Skip to main content

Posts

Showing posts from August, 2014

के चरीलार्इ बाँच्न पाउने अधिकार थिएन् ?

“We're all human, aren't we? Every human life is worth the same, and worth saving.” 
― J.K. Rowling
चर्चित लेखिका जेके रोवलिङको भनार्इ हो यो ।

उसो त मलार्इ सोधिने - बलत्कारीलार्इ के सजाय दिनुपर्छ ? र, तिम्रो आफन्त (कुनै पारिवारीक स्त्री सदस्य) लार्इ बलात्कार गर्नेलार्इ कस्तो सजाय होस् भन्ने चाहन्छौ‌ ? भन्नेमा मेरो फरक उत्तर हुन सक्ला ! अझ, तिमी नै बलात्कारी प्रमाणित भयौ भने तिमीलार्इ के सजाय हुनुपर्ला ? भन्ने प्रश्नमा त झन मेरो जवाफ अझ भिन्दै होला । सायद, यहाँहरूबाट पनि यी तिन भिन्न फरक अवस्थाहरूमा गरिने प्रश्नहरूको उत्तरहरू फरक नै मिल्ने छ भन्नेमा मेरो  निसंकोच दावी रहनेछ !

मेरो एक मित्रले हालैको एक दिन बताएका थिए - कि एक सामाजिक सर्वेक्षणमा अपराधीलार्इ दिर्इने सजायका बारेमा सर्वसाधारणहरूलार्इ राखिएका जिज्ञासाहरूमा अधिकतम जवाफहरू अत्यन्तै क्रुरर र अमानवीय थिए । उनले मलार्इ थप बताएका थिए -  त्यस सर्वेक्षणलार्इ मान्ने हो भने अब मानवीय मूल्य (Human Life Value) मा चिन्ताजनक ह्रास आएको छ ।

त्यस्तै, दुर्इ दिन अगाडि प्रहरी इन्काउन्टरमा मारिएका भनिएका धादिङका ३० वर्षे युवा दिनेश अधिका…

मोदीको भाषणमा हाम्रा नेताको ताली

अबकी बार मोदी सरकार ! यो त्यहि नारा थियो जसले केहि महिना अगाडि विश्वकै सबभन्दा ठूलो लोकतान्त्रिक देश भनिने भारतलार्इ जुरूक्कै उचाल्न सक्यो । राजनीतिलार्इ फोहोरी खेलको संज्ञा दिने करौडौं भारतीय युवाहरु समेत आफ्ना सम्भावित प्रधानमन्त्रीको पक्षमा खुलेर अगाडि आए । ती युवाहरूको समर्थन त्यसै सजिलै पनि आएको थिएन् त्यसमा कहि न कतै समृद्द र विकसित भारतको सपना गाँसिएर आएको थियो । र, भारतीय युवाहरूलार्इ के विश्वास लाग्यो भने पछिल्लो दशकदेखि २९ वटा प्रान्तहरू मध्ये अत्यन्तै तिब्रतर विकासको गति समातेको गुजरात प्रान्तको नेतृत्वको मुख्य कमाण्ड सम्हाल्दै आएका नरेन्द्र दामोदरदास मोदीको प्रेरणामा आधुनिक भारतको खास प्रगती सम्भव छ । फलतः नमोक्रेज यसरी ह्वात्तै बढ्न पुग्यो कि जसको लोकप्रियताको तेजले एकदशकभन्दा बढि केन्द्रिय राज्यसत्ता सञ्चालन गरिररहेको कांग्रेस आर्इ संविधानतः संसदमा प्रमुख प्रतिपक्षीको हैसियत प्राप्त गर्न पनि असमर्थ रह्यो । संक्षेपमा भन्दा मोदीको उदयले पारम्परिक शक्तिको पत्तासाफ हुन पुग्यो । र, तिनै चमत्कारिक नरेन्द्र दामोदरदास मोदी उनकै अनुसार, दोश्रो पटक एक सुन्दर हिमाली राज्यको भ्रमणका…

बि.सं. २१०० (१९ औं भाग)

..... टेबलमा सलादले भरिएको एउटा रिकापी ल्याइपुर्‍यायो – वेटरले । गाँजरको टुक्रा निकालेर निकै कामुक तरिकाले जेट्लिनाले गाँजरको टुकाबाट सलाद खाने कामको उद्घाटन गरी र गम खाएर भनी – कसरी म्यानेज भा’थे त्यति धेरै पोलिटिकल पार्टीहरु ? मसँग उसको यो बौद्धिक प्रश्नको जवाफ थिएन । त्यसकारण, जवाफ दिनुभन्दा पहिले मैले सलादले भरिएको रिकापीबाट मुलाको एउटा टुक्रा उठाएँ र मुखमा हालेँ । अनि यस्तो जवाफ दिएँ – “पार्टीहरु म्यानेज कसरी हुन्थे भन्दा पनि त्यतिखेरको सिनारियोको बारेमा बताउनु उपयुक्त हुन्छ भन्ने लाग्छ । सुन् जेटू त्यतिबेलाको त्यो समय अहिले तिमीहरुले सोचेको वा भोगेको भन्दा निकै कठिन समय थियो । इतिहासमै पहिलो पटक संविधानसभा मार्फत संविधान लेखनका लागि निर्वाचन गराइएको थियो । जे जे काम जुन समयसीमाभित्र गर्नु पर्ने थियो ती त्यसरी सम्पन्न गर्न सकिएका थिएनन् । तत्कालिन पोलिटिकल लिडरहरुको भिजन र राष्ट्रिय मिसनमा विरोधाभाष थियो । त्यसकारण, न त्यतिखेर पोलिटिकल लिडर्स नै आफ्नो पर्सनालिटि म्यानेज गर्न सकिरहेका थिए न त ती ५० भन्दा बढि पोलिटिकल पार्टीहरु नै म्यानेज थिए !” गाँजरको एउटा टुक्रा हातमा लिएपछि मै…