Skip to main content

Posts

Showing posts from 2015

किन यस्तो फेरियौं हामी?

अब त आफ्नोपनका बारेमा लेख्नुपनि धक मान्नुपर्ने अवस्था सृजना हुन लाग्यो । किनकी, आफ्नापनका बारेमा मानिसहरूलार्इ रूची लाग्नै छाड्यो । अझ विप्रेषणको भरमा राज्य धानिएको हाम्रो जस्तो देशमा प्रत्येकलार्इ के लाग्न थाल्यो भने हामीसँग केहि छैन, जे छ विदेशीहरूसँग छ । हाम्रा संस्कारहरू, संस्कृतिहरू, रितीरिवाजहरू ती सबै मक्किएका छन । हामी मध्ये धेरैलार्इ यस्तो पनि लाग्न थाल्यो कि हाम्रा पहिचानको जगेर्ना गर्नुपर्छ भनेर यदि कसैले आवाज उठाउँछ भने कि त त्यो बदलिदो युगको परिवर्तनको वेगसँग प्रवाहित हुन असमर्थ छ या कि त ऊ पाखण्डी हो । पाखण्डी त तपाइँ हामी जस्तो देखासिकीमा सभ्यता देख्ने, अरूमा आफ्नो पहिचान परावर्तन भएको देख्नेहरूलार्इ भनिनुपर्ने हो तर विडम्बना आफ्नोमा आफ्नै सुगन्ध स्वादन गर्ने मान्छेहरू पाखण्डी भनिएका छन् । जोन टोमलिन्सन भन्छन्, सांस्कृतिक साम्राज्यवादको उति लामो इतिहास छैन । इश्वीसनको ६० को दशकदेखि यो विषयमा छलफल हुन थाल्यो । पश्चिमाहरूको प्राविधिक प्रगतिले जतिजति उन्नति गर्दै गयो, त्यो भन्दा तिब्रतर गतिमा यिनका सांस्कृतिक प्रभावमा गरिप राष्ट्रहरू पर्न थाले । आर्थिक आधारमा समुदाय वा राष्…

गलतलार्इ म गलत भन्छु, म गलत भए मलार्इ सच्चाऊ

हामीले अर्को एउटा उत्कृष्टता हासिल गरेछौं । धेरै मानिसहरूले यसलार्इ अभूतपूर्व संयोगका रूपमा ब्याख्या पनि गरेँ । केहि बुझक्कीहरूले भने - अब नेपालले फड्को मार्यौ । अनि केहिले सुझाए - यसमा पृथक टिप्पणी गरिनु नकारात्मकताको अर्को एउटा पोयो फुकाउनु हो । मैले फेरि पनि भने - कोही कसैको केही थियो भनेर सहानुभूतिपूर्वक उसलार्इ कुनै पदमा निर्वाचित गराउनु, ल्याइनु प्रजातान्त्रिक चरित्र पक्कै थिएन । होर्इन । र, यो लोकतान्त्रिक मुलुकको एउटा यस्तो दुर्भाग्य बनेको छ कि केही मानिसहरू कसैको कोही भएकै कारणले सांसद बनाइएका छन्, मन्त्री बनार्इए र पछिल्लो परिघटना हामीले देख्यौं - (जननेता) कुनै पार्टीका संस्थापक भएकै नाताले बिध्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित पनि हुनुभो ।
भर्खरै जारी संविधानको संरक्षकत्व गर्ने देशको प्रमुख ओहोदामा एक महिलाको उदयले मलार्इ पनि प्रफुल्ल पार्नु पर्ने थियो । म पनि भक्कानिनुपर्ने थियो - भावविह्वल हुनुपर्ने थियो । हर्षोल्लास् मनाउनु पर्ने थियो । तर अहँ यो विकसित घटनाक्रमले मलार्इ कुनै हिसाबले गौरभान्वित बनाउन सकेको छैन । म पूर्वाग्रही भएको पनि हैन, यस्तो फरक विचार आउनुका पछाड…

