Skip to main content

Posts

Showing posts with the label गृहपृष्ठ

भो कुरै नगर

भेटिए कति मान्छे बिचित्र भो कुरै नगर राम्रा नराम्रा कस्ता चरित्र भो कुरै नगर आफ्नैको अवनति चिताउने नगरमा तिम्रो कि मेरो मन पवित्र भो कुरै नगर घात गर्छन आफन्तैहरू भर कसैको नपर्नु हुनु कसरी तिम्रो म मित्र भो कुरै नगर आज हुने भोली हुँदैन  फेरिन्छन्  साथ छिनमै को छ उनको दिल त्यो भित्र भो कुरै नगर

विस्तृत शान्ति सम्झौता र राजनीतिक उथलपुथल

२०६३ मंसिर ५ को त्यो दिन ! तत्कालिन द्धन्दरत पक्ष माओवादी र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पनि आजका मितिले पाँचौ वर्षगाँठमा प्रवेश गरेछ । २०६३ सालको मंसिर ५ गते नेपाल सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्रि गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता गर्दाको त्यो मध्यरात आम नेपाली सर्वसाधारणहरूले आफूलार्इ विश्वकै सबभन्दा भाग्यशालि नागरिकको दर्जा दिएको दिन थियो, त्यो । चारैतिर हर्ष बढार्इ भयो । 'नयाँ नेपाल निर्माणको गोरेटो खन्ने काम अब शुरू भैसकेको छ', जनताहरूले उत्साहका साथ नेताहरूले भनेको कुरोलार्इ समर्थन गरे । त्यो मध्यरातमा जब सरकार र विद्रोही पक्षबिच हस्ताक्षर सम्पन्न भयो, त्यतिखेर गिरिजाप्रसाद कोइरालाले एउटा शब्द निकालेका थिए कि 'टेरोरिष्ट' हरू अब शान्तिको पथमा आएका छन् र यो सबै मैले मेरो अहिले सम्मको मेरो राजनैतिक उपलब्धीलार्इ दाउपेचमा राखेर गरिरहेको छु । क्यामेराले प्रचण्डको अनुहारलार्इ 'फोकस' गर्यो, मैले उनको भाव पढेँ ‍- उनी निराश र हतास देखिन्थे । एकछिन अग...

रिसोर्ट, सहमतीहिन वार्ता र म एक आम नेपाली

किन आखिर सहमतिमा आउन सक्दैनन र्इ नेताहरू ? किन यिनमा नदेखिएको होला र्इच्छा शक्ति ? किन यिनले बुझ्दैनन होला हरेक कुराको आफ्नै सीमा हुन्छ ? किन यिनमा बढ्दै गएको होला अविश्वास ? किन यिनमा अरूद्धारा निर्देशित नभर्इ काम नगर्ने बानीको विकास भयो होला ? र, किन यिनले बुझपचाइरहेका होलान समयको महत्व कति छ ? किन ? आखिर किन ??? यिनै प्रश्नहरूले मेरो मनमा डेरा जमाएका छन् र राती अबेरसम्म म छटपटिरहेको छु । मलार्इ यस्तो लाग्छ, मेरो दिमागले काम गर्न छाडिरहेको छ । यिनीहरू उज्यालो छ भन्छन्, हामीलार्इ झुक्काइरहेको जस्तो लाग्छ । यिनले हाम्लार्इ उज्यालोको भ्रम दिएर अझ अरू अँध्यारा दिनहरू बिताउन बाध्य पार्ने प्रपञ्च रचिरहेको झै लाग्छ । मलार्इ यिनका कुनै कुरामा पनि बिश्वास लाग्न छाडिसकेको छ । यिनले जति जति उज्यालोको लोभ देखाउँछन् मलार्इ उति उति मेरो भविष्य अँध्यारिदै आएको जस्तो लाग्न थालेको छ । यिनका जति नाटकहरू पर्दाबाहिर छताछुल्ल हुन्छन्, तिनले मलार्इ उती नै बेचैन गराउँदै लगेका छन् । यिनले मेरो गोर्खाली शीरलार्इ सबैका माझ नतमस्तक हुन बाध्य पारेका छन् । यिनले मेरो सबै अधिकारलार्इ हनन गरिरहेका छन् । बिनासूर्ता...

