Skip to main content

Posts

Showing posts with the label नीजि कुनो

डोजर चलाएर मात्र सडक चौडा हुँदैन

सडक मिचिएको घर भत्काउँदै डोजरः तस्बीर माइसंसार ट्राफिक प्रहरीले अविश्वसनीय रुपमा सडक बिस्तारमा लागेको देख्दा थुप्रै आम नागरिकहरु दंग परेका छन् । सर्बसाधरणहरुका मुहारमा खुशीको लाली पनि देखिएकै हो । बर्षौदेखि भत्काइन नसकेका सार्वजनिक जग्गा मिचेर बनाइएका पहुँचवालाहरुका पर्खाल, पौडी पोखरी र घर माथि एकाएक डोजर दगुर्नु हाम्रो देशको सन्दर्भमा स्वभाविक विषय हुँदै होइनन् । तथापि ट्राफिक महाशाखाले जुन निभर्यका साथ अदम्य साहस प्रदर्शन गरेको छ त्यो उसको कर्तब्य हुँदाहुँदै पनि हामी स्यालुट नगरी रहन सक्दैनौं । यो आँटिलो कदमका लागि ट्राफिक महाशाखाका प्रमुख र मातहतका कर्मचारीलाई हार्दिक धन्यवाद छ ।  तर यति हुँदाहुँदै पनि ट्राफिक महाशाखाले ट्राफिक ब्यवस्थापनको अन्य महत्वपूर्ण कामप्रति भने रमिते भएको देख्दा चित्त बुझिरहेको छैन । सडकमा राखिएका ट्राफिक लाइटहरु प्रदर्शनीका लागि संग्रहालयमा राखिएका ‘वस्तुहरु’ प्रतित हुन्छन् । तीनको मर्मत सम्भारको काम कहिले हुने हो उनै राम जानुन् । बाटो पार गर्नका लागि पैदल यात्रु जेब्रा क्रसिङ भेट्दैन, भेटोस् पनि कसरी ? ती सडकमा बिलाएका छन्, नामनिशान छैन तीनको ...

यसरी बन्छ नयाँ नेपाल

गुराँश क्रान्ति (जनआन्दोलन २) ताका ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै चर्चामा आयो । चिया गफ, रत्नपार्कभित्र गरिने बदामे गफ यहाँसम्म कि भट्टीमा समेत भट्टी गफको शिर्षक बन्यो – नयाँ नेपाल ! परन्तु यो शब्दावलीप्रति हामी नेपालीजनहरुको आकर्षण यति कम भएर गयो कि मेलम्ची खानेपानी, काठमाडौं – तराई जोड्ने फास्ट ट्रयाक वा आठलेनको चक्रपथमा जति हामीलाई बिकर्षण छ, जुन भएपनि ठिकै नभएपनि मतलब नभएजस्तो । तर एक आशावादी आम नेपालीका नाताले ‘नयाँ नेपाल’ शब्दावलीप्रति मेरो आकर्षण अझै पनि ज्यूँका त्युँ छ । र, मनभरी नयाँ नेपाल निर्माणका खातिर थुप्रै तर्कनाहरु उब्जिन थालेका छन् । ती तर्कनाहरु ब्यक्तिको ब्यावहारिक परिवर्तनसँग सम्बन्धित भएकाले मैले अनुशरण गर्ने कामपनि थालेको छु । यदि यहाँहरुलाई पनि उपयुक्त लागेमा अनुशरण गर्ने प्रयास गर्नुहोला । जस्तो सार्वजनिक यातायातमा  – यात्रा गर्दा मैले अझैसम्म नक्कली बिधार्थी परिचयपत्र प्रयोग गरेको छैन ।  – महिला, जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुका लागि सुरक्षित गरिएका सिटमा बस्ने गरेको छैन । – आफूभन्दा अशक्त तथा बृद्ध नागरिकहरुलाई उभ्याएर म मज्जाले ...