अत को मनको भडाँस

समकालिन अंग्रेजी साहित्यका युवा कवि क्रिश जेमीको एउटा भनार्इ छ -  “There are two circumstances that lead to arrogance: one is when you're wrong and you can't face it; the other is when you're right and nobody else can face it.”  (दुर्इ वटा परिस्थतिहरू जसले आक्रोशपूर्ण अवस्थामा लैजान्छन् - एउटा जतिखेर तिमी गलत हुन्छौं, र त्यसको सामना गर्न सक्दैनौ, र अर्को त्यतिखेर जतिबेला तिमी सहि हुन्छौ तर अरू कसैले  त्यसको सामना गर्न सक्दैनन् ।)दुरूस्तै यहि भनार्इको सादा अर्थ, अहिले हामीले भोगिरहेकाे अवस्था हाे । ६५ बर्ष अगाडिदेखिको सार्वभौम सत्ता सम्पन्न जनताको चाहनाअनुरूप संविधानसभाले संविधान जारी गर्यो, खुशियाली मनाउनुपर्छ । दिपावली गराउनुपर्छ । एशियाकै उत्कृष्ट संविधान आएको छ । जोजससँग असन्तुष्टिहरू छन् ती पनि समयक्रमसँगै संबोधन हुँदै जान्छन् । बग्रेल्ती यस्तै टिप्पणीहरू सुनेँ, पढेँ । ९० प्रतिशत भन्दा बढी जनताका प्रतिनिधीहरूले हस्ताक्षर गरेको संविधान जारी हुँदा एक नेपाली हुनुको नाताले प्रफुल्ल हुनुपर्ने हो तर हृदयदेखि मुस्कान मेराे निस्किन सकेन, मलार्इ माफ गर्नुहोला । तर यहि आधारमा मला…

साताको विचार

इज्रायली सन्तानका नाममा हामी आदेश दिन्छौ‌ कि जो कसैले आत्माका रक्षा लागि वा भष्ट्रचार (राज्यमा गरिने) का विरूद्द बाहेक अ...Posted by Nirajan Thapa on Wednesday, August 5, 2015

म "खेल" खेल्दिनँ

आयरल्याण्ड (स्कटल्याण्डमा समेत) मा आयोजित २० ओभरको विश्वकप छनोट प्रतियोगितामा अपेक्षित खेल पस्कन सकेको भए हाम्रो राष्ट्रिय क्रिकेट टोलीले अर्को बर्ष दक्षिणी छिमेकी राष्ट्र भारतमा विश्वकप खेल्ने अवसर प्राप्त गर्ने थियो । तर छनोटचरणका ६ खेल मध्ये वर्षाका कारण स्थगित एक खेल बाहेक बाँकी पाँच मध्ये चार खेलमा नेपालको हार लज्जास्पद त थियो नै, क्रिकेट प्रशंसकका नाताले मलाई हाम्रो टोलीले जितेको एक खेलमा समेत तारिफ योग्य प्रदर्शन गरेजस्तो लागेन । खेल हो, हारजित हुन्छ । यसले मलाई उती दुखित पनि बनाएन । तर अभ्यासखेलदेखि लयमा नफर्केको टोलीले छनोट खेलमा पनि तारिफयोग्य खेल पस्कन असमर्थ रह्यो ।  कुरो क्रिकेट खेलको मात्र पनि रहेन, अरु खेलहरुमा पनि हामीले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनौ । फिफाको विश्व फुटबलको वरियताक्रममा नेपाली राष्ट्रिय टोली निरन्तर ओरालो लाग्ने क्रम कायमै छ । भलिबल, बास्केटबल र कबड्डीमा पनि नेपाली राष्ट्रिय टोलीले कहिल्यै पनि सुखद नतिजा हासिल गरेनन । कुनै बेला हामी दक्षिण एशियाली क्षेत्रमा मार्शल आर्टसमा तारिफयोग्य प्रदर्शन गर्दथ्यौं, तथापी पछिल्ला दिनहरुमा त्यसमा पनि हाम्रो प्रस…