अनलाइन लक्ष्मी जयन्ती ?

हामीले पहिले देखिनै भन्दै र विश्वास गर्दै आएको यो सुचना र प्रविधीको आधुनिक जमाना हो भन्ने तथ्यलार्इ अझ अरू आत्मसाथ गर्ने सुनौलो मौका हो । यो एउटा यस्तो पल हुनेछ कम्तिमा पनि हामीले हाम्रा महाकवि देवकोटाले लेखेको कविताको एक अंश 'उद्देश्य के लिनू उडि छुनू चन्द्र एक !' को अर्थलार्इ अझ अरू घनिभूत पार्ने अवसर मिल्नेछ । हामीले कर्ममा विश्वास गर्ने हो । फल के प्राप्त होला ? त्यसमा चिन्तित हुनुपर्ने अवस्थामा पुग्नु हाम्रा लागि महत्वपूर्ण विषय हुन सक्तैन । जेहोस यसलार्इ 'यो हाम्रो लागि खुशिको कुरा हो ।' भनेर बुझ्नु अहिलेका लागि सर्बाधिक महत्वका विषय हुन आउँछ । यो मेरो मात्र अभियान भनेर नबुझिदिनुहोला । किनकी मलार्इ विश्वास छ, देवकोटाले त्यो जमानामा त्रिभुवन विश्वविधालयको स्थापनाका लागि उनका छोराछोरी र नातेदारले पढ्न पाउँछन् भनेर पहल गरेका थिएनन । उनले त्यो दिव्यविचार नेपाली जनताहरूले अन्धकारबाट उज्यालोतिर अभिमुख हुन पाउँलान भन्ने सोचले अगाडि सारेका हुन । त्यसैगरी मैले पनि यो याहु म्यासेन्जरको कन्फरमेशन कल मार्फत देवकाटामा समर्पित एउटा आफ्नो रचना सबै साहित्यप्रेमी मित्रहरूलार्इ सुन...

उनी, चुडिएको औला र दुखेको मन

मैले एकदिन एउटा ब्लग पोष्ट लेखेको थिएँ । स्टोभनर, वश्लोमा रहेका मेरा एक अनन्य मित्र (म भन्दा धेरै अग्रज हुनुहुन्छ तर मित्रवत व्यवहार गर्नुहुने भएकाले) कृष्ण जि.सि. को निवासमा पुगि उहाँसँग भएका कुराकानी र धेरै दिनको न्याश्रो मेट्ने मेरो धोकोको बारेमा । र, आज त्यो दिनको मेरो प्रतिज्ञालाई लेख्ने जमर्को गरेको छु । केहि त्रुटीहरू देखिए भने वा म बढि भावनामा बगेको पाउनु भयो भने वा केहि बढि आदर्श मैले व्यक्त गरेको जस्तो लाग्यो भने म क्षमाप्रार्थी छु त भन्दिन तर निवेदन चाँहि गर्न सक्तछु – यसलाई स्वभाविक ढंगले बुझ्ने यत्न गरिदिनुहोला । वा, यसलाई दिमागले हैन दिलले पढिदिनु होला । नर्वे आइपुगेको करिब १ महिना पुग्नै लागेको बखत सेप्टेम्बरको पहिलो शनिवारको दिन थियो त्यो । म मित्र रामचन्द्रसँगै नेपाली खाना दालभात र तरकारी खाने पूरा योजनाकासाथ उहाँको कोठामा पुगेका थिएँ । सातबजे उहाँको निवासमा पुग्ने पूर्वतयारीका साथ म आफू बस्दै आएको होस्टेल छाडेर रामचन्द्रलाई भेट्न त्यही आकाशे पुल मन्तिर पुगेको थिएँ । उनि कामबाट मुक्त नभइन्जेल मैले उनले गरिरहेको मेहनतलाई नजिकबाट नियालीरहेँ । मनमा कुनबेला जि.सी.सरकोमा...

