हाम्रो अञ्चल खुल्ला 'गू' मुक्त क्षेत्र ?!
ठ्याक्कै शहीद दिवसको औसर छोपेर धौलागिरि अञ्चललाई खुल्ला दिशा मुक्त अञ्चल घोषणा गरिएको छ । अञ्चलका सबै जिल्लाहरुले खुल्ला दिशा मुक्त क्षेत्र घोषणाका लागि निर्दिष्ट गरिएको न्यूनतम मापदण्ड पूरा गरेकाले मुलुक भरमै सबभन्दा पहिलो खुल्ला दिशा मुक्त अञ्चल घोषणा गर्न पाएकोमा विशेषतः जिल्ला विकास समितिहरु, बागलुङ नगरपालिका र स्वास्थ्य सरसफाइका क्षेत्रका विदेशी दातृ निकायहरुबाट आकर्षक बजेट प्राप्त गर्ने विभिन्न गैर्हसरकारी निकायहरु प्रफुल्ल देखिए । यस विषयलाई लिएर सामाजिक सञ्जाल विशेषतः फेसबुकमा ब्यापक चर्चापरिचर्चा भए । बहस भए । राम्रा टिप्पणीहरु आए । सकारात्मक कदम भनिए । धेरैले हतारो गरिएको प्रतिक्रिया दिए । र, म स्वयंले आफूलाई पनि प्रतिक्रिया दिनेको लहरमा पछिल्लो वर्गको लाममा लामबद्ध गराएँ ।
कार्यक्रममा प्रत्यक्ष वा परोक्ष संलग्न ब्यक्तिहरू उनीहरुको शब्दको ‘यो ऐतिहासिक अवसर’ को आयोजना गर्ने गृहकार्य हुँदै देखि उत्साहित देखिन्थे । मैले उनीहरुका दुईचार फेसबुके भित्ते लेखनहरुमा कार्यक्रम सफिलीभूत गराउनका लागि उनीहरुको व्यग्रता साथमा कार्यक्रम सफल हुनेमा उनीहरुको आत्मविश्वास प्रस्ट अनुभूत गरेक…