म पुस्तक पढ्दिनँ

पाँच वर्षपहिले नर्वेमा छँदा, एक बेलायती साथीले मुहारप्रिस्थिका (फेसबुक) मा सयवटा कितावहरुको सूची प्रस्तुत गरेपछि म निकै बेर सोचमग्न बने । अंग्रेजी साहित्यका पुस्तकहरुको सूचीमा दिइएका मध्य तीनवटा पुस्तकहरुका समीक्षा सम्म मैले पढेको रहिछु । एनीमल फार्म, ग्रेट ग्याट्सबी, वथेलो ! तर उमेरले म भन्दा ३ वर्ष कान्छी उनले एक सय मध्य सत्ताइसवटा पुस्तकहरू अध्ययन गरेकी रहिछन् । र, बाँकी त्रिहत्तर वटा पुस्तकहरू क्रमशः पढ्दै जानेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेकी थिईन ।  कितावसम्बन्धी उनको सम्प्रेषण पढेपछि मैले पनि नेपाली साहित्यका दशवटा पुस्तकहरुको सूची बनाएर मुहारप्रिस्थिकामा राखेको थिएँ । तीन दिनसम्म मेरो सम्प्रेषण बार्‍ह जनाले मन पारेको, र एकजना मित्रले चाँहि सूचीमा रहेको तीन वटा पुस्तकहरु अध्ययन गरेको टिप्पणी राखे । बाल्यकालमा पढिसकेको तर कथावस्तु बिर्सीसकेको एक कृति पनि मैले त्यो सूचीमा रोखको थिएँ । जुन कृति पढिसकेको भनेर टिप्पणीकर्ता मित्रले गरेका थिए । त्यसकारण, मैले मित्रवरको टिप्पणीमा विश्वेश्वरप्रसाद कोइरालाको “मोदिआइन” कृतिका बारेमा उनको धारणा जान्न चाहेँ । उनले भने – “खासै त्यस्तो …

Reservation at Finnish Police Station

In Finland, it's quite confusing for new comers to get adapted with various systems. For instance, if you have to apply for the visa extension or identity card, you have to go to police station but you have to have an appointment. To facilitate you, here I've come with every steps that you need to follow- 1 First  CLICK HERE , you will be taken to the appointment page of the Police. a. Click on the tab - Make an appointment
2. The next page appears with the form below. Fill your information in appropriate boxes.  3, At the end of the form, on Appointments section there is the purpose of your appointment, drop down the list and select your purpose, and click on the Next tab. 
4. Browser will automatically detect your location and display the time table on the right side of the page, however, if your police station is other than your current location then you can select the location from the map or the drop down list (the section on the buttom of left side). Then you can hove…

म शिशा पुछ्दिनँ ७

रेलभित्र यात्रुहरु पस्दै थिए । म भित्र छिरे लगत्तै एउटी मगन्ते फिनिश बुढीआमा पनि रेलभित्र पसीन । रेलको टिकट बेच्ने मानिसले मलाई पुलुक्क हेर्दै, आँखा झिम्काउँदै ती बुढी आमालाई टिकट छ ? भनेर सोध्यो ! टिकट बेच्नेलाई जाँच्ने अधिकार भएपनि उनीहरुले त्यसो गरेको मैले देखेको थिइँन । उसले मलाई आँखा सन्काएका हिसावले मैले के बुझेँ भने – ऊ सायद रेलका यात्रुहरु ती बुढीआमाको माग्नेकामले आजित नहुन भन्ने चाहन्थ्यो । बुढीआमा टिकटको वैधानिकता जाँच गर्ने यन्त्र भएको ठाउँमा पुगिन, यन्त्रमा यात्रुकार्ड राखेपछि हरियो बत्ति बल्यो । बुढीआमा यथास्थानमा फर्किन । ऊ मुसुक्क हाँस्यो । बुढीआमालाई धन्यवाद भनेर चालककक्षभित्र छिर्यो । म ट्वा परेँ ! माग्नेमान्छे समेत टिकट लिएर यात्रा गर्छ । माग्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ । हाम्रो र यिनीहरुको संसार कति फरक ?! नियमका कुरा सबैलाई बरावरी लागू हुन्छ । र, नियमको सम्मान पनि त सबैले नै गर्छन । यहाँका मान्छेहरुको “सभ्य व्यवहार” को उत्कृष्ट नमुनाहरुको दृश्यपान गरेपछि मैले धेरैपटक यसरी नै ट्वा पर्नु परेको छ ।  *** एकदिन जेब्रा पारमा म, एकजना युवती र उनको बच्चास…

