिङ कलेजमा । तर मेरो मन काली र म्याग्दीको दोभानमा अड्केको थियो । नढाँटी भन्नुपर्दा प्रवेशिकाको नतिजा प्रकाशित भएको एक महिनाको समय मेरो प्रेम जीवनको सबभन्दा कष्टकर समय थियो । त्यो एक महिना उनीसँग भेट नभएको एक महिना पूरै एक बर्ष बिताए बराबर लाग्यो । अन्ततः मैले बेनीमै ब्यवस्थापन पढेँ । मेरो निर्णयमा उनी खुशी थिईनन, किनकी उनी चाहन्थिन म पोखरा इन्जिनीयरिङ कलेजमा पढुँ र इन्जियनियर बनुँ ! 
उनलाई सम्झदै गर्दा म बिर्सन सक्दिनँ – उनीसँग गुम्बामा बिताएका पलहरु, मेरो रित्तो मनि ब्यागमा उनले आफ्नो किराना पसलमा सामान बेच्न बस्दा लुकाएको दुईतीन सय रुपैयाँ राखिदिएको ! टेलिफोनमा घन्टौंसम्म कुराकानी गरेको ! मेरा हर वियोगान्त सृजनाको नायिका उनी हुन । किनकी उनी पहिलो प्रेमिका थिईन, इमान्दारीतापूर्वक भन्दा बिबाहपूर्व जति पनि युवतीहरु मेरो जीवनमा जोडिन आए तीनीहरुमध्ये सबभन्दा माथि उनी छिन् । उनी मेरा लागि सदैव बिशेष लाग्नेछिन् । किनभने उनी त्यो पहिलो युवती हुन् जसले मलाई पहिलो पटक दुई विपरीतलिङ्गीबीचको आकर्षण अनि प्रेम बुझाएकी थिईन् । त्यो युवती जसले मलाई परिवार, साथीभाई र आफ्नो संसारभन्दा अलिपर एउटा संसार छ भनेर त्यो संसार जान्न उत्साहित बनाईन्, त्यो केटी जसले मलाई पहिलो पटक प्रेम गर्ने तरिकाहरु सिकाईन् । अनि म प्रेममा चुर्लूम्म डुबेको अनुभूति गराईन् । पहिलो पटक कुनै युवतीसँग एउटै रिकापीमा भूजातरकारी खाने अवसर जुटाईन् । जसले घन्टौंको समयलाई पलभर जस्तो महशुस गराईन् । हो त्यो केटी जसले मलाई कवि बनाईन ! अनि म किन नभनूँ कि उनी मेरो जीवनमा मलाई प्रभावित गर्नेहरु मध्य तेस्रो ब्यक्ति हुन जसले मेरो जीवनको एक महत्वपूर्ण कालखण्डमा निकै नै उथलपुथल ल्याईन् !
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…