म, रत्नपार्क र मेरो भविष्य

स्नातकोत्तर अर्थात एम.ए । कतिपय बुद्धिजीवीहरु यसो पनि भन्दा रहेछन – एम.ए पछिको पढाई आवश्यक छैन । उनीहरुको टिप्पणी सुनेपछि मलाई लाग्यो विश्वबिधालय जीवनमा यो तहको पढाई सर्वाधिक महत्वको पढाई हो । र, विशेष महत्वका साथ यो तहको पढाई पूरा गर्नु आवश्यक छ । तसर्थः स्नातक तहको अध्ययन सिध्याएको ४ वर्षपछि मैले स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने अठोटका साथ फेरि एकपटक कलेज जीवनको शुरु गरेँ । लागेको थियो – मसँगै पढ्नेहरु दुईचार साल कमका होलान, मेरो उमेरको खिसिटिउरी पो गर्ने हुन कि ? तर कक्षामा प्रवेश गरेको शुरुकै दिनमा मेरो अनुमान फेल खायो – पढ्नेहरुका लागि उमेर प्रधान कुरो रहेनछ । मेरा कतिपय साथीहरु स्नातक सिध्याएको १५–२० वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न आएका रहेछन । उमेरमा म बुढो भन्ने चिन्ता त्यो दिनदेखि रहेन । चालीस कटेकाहरु भएको ठाउँमा म बबुरो २६ मा चलिरहेको सानो केटो नै देखिएको छु । परन्तु समयसँगै म बदलिन नसकेको हुँ, वा महत्वकांक्षा ठूलो भएछ कुन्नी ? थुप्रै समस्याहरु असरल्ल देखिरहेछु । कक्षाबाट शुरु गरुँ । पहिलो दिनमै मलाई कक्षाको वातावरण कत्ति पनि रुचीकर लागेन । अगाडि प्राध्यापकको लेक्...

फूलहरुको शहरमा एकदिन

फूलको बगैंचा घुम्न जाने प्रस्ताव जो कोहीका लागि सर्वस्वीकार्य प्रस्ताव हुन सक्दछ । त्यसकारण पनि यस्ता प्रस्ताव मेरा लागि अस्वीकार्य प्रस्ताव हुनै सक्दैनन् । अप्रिल २४ का दिन एउटा यस्तै प्रस्ताव थियो मलाई । लुभेन बेल्जियममा बस्दै आउनुभएका एकजना दाजु नारायण पौडेल मार्फत दाई बिष्णु थापा र मेरो लागि पनि टिकट बुक भैसकेको थियो । साथमा थिए साथी रमेश पौडेल । नातामा मेरा दाई र ब्याबहारिक हिसाबले मेरा साथी झलक दाइसँग म लक्जमबर्ग घुम्न निस्कनु अगाडि नै नारायण दाजुले यो सुन्दर प्रस्ताव राख्नुभएको थियो । तसर्थ हर हालतमा म अप्रिल २३ भित्रमा लुभेन आइपुग्नु पर्ने थियो । र, म २३ अप्रिलमै लुभेन फर्किसकेको थिएँ । २४ अप्रिलको बिहान बिष्णु दाई र म हामीलाई बोलाइएको स्थानमा पुग्यौं । तीन वटा बस लहरै मिलाएर राखिएका थिए । मलाई अचम्म लाग्यो र सोधेँ — हैन दाई, तीन तीन वटा बस किन राखेका हुन यहाँ ? पछि थाहा लाग्यो लुभेन शहरमा बस्दै आएका थुुप्रै नेपालीहरु त्यो बिश्व प्रसिद्द फूलको बगैंचामा जादैँ रहेछन् । यसो चिहाएर हेरेको अलिकति नेपाली दाजुभाईहरु जम्मा भैसकेका थिए । एकै ठाउँमा नेपालीको जमघट देख्दा कताकता न...

जहाजभित्रबाट एउटा ब्लग पोष्ट

पर्यटन वर्ष मनाइरहेको मेरो देशमा राष्ट्रिय ध्वजाबाहक बिमान कम्पनीको कन्तबिजोगका समाचारहरू पढेर म कति दुखित बन्दै आएको छु, त्यो म यहाँ ब्यक्त गर्न सायदै सकुँला । तर त्यही अभागि देशबाट विकासको चरमतालार्इ अंगालिरहेको नर्वेमा विगत ८ महिनादेखि रहँदै आएको मैले यहाँको नर्वेजियन फ्लाइटको बोइङ B737-800W उडान नं DY 245, ट्रोम्सोदेखि वश्लोको उडान भरिरहेको जहाजभित्रबाट यो ब्लग अपडेट गर्न पाउँदा समेत खुशि ब्यक्त गर्न सकिरहेको छैन । आखिर कहिले आउँला यस्तै दिन हाम्रो विमान कम्पनीको पनि ?

छोरी जन्मिदाको त्यो दिन !

