Skip to main content

Posts

Showing posts from June, 2014

केजरीवालकाे अवसान, विवेकशील नेपाली र नयाँ शक्ति

इमान्दार छवी निर्माण गर्न सफल करकार्यालयको एक कर अधिकृत, सरकारी सेवाबाट राजिनामा दिएर समाज परिवर्तनको सपना देखेर एउटा गैर्‍हसरकारी संस्थाको अभ्युदयमा लागिपर्दछ । संस्थाका मार्फत जब आम नागरिकहरुकोमा ऊ पुग्दछ, देख्दछ – विश्व अर्थतन्त्रमा उदाउँदै गरेको तर भ्रष्ट्राचारले आक्रान्त भारत ! निर्णय गर्दछ – भ्रष्ट्राचारका बिरुद्ध आवाज बुलन्द गर्ने । समर्थन पाउँछ गान्धीवादी नेता हजारेको । आन्दोलन एक हदसम्म सफल हुन्छ । अनि एउटा पार्टीको जन्म हुन्छ । आम आदमी पार्टी ! भ्रष्ट्राचार बढार्ने प्रतिकात्मक चुनाऊ चिन्ह कुचोले उसलाई न्यू दिल्लीको मुख्यमन्त्री त बनायो, तर अन्ततः तेल सकिन आँटेको दियो हुरुर्र बलेर निभे झैं केजरीवालको सत्ता आरोहण पनि ४८ दिन मैं समाप्त भो ! केही महिना पहिलेको भारतवर्षको कथा हो यो ! यता नेपाल खण्डमा चाँहि दुई गोटा कथाहरू छन् । एउटा कथा – नयाँ शक्तिको निर्माण र लालध्वज कामरेडको वरिपरी घुम्छ । जुन कथाको बीचमा अर्को एउटा पात्र पनि थपिन्छ – रबिन्द्र मिश्र ! कथा रोमाञ्चले भरिपूर्ण हुने नै भो जब दुई करेस्माटिक पात्रहरूको उपस्थिती कथामा हुन्छ ! र, अर्को एउटा बेढंगको कथा छ – विवेकशील न…