म शिशा पुछ्दिनँ ६

समय मैं ऋतुकालमा प्रविष्ट नहुने असाध्य नारी रोगले आक्रान्त मेरी धर्मपत्नीको व्यथा नेपाल छाड्दा पनि उस्तै नै रह्यो । त्यसकारण, उनले यो विदेशी भूमीमा पहिलो पटक यहाँको चिकित्सकसँग चेकजाँच गराउनु पर्ने भयो । त्यस हेतू नजिकैको सरकारी स्वास्थ्य केन्द्रमा फोन मार्फत हामीले चेकजाँचको लागि समयको अग्रीम प्रबन्ध गर्‍यौं । उनका लागि आकस्मिक सेवा आवश्यक नभएका कारण, स्वास्थ्यकेन्द्रले तीन हप्तापछिको समयको ब्यवस्था गरिदियो ! तीन हप्तापछि बिहान आठ बजे उनी स्वास्थ्य केन्द्र पुगीन ।
“नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ हावापानीका कारण सिर्जित तनावका कारणले त्यस्तो भएको रे डाक्टरले भनेकी !” स्वास्थ्यकेन्द्रबाट फर्केर आफ्नो झोला समेत नबिसाई एकै श्वासमा पत्नीले सुनाईन ।
“ए, ए ! हामी त्यसै के के सोचेर आत्तिएछौं ! ठीकै छ नी त उसोभए ।” मैले यतिभनेपछि आफूले स्वास्थ्यकेन्द्रमा बिताएको आधा घण्टाभन्दा बढीको समयमा के के भयो र कस्तो अनुभव रह्यो उनले सविस्तार सुनाइँन । जुन मेरा लागि नौलो विषय थिएनन् ।
“म तल बसिरहेकी थिएँ, मेरो नाम लिदैँ डाक्टर आइन । मलाई ह्युभा हुवामेन्ता (शुभप्रभात) भन्दै अभिवादन गरीन । मैले पनि मुन्टो हल्ल…

म शिशा पुछ्दिनँ ५

चार बर्षपहिलेको एउटा घटना याद भो,
“आमा, अब मलाई ज्यामिति बाकस चाहिन्छ है, पर्सीबाट ज्यामितीको पढाई हुन लाइच्च !” म त्यहीबाटो भएर कतै जाँदै थिएँ, एकजना गाउँले भाईले आफ्नी आमासँग ज्यामिति बाकसको माग गर्दैथिए ।
उनकी आमाले झर्किदै भनिन् – “तेरो बाउले पैसा नपठाएको पाँच महिना भैसक्यो, मैले कहाँबाट ल्याएर दिने हो ?”
म बाटोमा टक्क रोकिएँ, आमा–छोराको वार्तालाप सुन्नलाई । बच्चाले माग राखिनै राख्यो, उसलाई बाबुले पैसा पठाउनु या नपठाउनुसँग सम्बन्ध थिएन । आमाले प्रतिजवाफ दिईराखीन् । एकछिन पछि पट्यांग आवाज आयो । आवाजसँगै अर्को करुण आवाज आयो । त्यो रुवाईको आवाज थियो । लगत्तै, म निशब्द त्यहाँबाट हिडेँ ।
एकपटक अमेरिका घुमेर फर्केपछि नयिका रेखा थापाले सार्वजनिक टिप्पणी गरेकी थिईन – “अमेरिकामा अरु त सबै ठीक लाग्यो तर आफ्नो बच्चालाई एक दुई झापड लगाउन पनि नपाइने कुरोले ताजुब बनायो । त्यो कस्तो नियम हो ?” आमा पनि नबनेकी उनले गरेको सार्वजनिक टिप्पणीले एउटी छोरीको बाबु बनिसकेको मलाई चाँहि आश्चर्यचकित बनायो । त्यो अलिकति स्वभाविक टिप्पणी भैकन पनि त्यसले नेपाली संस्कारको दुर्बल पाटोलाई उस्तै प्रष्ट पार्दथ्यो ।…

