सिंहदरबार, एउटा जोगी र घण्टा

केहि बर्ष पहिले हाम्रो गाउँमा वैदिक सनातन धर्म उत्थानका लागि भनेर एकजना स्वामीको प्रार्दुभाव भो । समथर चौरको सानो सुर्का जसलार्इ ठाडो चौर भनिन्छ, तहाँ स्मावीमजीले आश्रम बसाले । केहि गार्इहरू पालिए । सागपात लगार्इए । केराका बोटहरू लगाइए । बेलौती पनि फलेकै छन् । उजाड सुर्को हरियाली भो ।
आक्कल झुक्कल आउने स्वामीले प्रवचन पनि दिन शुरू गरे । सुन्नलार्इ मान्छेहरू जम्मा हुन थाले । एकाध मान्छेहरू बैष्णव भएर त्यतै कुटीमा पनि बसे । केहि मान्छेहरू ठाडा टिका पहिरिएर बैष्णव बने । तीनलार्इ मन नपार्नेहरूले "ठाडटिके" को विशेषण पनि दिए ।
कृष्णतट देखि ७०० मिटरमाथिको उचार्इमा रहेको मेरो गाउँमा मान्छेहरू दुर्इचीरामा विभक्त भए । एकथरी ती ठाडटिकेहरू जसले वैष्णव संस्कार शिरोधार्य गरे, ललाटमा ठाडो चम्किलो पहेंलो रंगको तिलक पहिरिनेहरू, र अर्काथरी तीनै तिलकधारीहरूलार्इ मन नपार्ने मान्छेहरू ।
ठाडटिकेहरू कस्ता भने, यी भिन्दै किसिमका । घर परिवारका अरू मान्छेहरूले पनि छोएको वा पकाएको नखाने, अत्यन्तै शुद्दता कायम गर्ने । त्यो शुद्दता कस्तो भने ठाडटिके संस्कारसहित भर्खर भर्खर गोबर ग्याँस प्लान्ट पनि गाउँ छिरेको त्यो बखत पार्इखानाको पाइप गोबरग्यास प्लान्टमा मिलाइएको छ भने त्यो घरमा भनेको चिया पनि यिनीहरूका लागि वर्जित । कारण – त्यो गुहू ग्याँस ! गुहू फोहर कुरा र त्यसले उत्पादन गरेको ग्याँसमा पकाएको खाना अशुद्द !
विश्व आफूलार्इ आधुनिकीकरणको तिब्र रफ्तारमा अगाडि बढ्दै जाँदा, हाम्रा धर्मभीरूहरू हामीलार्इ आध्यात्मिक सत्संगको यो कुन चरणमा प्रवेश गराउँदै छन् जहाँ मानिसहरू अब अझ अरू संकिर्ण र ब्यक्तिकेन्द्रित बनार्इदैछन् ? विश्वशान्तिको यो कस्तो अभ्यास हो ?
पोहोर साल एउटा यज्ञ पनि लगाइयो । पूर्व सेना प्रमुख कटुवालका प्रमुख आतिथ्यतामा आयोजित यज्ञबाट केहि लाख रकम पनि संकलन भो । केहि योजनाहरू बनाइए, ती अझै पानाहरूमै सिमीत छन् मूर्त भैसकेका छैनन् । ती कहिले मूर्तरूपमा आउँछन् स्वंय धर्मभिरूहरूलार्इ पनि त्यसको कुनै पत्तो छैन, बरू त्यही "पावन ठाडोचौर" बाट पश्चिमतिर भान्सामा अर्को महायज्ञ चलिरहेछ, अहिले । दुर्इ अर्बको लगानीमा धार्मिक पर्यटन क्षेत्र बनाउने योजनाका साथ महायज्ञमा जुटेका छन् एक बाबा ।
केहि दिन पहिले धादिङका दुर्इ चेपाङ बालिकाहरू गाडीको टायरको ट्युबमा जोखिमपूर्ण यात्रा गरी त्रिशुली तरेर पाठशाला जाँदै गरेको भिडियो देखेको थिएँ । र, त्यस्तै दारूणिक ब्यथाबीच जोखिमपूर्ण जिन्दगी बाँचिरहेका लाखौं बालबालिकाहरू, युवायुवतीहरू, बृद्दबृद्दाहरूका समाचार पढ्दा पढ्दा विरक्तिरहेका वखत, विरक्तिनुमा अझ अरू विषादपूर्ण परिस्थितका यस्ता समाचारहरू पढ्न विवश छु म जहाँ एक बाबाजीको प्रख्यातीको जिगमिषा पाल्ने एक जोगीजङ्गम पाँच हजार किलोको घण्टा र एक सय आठ फिटको कलश निर्माणको लहडपूर्ण काममा उद्दत हुन्छ, र सिंहदरबार सम्पूर्णरूपमा पञ्चकोट आश्रममा लमतरन्न पल्टिन्छ ! कठै मेरो देशको सरकार! कठै मेरो देशका नेतागण!
मलार्इ अचम्म लाग्दछ, बाबाजीहरू प्रति । स्वामीहरूमा सवार यो कस्तो जिगिमषा हो ? आजको नेपाली समाजको आवश्यकता पाँच हजार किलाको घण्टाको हो ? वा, आध्यात्मिक सत्संगको ? सत्कर्मको ? इमान्दारीता र अनुशाससित संस्कार निर्माणमा स्वामीहरूको योगदान रहन सक्दैन !?
स्वघोषित पगरी गुथेर, धर्मको आडमा सम्पूर्ण राज्यश्रोतलार्इ कब्जामा लिर्इ जोगीजङ्गमहरूले मानिसहरूलार्इ कस्तो धार्मीक पाठ सिकाउँदै छन् यो ?
संविधान निर्माणको प्रक्रिया झनझन अप्ठ्यारो दिशान्मुख हुँदै गर्दा, देशका प्रधानमन्त्री र मन्त्रीहरू, जिम्मेवार दलका प्रमुखको जिम्मेवारीता यहि हो ? कि, उनीहरू चार्टड हेलिकप्टरमा जोगीको कुटी पुगून । र, आम मानिसहरूलार्इ अझ अरू विश्वस्त बन्न प्रेरित गरून कि पाँचहजार किलोको घण्टा र एक सय आठ फिटको कलशले विश्व शान्ति प्राप्य हुन्छ !
ए, सरकार ! ए स्वनामधन्य बाबाहरू हो ! विश्वशान्तिको स्थापना मानिसहरूबीचको आत्मियताले ल्याउने हो । र त्यो आत्मियता तिमीहरूले स्पष्टसँग कोरेको विभेदपूर्ण, अन्यायी र जिबुल्ले पद्दतीमा सम्भव छैन । फोस्रा आडम्बरबाट बाहिर निक्ल ! तिम्रा ढोंगहरू बन्द गर ! मानिसहरूलार्इ पहिला मानिस बन्न प्रेरित गर ! सबभन्दा महत्वपूर्ण कुरो तिमी स्वंय पहिला आफू मान्छे बन । भगवान होर्इन । 
Post a Comment