Skip to main content

बि.सं. २१०० (१९ औं भाग)

.....
टेबलमा सलादले भरिएको एउटा रिकापी ल्याइपुर्‍यायो – वेटरले । गाँजरको टुक्रा निकालेर निकै कामुक तरिकाले जेट्लिनाले गाँजरको टुकाबाट सलाद खाने कामको उद्घाटन गरी र गम खाएर भनी – कसरी म्यानेज भा’थे त्यति धेरै पोलिटिकल पार्टीहरु ? मसँग उसको यो बौद्धिक प्रश्नको जवाफ थिएन । त्यसकारण, जवाफ दिनुभन्दा पहिले मैले सलादले भरिएको रिकापीबाट मुलाको एउटा टुक्रा उठाएँ र मुखमा हालेँ । अनि यस्तो जवाफ दिएँ – “पार्टीहरु म्यानेज कसरी हुन्थे भन्दा पनि त्यतिखेरको सिनारियोको बारेमा बताउनु उपयुक्त हुन्छ भन्ने लाग्छ । सुन् जेटू त्यतिबेलाको त्यो समय अहिले तिमीहरुले सोचेको वा भोगेको भन्दा निकै कठिन समय थियो । इतिहासमै पहिलो पटक संविधानसभा मार्फत संविधान लेखनका लागि निर्वाचन गराइएको थियो । जे जे काम जुन समयसीमाभित्र गर्नु पर्ने थियो ती त्यसरी सम्पन्न गर्न सकिएका थिएनन् । तत्कालिन पोलिटिकल लिडरहरुको भिजन र राष्ट्रिय मिसनमा विरोधाभाष थियो । त्यसकारण, न त्यतिखेर पोलिटिकल लिडर्स नै आफ्नो पर्सनालिटि म्यानेज गर्न सकिरहेका थिए न त ती ५० भन्दा बढि पोलिटिकल पार्टीहरु नै म्यानेज थिए !” गाँजरको एउटा टुक्रा हातमा लिएपछि मैले फेरि भनेँ – “... जताततै अराजकता थियो । तत्कालिन सरकारहरुको एकादुई कार्यसम्पादन मात्र चित्त बुझ्दा थिए नत्र त शतप्रतिशत कामहरु ती झुर नै गर्थे ! तर जब देशले संविधानसभा मार्फत संघीय लोकतान्त्रिक चरित्रको संविधान प्राप्त गर्‍यो, तत्पश्चातः तत्कालिन हामी निमुखा नेपालीहरुको दिन फेरिए र अहिले यो अवस्थामा आइपुग्न सफल भयौं ।” अज्ञातवशः मैले लामो श्वास फेरेछु– उसले केहि भन्न खोज्दै थिई, तर वेट्रसले हाम्रो बाँकी सबै अर्डरको खानेकुरा ल्याएर टेबलमा राख्न थालेपछि जेट्लिनाले केहि बोलिन ।
गुर्जाली स्याउको जुसको एक सुरुप निकै मीठो मानेर पिई उसले । र, खास युवती हाउभाउमा भनी – “लेट्स फरगेट द पास्ट ! अदरवाइज लाइफमा रमाईलो भन्ने नै केहि हुँदैन !” मैले उसको खास कुरा बुझिनँ – आखिर कुन विगतलाई बिर्सौं भन्दैछे ऊ ? मेरो जमानाको फोहोरी राजनीतिको विषयमा कुराकानी नगरौं भनेको भए त ठिकै छ, नत्र हिजोको रातको विषयलाई भुलौं भनेको भए त ? मनमा लाग्यो – पल्केको तिल्के घरीघरी मिल्के हुन चाहिरहेको मेरो बुढो नभएको मनको अभिमानमा चोट पुर्‍याई नी केटीले ! तर मैले सोचेजस्तो रहिनछ उसले बताइरहेको कुरो । आफूले शुरु गरेको प्रसङ्गलाई निरन्तरता दिदै उसले भनी – “मे बी तपाइँलाई लाग्ला कुन पास्ट ? कस्तो पास्ट ? मैले भन्न खोजेको ती सबै पास्टहरु हुन जसको स्मरण गर्दा यहाँनेर हर्ट हुन्छ ।” पिज्जा काट्नलाई नाइफ समातिरहेको आफ्नो बायाँ हातको चोर औलाले छातिको देब्रे भागलाई बेमज्जाले घोची । उसले त्यसो गरिरहँदा मनले नचाहँदा नचाहँदै पनि मेरा धुर्त चक्षु उसका छातिमा गएर ठोक्किए, ती बेसरम पिङ खेलिरहेथे । जेट्लिनाले मैले जे गरेँ त्यो चाल पाइसकेकी थिई । थोरै सजग ।।।बन्न खोजी ऊ र भनी – “साँच्ची हजुरलाई मेरो अर्डर कस्तो लाग्यो ?” मुखमा अटेसमटेस पिज्जाको एउटा 