अगस्टको एकदिन-वश्लोको पुलमुन्तिर

अगस्टको मध्यतिरको समय थियो त्यो । मित्र रामचन्द्रले सम्पर्क गरेर मलार्इ एक अर्का मित्रलार्इ भेट्ने बन्दोबस्त गरेको बताए पछि म हुत्तिएर त्यहाँ पुगेको थियो । नर्वे आउनु भन्दा पहिले नै र्इ-वार्तालाप गरेको थिएँ उनिसँग । तसर्थः मित्र रामचन्द्रले आमन्त्रण गर्दा साथ म त्यसरी हुत्तिएर त्यहाँ पुगेको थिएँ । वश्लोको केन्द्रमै रहेको म बस्दै आएको थोन होटलबाट उनले दिएको लोकेशन ग्रोनल्याण्डमा पुग्न मलार्इ दुर्इ मिनेट पनि लागेन ,  पैदलै । मैले टाढाबाट देखेँ रामचन्द्र लगायत चार जना नेपाली मित्रहरू मेरै पर्खाइमा हुनुहुन्थ्यो । खासमा बिदेशी भूमीमा नेपाली बन्धुलार्इ भेट्नुको आनन्द नै बेग्लै हुने गर्छ । अझ त्यसमा पनि आफ्नो मनमिल्ने मित्रलार्इ त्यसरी भेट्न पाउनुको मज्जा नै छुट्टै हुने मैले त्यतिखेर महशुस गर्न पुगेँ । जतिखेर मैले बिस्तारै वश्लो ,  विकशित युरोपेली मुलुक नर्वेको सम्भ्रान्त राजधानी ,  लार्इ नजिकैबाट बुझ्न खोजे । जहाँ एउटा नेपाली अनुहारलार्इ देखेर प्रशन्नता ब्यक्त गर्दै ,  दार्इ हजुर नेपालबाट  ?  भन्ने प्रश्नको जवाफमा   "हैन '  भन्ने जबाफ पाउन बेर लाग्दै...

बाहुनक्षेत्री, जनजाती र दशैं ।

सम्पूर्ण नेपालीहरूमा बडादशैं २०६७ को शुभकामना ः फोटो साभार गुगल म सानो छँदा दशैं नेपालीहरूको महान पर्व हो भन्ने सुन्ने गर्थे । अलि बुझ्ने भए पछि यसलार्इ हिन्दुहरूको पर्व हो भन्न थालेको सुन्न पाएँ । र, पछि जब पञ्चायत कालमा जन्मेर, बहुदल कालमा माध्यमिक तहको पढार्इ सिध्याएर संघिय लोकतान्त्रिक गणतन्त्रिक देश नेपालको राज्य व्यवस्थामा प्रवेश गरेँ तब आदिवासी जनजातीहरूले यो विशुद्भ हिन्दुहरूको मात्र पर्व भएकाले त्याग्ने प्रचलन नै शुरू हुन थाल्यो । चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनले त दशैं आदिबासीहरूको पर्व नभएकाले यसलार्इ बहिष्कार गर्नुपर्ने आदिवासी जनजातीको लागि अपरिहार्य रहेको बताउँदै आएका छन् । उनको जिकिर छ, यदि दशैं मान्नेहरूले आदिवासीहरूका चाड पर्वमा सार्वजनिक विदा तथा कर्मचारीहरूलार्इ त्यही अनुरूपको सुविधा उपलब्ध नगराउने हो भने दशैं मान्दै आएका आदिवासी जनजातीहरूले त्यसलार्इ तुरून्तै परित्याग गर्नु उत्तम रहेको समेत विचार व्यक्त गरेका छन् । यस्ता भनार्इ राख्छन हाम्रा समाजशास्त्री हेर्नुस भिडियो । म बुझ्ने भएदेखि नै दशैं र तिहारको नाममा हुने लामो सरकारी बिदा र अनावश्यक खर्चको बिर...

