छुट्टिने भन्ने थाहा हुन्थ्यो भने सायदै जोडिन्थे कुनै सम्बन्धहरू । बाहिरी संसारमा देखाउनका लागि एउटा भएपनि भित्रीरूपमा कति धेरै मान्छेहरूका मान्छेहरूसँग फरक किसिमका सम्बन्धहरू बन्दा रहेछन् । कुनैदिन मलाई एक सज्जनले नभनेका पनि होइनन् कि फेसबुक प्रोफाइलमा बुढाबुढीले चुम्बन साटेको तस्बीर साझा गरेका भएपनि भित्री रूपमा उनीहरूको सम्बन्ध त्यस्तो विशेष नहुन सक्छ । मलाई नलागेको पनि हैन्, कि सारा दुनियाँका अगाडि पतिपत्नीबिचको सम्बन्धको सुमधुरताको माधुर्यता साझा गर्न सक्नेहरू साँच्चिकै जीवनमा झन कति विघ्न माया साटासाट गर्दा हुन् ? एक अर्काप्रति कुन हदसम्म समर्पित हुँदा हुन् ? ख्वै, मैले बिर्सिएको हो या सम्झन नचाहेको खासमा भावनाको कुनै ठोस् आकार हुँदैन् । र, माया, स्नेह, आकर्षणमा आधारित हर सम्बन्धहरू क्षणभंगुर हुन्छन् । किनकी, यी सबै आखिर भावनाहरू न हुन् । यसकारण, माया, स्नेह, आकर्षणले ठोस आकार लिन अममर्थ हुन्छन् । तर के निराकार भाव अभिव्यक्त गर्न असम्भव छ र ? पक्कै पनि छैन् । तसर्थ प्रश्न यो होईन् कि निराकार भाव अभिव्यक्त भयो या भएन । प्रश्न त खासमा हामीले आकारविहीन मायाप्रेमलाई किन सधे...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।