आज हाम्री प्राणप्रिय छोरी एन्जील तीन वर्ष पूरा पुगेर चौथो वर्षमा लाग्दैछिन् । हिजो झैं लाग्छ, उनी जन्मेको, कति छिटो तीन वर्ष पार गरि सकिन सम्झेर ल्याउँदा अनौठो अनूभुति हुन्छ । मलाई सम्झना छ, उनको पहिलो वर्षको जन्मदिनको खास उत्साहप्रद रहेन, सायद म र श्रीमतीबिच केहि त्यस्तै असमझदारी रहेको हुनुपर्छ । तर दोश्रो वर्ष पार गरि तेस्रो वर्षमा लाग्दा भने छोरीको जन्मदिन भने जसरी मनाउने ब्यवस्था गरेका थियौं । र, यो उनको जन्मदिनको तेस्रो उत्सब म उनीसँग छैन, मन भरिएर आएको छ । जेहोस छोरीसँगका केहि पलहरू सम्झेर उनको जन्मोत्सब मनाउने प्रयास गरेको छु । ठिक तीन बर्ष पहिले आजकै दिन बिहानीपख १ बजेतिर मलाई श्रीमतीले कोट्याउँदै भनिन् – सुन्नुन मलाई त पेट दुख्न थाल्यो । मैले उनलाई पहिले नै सजग गराएको थिएँ कि हल्का पेटमा केहि पीडा भयो भने मलाई भनि हाल्नु, बागलुङ्बाट गाडी मगाउन सजिलो पर्छ । सायद त्यही भएर होकी सानुले मलाई कोट्याएको ! म बिस्तराबाट बिध्यूतिय गतिमा उठेँ र झटपट आमालाई उठाएँ । आमा अलि बिरामी भएका कारण हामीसँग बागलुङ जाने अवस्था नरहेकाले म ठूली आमालाई बोलाउन ठूली ...

नबिर्स फ्रान्सेली राज्य क्रान्ति !

झापड खाए पनि जे खाए पनि राजनैतिक दलका बज्रस्वाँठ नेताहरूमा कहिल्यै चेत पलाएन । देश र जनताको लागि भन्दै फलाक्दै हिड्ने तथापि आफू र आफ्ना आसेपासेहरूका बारेमा बाहेक अरूका पक्षमा केहि सोच्न नसक्ने र्इ हराम नेताहरूलार्इ अब गोली हानेर मार्नु बाहेक अर्को केहि बिकल्प छैन । यिनले राम्ररी बुझेका छन् कुनै पनि किसिमको निरंकुशता र स्वेच्छाचारी शासन ब्यवस्था विश्वमा कहि पनि टिकेन र टिक्ने पनि छैन । तर, यिनले यो किन बुझ पचार्इरहेका छन् ? बिषय अत्यन्तै गम्भीर छ ! नेपालकै इतिहासलार्इ फर्केर हेर्ने हो भने, हामी यस्ता थुप्रै उदाहरणहरू पाउँछौ । शस्त्रअस्त्रादी र पैसाको शक्ति हुँदा हुँदै पनि १०४ वर्ष पछि राणाहरूको निरंकुशता र स्वेच्छाचारी शासन किन निर्मुल भयो ? उत्तिकै धेरै समर्थन र शक्ति प्राप्त पञ्चायति ब्यवस्था किन नामेट भयो ? किन २४० वर्षे राजतन्त्रको अन्त्य भयो ? यसलार्इ दलका नेताहरूले गम्भीरता पूर्वक विश्लेषण गर्नु आवश्यक छ । सयौं बर्ष पहिलेदेखि हाम्रा पुर्खाहरूले साँचेको आफ्ना लागि आफैले निर्क्यौल गर्न पाउने शासन ब्यवस्थाको सपनालार्इ पूरा गर्ने सुनौलो अवसर प्राप्त गर्दा पनि हामी किन यसरी अल्मलिरहेका...