माओवादीले कुटे कांग्रेसीहरूलार्इ

माओवादीहरूको उदण्डतालार्इ धेरै नै राजनीतिकरण गरिएको मेरो ठम्मार्इले भने कताकता फेल खान थालेको जस्तो लागेको छ । आजभोली उनीहरूमा उदण्डता निकै बढ्न थालेको छ । नत्र किन उनीहरू कुनै पनि राजनैतिक संघ/संगठनको निर्बाध रूपमा कार्यक्रम चलाउन पाउने अधिकार माथि कोपभाजन गर्दैछन् ? नेपाली राजनैतिक दलहरूबीचको समन्वयमा देखिएको कमजोरीको फार्इदा उठाउँदै भारतीय शासकहरूले फार्इदा उठाउन लागिरहेको कुरालार्इ कहिल्यै पनि बुझ्ने क्षमताको बिकास हुने भएन हाम्रा राजनैतिक दलका नेता र कार्यकर्ताहरूमा । सधैं झगडा र लफडा गर्नमै दिन बित्ने भयो यिनीहरूको । किन गए माओवादीहरू कांग्रेस समर्थित ट्रेड युनियनको कार्यक्रममा ? किन उनीहरूले त्यो जंगली ब्यबहार प्रदर्शन गरे ?  भिडियो हेर्न यहाँ क्लिक गर्नुस

राजदुत सुद र उनलार्इ हानिएको जुत्ता

विश्वमा रहेका प्रायः ठूला र धनी भनिने देशले आफ्ना साना र गरिप छिमेकी राष्ट्रलार्इ सधैं पेलानमा पार्ने र माथि उकासिन नदिने प्रचलन हाम्रा लागि नौलो विषय होइन । आफूले विकाशमा आँकाशिदो गति पकड्न थालेपछि त झन त्यो पेलानको चापमा अझ बढी बृद्भि हुन पुग्छ भन्ने तथ्य हामी नेपालीहरूका लागि अज्ञात विषय हुनै सक्दैन । यो तथ्य हाम्रा अगाडि त्यतिखेरदेखि पुष्टी हुँदै आयो जब भारतले बेलायती उपनिवेशबाट उन्मुक्त हाँसो हाँस्न शुरू गर्यो । कहिल्यै पनि कुनै पनि शक्ति राष्ट्रको हातमा नपरेको वीर गोर्खालीहरूको यो पावन भूमीमा पछिल्लो समयमा यहाँको राज्य व्यवस्था र विकाशका कार्यक्रममा भारतीय शासकहरूको बढ्दो हस्तक्षेप सोचनीय विषय बनेको छ । जब जब मानिसले आफूलार्इ दमित हुँदै गएको महशुस गर्दछ, तबतब उ त्यसको प्रतिकारमा उत्रिन पुग्दछ । पछिल्लो समय नेपालका लागि भारतीय राजदुत राकेश सुदमाथि नेपाली जनताहरूले देखाएको प्रतिकारको उदाहरण त्यसैको प्रतिबिम्ब हो । नेपालमा राजदुत भएर आइसकेपछि सुद सधैं विवादमा आइनै रहेका छन् । यहाँ सम्मकी उनले राजनैतिक निर्णयहरूमा समेत हस्तक्षेप गर्ने दुस्साहस गर्दै आएका छन् । आफ्नो कुटनैतिक मर्या...

शरणार्थी बनेर बाँच्दा (दोस्रो भाग)

यो भन्दा पहिले मैले  पहिलो भाग   लेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलाई दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला । सुरक्षाकर्मीहरूले शरणार्थीहरूलाईधपाउँदै गरेको दृश्य अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भईरहेको थियो । लगातारको हिडाईले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफराईरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलाई सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा...

यिनका नौटंकीले कम पीर पार्‍या छ ?