टुक्रा हालिरहेको मैले दायाँ हातको बुढी र चोर औंला जोडेर गोलो आकृती बनाएर उसलाई देखाइदिएँ । ऊ सन्तुष्ट देखिई – आफ्नो रोजाईमा ।
हन्टिङका लागि हामी भएको ठाउँबाट ढेड घण्टा अझ माथितिर चढ्नुपथ्र्यो । त्यहाँ वरिपरि मानिसको बाक्लो उपस्थिति हुने भएकाले कुनैपनि वन्यजन्तु त्यहाँ वरिपरी देखिदैनथे । लन्च खाइसक्दा दिउँसोको २ बजेको थियो । त्यसैले हामी तयारीमा जुट्यौ । सबभन्दा पहिले त हामीलाई हन्टिङ गराउन लैजाने कम्पनीको सम्पर्क कार्यालयमा पुग्नु थियो । तसर्थः हामी त्यतै लाग्यौं । हन्टिङ गाइडले झण्डै एक घण्टासम्म प्रशिक्षण दियो । कसरी आफूले चाहेको वन्यजन्तु भेट्टाउने ? कसरी त्यसलाई निशाना लगाउने ? कसरी मार्ने र मरिसकेको जनावरलाई कलेक्सन गर्ने ? हाम्रो टिममा हामीले नचिनेको अरु तीन जना पनि रहेछन् । परिचय आदानप्रदान भएपछि सबैजना अफिसको क्यान्टिनमा वार्म अप खाना लाग्यौं । टिमका पाँचजना मध्ये हन्टिङमा सबभन्दा बढि उत्साही जेट्लिना र अर्की समिना नामकी युवती देखिन्थी । मैले भर्खर परिचय भएको टिमको साथी दिपेन्द्रसँग मजाक पनि गरेँ – “हैन अचेल शिकार गर्न पुरुष भन्दा महिला नै बढि उत्साही हुने किन हो ?” मेरो नयाँ साथी मुसुमुसु हाँस्यो मात्र, केहि बोलेन । 
साँझ ५ बजेतिर बन्दोबस्तीका सामानहरु चरप्प बोकेर हामी हन्टिङ हिल्सको उकालो लाग्यौं । उकालो चढ्दै गर्दा हामी बिच निकै हाँसो मजाक पनि भए । कारण, हाम्रो हन्टिङ गाइड निकै नै रसिक रहेछ । उसले आफ्ना शुरुका केहि असफल शिकार गर्दाको अनुभवहरु बाँड्यो बाटैभरी । सबभन्दा मुच्र्छा परेर हाँसी समिना । उसलाई गतिलो साथ दिई जेट्लिनाले । मेरा अधवैशे साथी दिपेन्द्र र युवक डेविटले केटी शिकारीहरुलाई राम्रै साथ दिए । बिचबिचमा छिल्लिने काम पनि गर्थे । जेट्लिनाले युवकलाई निकै नै जिस्काई । उसले यसो गर्दा मैले खिन्न नभइकन बस्न सकिन । सायद ईश्या वा जलन भनेकै यहि हुनुपर्छ । तर जेट्लिनाले समयसमयमा मलाई पनि छलफलको केन्द्रबिन्दु बनाउँदा चाँहि मनले ठूलो राहतको महशुस गथ्र्यो । अन्ततः साँझको सात बजेतिर हामी शिकार खेल्ने ठाउँमा पुग्यौं । सानो समथर भुभागमा आफ्ना टेन्टहरु गाड्यौं । जेट्लिना र मेरो एउटै टेन्ट थियो । अरुको भिन्दै । टेन्ट बनाइरहँदा समिना र युवकको कुरा मिलेछ सायद, त्यसकारण, दुबैले एउटै टेन्ट बनाउँदै थिए । टेन्ट बनाइसकेपछि बिचमा एउटा क्याम्प फायर बनाउने काममा सबैजना जुट्यौ । युवक फुर्ति गर्दै थियो – आज मेरो हातबाट मरेको झारल पोलिनेछ यहाँ !
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…