म शिशा पुछ्दिनँ ४

गएको हप्ता त हो नी छोरीले आफ्नी आमा (ममी) को मोबाइल फोनमा ‘मिस्ड कल’ गरेको, अनि मेरी दुलहीले छोरीलाई फोन गरेको । आमा–छोरीको मोबाइल वार्ता सुन्दै गर्दा बोलीरहेका दुईजनामा मैले प्रशन्नताको स्पष्ट भाव पाएथेँ, तर मलाई अलि धेरै गम्भीर बनाईदिए मेरा दुई परीहरुले !
“के गर्दैहुनुहुन्छ नी ?” हामीले यताबाट “छोरी” भनेपछि उताबाट छोरीले बोल्ने पहिलो वाक्य नै यहि हो ! त्योदिन पनि छोरीले उनकी आमाले “छोरी” सम्बोधन गरेलगत्तै यहि प्रश्न गरीन् ।
“तिमीसँग कुरा गर्दैछु ।” वा “भर्खर खाजा खाएँ ।” भनेको भएपनि आज म यसरी सायदै यो लेखिरहेको हुनेथिएँ । तर मेरी पत्नीले भनीन – “म भर्खर पढेर आएको, बाबाले खाजा बनाउनु भयो अनि हामीले खायौं !” यसो भनेर सकेपछि उनले पुलुक्क मतिर फर्केर हेरीन् । उनको त्यो हेराईमा मैले असीम अनुग्रहीत भाव पाएथेँ ।
उनीहरु अरु धेरै कुराहरु गर्दै थिए, मलाई चाँहि पत्नीले बोलेको पहिलो वाक्यले नै एक हिसाबले स्तब्ध बनायो । अझ यस्तो भनूँ कि त्यसले मेरो भावुक हृदयलाई क्षतविक्षत पार्‍यो । उनको तात्कालिक अनुग्रहीत भावले मेरो हृदयमा ल्याएर आएको कम्पनको अहिले म वर्णन गर्न सक्दिनँ ।
प्रायःजसो म कामबाट साढ…

म शिशा पुछ्दिनँ - ३

म बस्ने घरबाट रेल बिसौनीतिर जाने बाटोको मध्य भागतिर बालबालिकाहरुको स्याहार गर्ने पाइभा कोटी (बालबालिका दिवा स्याहार गृह) छ । किनमेलका लागि पसलहरुमा जाँदा म त्यहीबाटो भएर हिड्ने गर्छु ।
ग्रिश्मकालीन सन्ध्याहरू यति रोमाञ्चक हुन्छन कि राती एघारबजेसम्म घामको उज्यालो हुन्छ । र, एक साँझको ७ बजेतिर म किनमेलका लागि पसल जादैँ थिएँ । मैले एक फिनिश स्वास्नीमान्छेलाई आफ्ना दुईजना बच्चाहरुसँग त्यही स्याहार गृहको खेलमैदानमा खेलिरहेको देखेँ ।
“आइती...” लामो लेघ्रो तान्दै उनको सानो बच्चा आफ्नी आमालाई केही सोध्दै थियो । उसले “आइती” भनेर आमालाई बोलाएको मात्र मैले बुझेँ । किनकी फिनिशमा “आइती” भनेको आमालाई भनिन्छ भन्ने मैले यहाँ आउँदाको पहिलो महिनातिरै थाहा पाइसकेको थियो । बाँकी उसले के सोध्यो मैले बुझिनँ । उसकी आमाले केहि बताइन । ऊ “कितोस” भन्दै खुरुरु दौडियो । उसले आमालाई धन्यवाद भनेको थियो । तत्क्षण मैले मेरी ७ बर्षीया छोरीलाई याद गरेँ । उनले आफ्नी हजुरआमा (मेरी आमा) लाई आमा, र आफ्नी आमालाई ममी भनेर सम्बोधन गर्ने गरेको सम्झेँ । अनि मैले यो पनि सम्झेँ कि मैले मिठाईहरु लगिदिदा वा वार्षिक तथा त्रैमासिक …

म शिशा पुछ्दिनँ २

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो । 
पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड१ छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं ! 
हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पारेको आलु र केराउको तर…

म शिशा पुछ्दिन

“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ । त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैले…

युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलार्इ गोविन्द दार्इ भन्ने गर्थेँ । उनलार्इ मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भार्इ । म त्यसै त्यसै पुलकित हुन थालेँ ।
पछिफेर सामिप्यता बढेपछि, मैले उनलार्इ अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दार्इले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलार्इ असिम खुशी पनि लाग्दछ । तर ६०…

म्याग्दी, तर्क र नांगो नाच

म्याग्दीमा अचम्मको राजनीति छ । उसो त नेपाल नै अचम्मको राजनीतिमा चलिरहेको देश हो । उधोग बाणिज्य संघमा राजनीति, क्याम्पस संचालक समितिमा राजनीति । राजनीतिबाट अछुतो छैन- जिल्ला बाल संगठन, वा कुनै सामुदायिक बिधालयको व्यवस्थापन समिति । अझ म्याग्दीमा त काङ्ग्रेस र एमालेका छुट्टाछुट्टै नीजि बोर्डिङ, केबुल, सहकारी, पसल, ट्युसन सेन्टर, ढिकुटी खेलाउने घोपा, रेष्ट्रँरा, होटल, करिब करिव सबैसबै सेवा प्रदायकहरू छुट्टाछुट्टै छन् । अझ राजनीतिको प्रभाव शुन्यः हुनुपर्छ भनेर ठानिने रेडक्रसमा समेत राजनीति छ म्याग्दीमा । पहिला पहिला काँग्रेसीहरू आलोपालो हुन्थे रेडक्रस अध्यक्ष, अहिले एमालेहरू चलार्इराखेका छन् । मानौं म्याग्दी जिल्ला एमाले र कांग्रेसको बिर्ता हो । र, त्यहाँ उनीहरू आफ्नो क्षमता, शक्ति र पैसाका आधारमा नांगो नाच नाच्न रूचाउँछन् । पछिल्लो क्रममा, राजनीतिको नांगो नाच एमाले र कांग्रेसले खुलेर नाचिरहेका छन् । यो नांगो नाचमा सर्वाङ्ग नाङ्गो नाच चाँहि काङ्गेसले नाचिरहेछ । गीतको बोल छ –
जिल्लाबाट बनेका छन् तीनजना सभासद हाम्रै माननीयले पाउनु पर्छ प्रमुख अतिथीको पद ...
संविधानसभाको पछिल्लो निर्वाचनमा एउटा…

सिंहदरबार, एउटा जोगी र घण्टा

केहि बर्ष पहिले हाम्रो गाउँमा वैदिक सनातन धर्म उत्थानका लागि भनेर एकजना स्वामीको प्रार्दुभाव भो । समथर चौरको सानो सुर्का जसलार्इ ठाडो चौर भनिन्छ, तहाँ स्मावीमजीले आश्रम बसाले । केहि गार्इहरू पालिए । सागपात लगार्इए । केराका बोटहरू लगाइए । बेलौती पनि फलेकै छन् । उजाड सुर्को हरियाली भो । आक्कल झुक्कल आउने स्वामीले प्रवचन पनि दिन शुरू गरे । सुन्नलार्इ मान्छेहरू जम्मा हुन थाले । एकाध मान्छेहरू बैष्णव भएर त्यतै कुटीमा पनि बसे । केहि मान्छेहरू ठाडा टिका पहिरिएर बैष्णव बने । तीनलार्इ मन नपार्नेहरूले "ठाडटिके" को विशेषण पनि दिए । कृष्णतट देखि ७०० मिटरमाथिको उचार्इमा रहेको मेरो गाउँमा मान्छेहरू दुर्इचीरामा विभक्त भए । एकथरी ती ठाडटिकेहरू जसले वैष्णव संस्कार शिरोधार्य गरे, ललाटमा ठाडो चम्किलो पहेंलो रंगको तिलक पहिरिनेहरू, र अर्काथरी तीनै तिलकधारीहरूलार्इ मन नपार्ने मान्छेहरू । ठाडटिकेहरू कस्ता भने, यी भिन्दै किसिमका । घर परिवारका अरू मान्छेहरूले पनि छोएको वा पकाएको नखाने, अत्यन्तै शुद्दता कायम गर्ने । त्यो शुद्दता कस्तो भने ठाडटिके संस्कारसहित भर्खर भर्खर गोबर ग्याँस प्लान्ट पनि गाउँ छि…