हाम्रो भविष्य सुनिश्चित छ त ः दुर्गम गाउँमा भेडा चराउँदै बालकहरू गत वर्ष फाल्गुणको चीसो ठिहीलाग्दो समय ताका आधारभूत युवा तालिम लिन आउँदा उक्त तालिममा सहभागी एकजना नर्वेजियन साथीसँग कुरा हुँदै गर्दा मैले उसलार्इ सोधेको थिएँ - हैन तिमर्का कतिवटा राजनैतिक पार्टि  छन् हँ ? उसको पालो उसले भन्यो ‍- नर्वेजियन लेवर, प्रोगेश, कन्जरभेटिभ, सोसलिष्ट लेफ्ट, सेन्टर, क्रिश्चियन डेमोक्रेटिक र लिवरल पार्टी एकै सासमा सात वटा पार्टीको नाम भनि सिध्यापछि उसले मलार्इ सोध्यो - मेरो त थाहा पार्इहालिस तेरो देशको भन्न कति छन् ? लौ, अब धर्म संकटमा पारिहाल्यो नी बजियोले । अब क्यार्नी होला ?  अनि मैले शुरू गरेथेँ - "माओवादी, कांग्रेस, एमाले, मधेसी जन अधिकार फोरम, मधेसी जन अधिकार फोरम (लोकतान्त्रीक), तरार्इ मधेस लोकतान्त्रीक पार्टि, ने.क.पा. (माले) सदभावना, ने.क.पा. संयुक्त, नेपाल मजदुर किसान पार्टी ........"  नाम भन्दै जाँदा मेरो पसिना चुहिन थालेपछि उसले मलार्इ रोक्दै सोधेथ्यो - "हैन् खास कतिवटा छन् तेरा देशमा पार्टी ?" अब कतिवटा भन्ने ?  मलार्इ यति आपद परेको थियो कि त्यतिबेला मैले ...

यो पो सक्कली परीक्षा हल !

साथीहरू, मानिलिनुस् तपाइँले एउटा संस्था खोल्नुभयो, र त्यो संस्थाका लागि आवश्यक केही सय पदका लागि विज्ञापन पनि गर्नुभयो । विज्ञापन त गर्नुभयो तर आवेदन चाँहि हजारौंको पर्यो । अब त्यस्तो बेलामा ती हजार विधार्थीहरूलार्इ लिखित परिक्षा लिन पर्नेभयो भने तपाइँले तीनलार्इ कहाँ राखेर परिक्षा लिनुहुन्छ होला ? एकछिन गम्भीर भएर सोच्नुस त । तपार्इ लाग्ला आफ्नो संस्था भएकै ठाउँतिर उपलब्ध विधालय वा कलेजमा राखेर लिने । तर त्यसो हैन, तपाइँले त्यसरी निर्णय गर्दा ती विधालय वा कलेजका अध्यापनकार्यमा अबरोध हुन सक्तछ । त्यसैले त्यो बकुम्फसे आइडिया हैन नेपाली सेनाको अर्हिदमन गण परासीको आइडिया नै उपयुक्त हुन सक्ला । सबभन्दा पहिले तलको फोटो राम्रोसँग हेर्नुस । र, प्रयास गर्नुस थाहा पाउन की भैरहेछ के ? कुरो भएछ के भने, नेपाली सेनाको उक्त गणले सेनामा जवान पदका लागि भर्ना हुन आएका एक हजार एक सय दुर्इ जनाको परिक्षा स्थान अभाव भएको जनाउँदै भूमहि-भैरहवा सडक खण्डको झण्डै एक किलोमिटर लम्वाइ नै अबरूद्भ पारेर लिएछ । अब तपाइँ नै अनुमान गर्नुस भैरहवा क्षेत्रको त्यो टन्टलापूर घाममा ती परिक्षार्थी युवा / युवतीहरूले कति कसला ...

थुक्क ! उपाधीकै बेइज्जत !

