Skip to main content

Posts

Showing posts from May, 2018

नेताकाे छाेरो ३, हैन कहिले आउने हो ?

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)बाको उम्मेदवारी निश्चित भैसकेपछि, मैले केही वर्षपहिलेदेखि चिनेको एकजना भाई मसँग निरन्तर सम्पर्कमा थिए । “बुढाको सादागीपन देखेर जनताहुरले (जनताहरुले) भोट दिन्छन् दाई । तपाइँ ढुक्क हुनुस्, बुढाले जित्छन् ।” प्रत्येक पटक गफगाफ गर्दा उनले यो वाक्य तारन्तार दोहोर्याइ रहन्थे । 
जुझारु स्वभावका उनी बा संलग्न दलमा थिएनन । अहिले पनि मलाई अचम्म लाग्दछ कि मैले कहिल्यै पनि कुराकानीको आरम्भ नगरेता पनि फेसबुकमा मेरो उपस्थिती हुँदा साथ उनले संवादको थालनी गरिहाल्थे, “दाई, नमस्कार । सन्चै हुनुुहुन्छ ?” 
यो सामान्य औपचारिकता पूरा गरेपछि उनले एक संशयका साथ संवादलाई अगाडि बढाउथे, “हैन तपाइँ नआउने ह…