प्रधानमन्त्री चुनाब र मेरो स्किङ

यो फोटो म १९ औं पटक थचारिँदाको हो । फोटोः हन्ना होभ्दे बार्इ हिजो जीवनमा पहिलो पटक स्कीको अनुभव लिएँ । टि.भी स्क्रिनमा स्कीका खेलाडीहरूले स्की गरेको देख्दा सारै आहरिश लाग्ने गर्थ्यो । तिनले जस्तै गर्न पाए हुन्थ्यो नी भन्ने लागिरहन्थ्यो । तर हिजो स्की गर्न गए पछि थाहा लाग्यो । यो काम त्यति सजिलो भने रहिन्छ । स्की बोर्डमा जुत्ता फिट गरेर हिड्न के थालेको थिएँ, लडि हाले । तैपनि सम्पर्क ब्यक्ति हन्नाको प्रेरणाबाट जसो तसो स्की बोर्ड लगाएर हिड्न भने सिकेँ त्यो पनि दशौं पटक लडेर मात्र । लड्यो अनि उठ्यो । उठ्यो, थोरै हिड्न थाल्यो अनि फेरि थचक्कै ! भगवान कसम, नेपालको प्रधानमन्त्रीको चुनावभन्दा पनि बढी पटक लडेँ म । आखिरीमा, नेपालको प्रधानमन्त्रीको चुनाव १७ औ पटकमा सफलतापूर्वक सम्पन्न भए जस्तै मैले पनि ५० औं पटक लड्दै, उठ्दै गरेपछि केहि छोटो दुरी सम्म स्किङ् गर्न सफल भएँ । अर्को हप्ता अलि बढि लामो दुरी तय गर्न सक्छु भन्ने लागेको छ । हेरम के हुन्छ । मैले विश्वास गर्छु, प्रसिद्द अमेरिकी कवि राल्फ वाल्डो इमर्शन  को भनार्इमा, “ Our greatest glory is not in never falling, but in rising up ever...

शितल मात्र शितल !

बिधालयका प्र.अ टेकबहादुर थापा टिका लगाएर स्वागत गर्दै । शितल शर्मा, एक २५ वर्षिय युवती । मेरी सहपाठी । एउटै बिधालयमा कक्षा १ देखि ८ सम्मसँगै पढेका थियौं हामीले । पाँच कक्षासम्म यिनको नाम गुमनाम थियो विधालयमा । किनकी यिनको परिचय थिएन त्यतिखेर सम्म । मेरो परिचय बनिसक्या थियो, कक्षाको सेकेण्ड ब्वाए । पाँच कक्षाको जिल्लास्तरिय परिक्षा पछाडि उनी यसरी चम्किन कि प्रवेशिका परिक्षा उर्तिण गरिन्जेल उनलार्इ जित्ने कोही भएन । कक्षामा प्रथम । मानिसहरूले हामी दुर्इजनालार्इ कडा प्रतिस्पर्धीका रूपमा हेर्ने गर्थे । हामी थियौं पनि त्यस्तै । पाँच कक्षा पछाडि उनी फस्टको फस्ट म सेकेण्डको सेकेण्ड । प्रथम हुने उत्कट चाहनाका बाबजुद म  आठ कक्षा उर्तिण गरेपछि लागे बेनीतिर, मेरा सहपाठीहरूलार्इ छाडेर । शितल बनिन् प्रवेशिका परिक्षासम्म नम्बर एक ! प्रवेशिका उर्तिण भए लगत्तै उनी काठमान्डु गइन अरे अध्ययनका लागि भन्ने सुनेँ मैले । म बेनीमै थान्किएर बसेँ । त्यसपछि हाम्रो भेट खासै भएन । गाउँमा आएको बेला सुन्थेँ – ट्राभल एजेन्सीमा जागिर छ रे !

तस्बिरले नबोलेको एउटा कथा

ब्लगप्रेमी मित्रहरू, हामीहरूले सोचेका थियौं, यो तस्बीर हेरपछि यहाँहरू मध्ये धेरैको प्रतिक्रिया प्राप्त हुनेछ । तर हाम्रो अनुमान विपरित केही थोरै मात्र प्रतिक्रियाहरू प्राप्त भए । जेहोस् ती सबै अनुमान धेरै हदसम्म सत्यको नजिक छन् । खासमा यो तस्बीर हो - बि.सं. २०६५ चैत्र ९ गते आइतबारका दिनको । र, स्थान हो – म्याग्दी सदरमुकाम बेनीको जिल्ला अदालत अगाडि । सायद यो फोटोसँगै तल दाहिने पट्टीको तस्बिर पनि राखिएको भए यहाँहरूले घटनाका बारेमा अझ अरू सहि अनुमान लगाउन सक्नु हुन्थ्यो । अर्थात ६५ को चैत्र ९ गतेको दिन म्याग्दी जिल्लाका लागि एउटा बिशेष दिन बन्न गएको छ । '६० चैत्र ७ को प्रतिबिम्ब !  प्रतिक्रियास्वरूप नलेखे पनि कतिको अनुमान हुन सक्छ यो तस्बीर सडक ग्राभेलिङको हो ! तर यो कुनै पनि बिकासे कार्यक्रमसँग सम्बन्धित तस्बिर होर्इन । यसको सन्दर्भ अलि फरक छ - माथि उल्लेख गरेको दिन, वर्षमा एकपटक आउने एक अवसर हो – नेपालभरीका जिल्लाबासीका लागि । समग्र जिल्लाको बिकासको योजना तर्जुमाका लागि आयोजना हुने जिल्ला परिषद जिल्लाबासीका लागि चासोको विषय नहुने कुरै भएन । तसर्थः त्यो वर्ष म्याग्दी जिल्लाको जिल्ला ...