बाँया तस्वीरमा लहरै बसेकाहरूलार्इ चिन्नु भयो ? सायद चिन्नु भयो होला । नचिनेको भए पख्नुस्, बिस्तारै चिन्दै गर्नुहोला । तस्बिरको बाँया छेउका दुर्इ जनालार्इ तपाइँहामीले नचिन्ने कुरै भएन । यी त हाम्रा मन मस्तिष्कबाट कहिल्यै पनि बाहिर निकाल्न नसकिने दुर्इ आदरणीय नेताज्यूहरू हुनुहुन्छ । देशका विकासमा उहाँहरूको योगदानलार्इ हामीले यहाँ शब्दमा व्यक्त गर्न सक्तैनौ । अनि साँच्ची यता दायाँ छेउका अर्का दुर्इ बेबकुफहरूलार्इ पनि चिन्नुभयो । ल चिन्नुभएन ? यि त हाम्रा देशका मात्र हैन यो धर्तीकै बोझ हुन । मलार्इ यी चारजना नेपाली पुत्रहरूले हालै हासिल गरेको विधावारिधी उपाधीले निकै खुशि तुल्याएको थियो । तर जब मैले थाहा पाएँ त्यो उपाधी त यी दायाँ पट्टी बसेका बेबकुफहरूलार्इ पनि दिइएको रहेछ । मलार्इ भाउन्न छुटेको थियो के खास लायकको गरेका छन् र यी बेबकुफहरूले ? खाल्लि सूचना प्रदान भनेर ताँइनतुँइका श्रृङ्खला बनाउने बाहेक ? अनि गार्इजात्राका अवसर पारेर हाम्रा महान नेताहरूको हुर्मत लिने बाहेक ? बन्द हडताल गर्नुहुन्न । देश विकास गर्नुपर्छ । नेपालमै बसेर इलम गर्न पर्छ । समयै संविधान बन्नुपर्छ आदि र्इत्यादि भनेर ह...

ज्ञानेन्द्र र यिनमा आखिर फरक के ?

विश्वका गरिव देशहरूको सूचीमा दोश्रो रोल नं. भएका हामी नेपालीका पूर्व राजा ज्ञानेन्द्रले तत्कालिन परिस्थितीमा तल उल्लेख गरे बमोजिम तलब भत्ताको सुविधा लिँदा रहेछन । चिनका राष्ट्रपतिले भन्दा २,४२६ गुणाबढि रकम भारतीय राष्ट्रपतिले भन्दा ३१८ गुणाबढि रकम बेलायतका राष्ट्रपतिले भन्दा १५ गुणा बढि र अमेरिका राष्ट्रपतिले भन्दा १० गुणा बढि रकम राजाका हैसियतमा उनले तत्कालिन अवस्थामा बार्षिक रू. ६१ करोड ९१ लाख लिने गर्दथे । आफ्नो ६ सदस्यीय परिवारका लागि उनले सन् २००३ देखि २००५ को ३ वर्षको अवधीमा १ अरब ६ करोड ४५ लाख रकम राज्यको ढुकुटीबाट लिएका थिए । त्यति छोटो अवधीमा त्यत्रो रकम लिने राजालार्इ पालिरहेका हामी नेपालीका टाउकोमा टेकेका ज्ञानेन्द्रलार्इ ६२ \ ६३ गुराँश आन्दोलनले बढार्यो । तर साधारण नागरिकको हैसियतमा रहेका भनिएका उनलार्इ अझै राज्यले विशेष सुरक्षा प्रदान गरिरहेको छ । यो सब हाम्रा निकम्मा नेताहरूले गरिरहेछन् भन्दा अत्युक्ति नहोला । यसरी हामीले हाम्रा ढुकुटी रित्याएका ज्ञानेन्द्रलार्इ त हटायौं तर अझै खास उद्देश्यका लागि निर्वाचित गरि पठाइएका छोटे राजाहरूलार्इ पनि हटाउनु पर्ने अवस्था आएको हो कि ...