एउटा क्यानेडियन फिल्मः इन्सेन्डिज्

ट्रोम्सो अन्तर्राष्ट्रिय फिल्म महोत्सबका अवसरमा मैले पाँच वटा फिल्मका लागि टिकट काटेको छु । र, आज मेरो पहिलो रोजार्इको क्यानेडेयिन फिल्म Incendies (फ्रेन्च भाषाबाट लिइएको शिर्षक जसको अर्थ हुन्छ ठूलो आगो वा प्रलय) हेर्न गएको थिएँ । यो फिल्मले मलार्इ धेरै ठाउँमा झस्काएको । मध्यपूर्वी एशियाको कुनै एक द्भन्दग्रस्त क्षेत्र (सम्भवत लेबनान) को पृष्ठभूमीबाट शुरू भएको फिल्म त्यसैको वरिपरि घुमेको छ । यसले युद्भग्रस्त क्षेत्रमा हुने भयाबह स्थितीलार्इ छर्लङ्ग पार्ने काम गरेको छ । मेरो बुझार्इमा यो फिल्मले दिन खोजेको मुख्य बिषयबस्तु भनेको युद्भग्रस्त क्षेत्रमा निर्दोषहरू कसरी पिडीत हुन्छन भन्ने नै हो । धार्मिक सहिष्णुतामा हुने स्खलनले कति भयावह स्थितीको सृजना गर्दछ त्यसले मान्छेहरूलार्इ कसरी अन्धकारतिर धकेल्दछ भन्ने विषयलार्इ समेत फिल्मले उठान गरेको छ । कथा यसरी शुरू हुन्छ- फोटो गुगलबाट लिइएको हो । एउटा द्भन्दरत देशको एक र्इलाकामा रहेको सानो पहाडि गाउँमा रहने एक क्रिश्चियन युवती नवल मोर्वान आफ्नै गाउँमै रहेको शरणार्थी शिविरको मुश्लिम युवकसँग प्रेममा फसेपछि गर्भवती हुन्छे र उक्त युवासँग बिबाह गर...

आर्इफोन भेट्टाए तपाइँ के गर्नुहुन्छ ?

पहिला यो तलको भिडियो हेर्नुस् । यहाँ भएको कुराकानीलार्इ ध्यान दिएर सुन्नुस् अनि तलको कमेन्ट बक्समा हजुरको प्रतिक्रिया लेख्न नबिर्सनुस् कि मान्छेहरू यति बिधि इमान्दार पनि भेट्टिन्छन त ? यि भिडियोमा देखिएका ब्यक्तिको नाम थियोड्रस हो । उनी मसँगै एउटै भवनमा भाडामा बस्छन् । मेरो ख्यालमा यिनी शरणार्थीका रूपमा नर्वे आएका हुन् । र, अहिले यिनीसँग नर्वेमा बस्ने स्थार्इ अनुमतिपत्र छ । हिजो आर्इतबार (जनवरी १६) का दिन यिनले मेरो ढोका ढक्ढकाए । मलार्इ लाग्यो - सायद पुस्तकालयबाट आफूले हेर्नको लागि ल्याएका केहि भिडियोहरू मलार्इ दिनका लागि यिनी मेरो कोठामा आएका हुन । प्रायः सधैं गर्छन् पनि यिनि यस्तै । कि, आफूसँग भएका चिजबिजहरू सरसापट गर्नमा यिनी कुनैप्रकारको दुःख मान्दैनन् । तर यो पाली कोठामा छिर्ने बित्तिकै यिनले एउटा आइफोन देखाउँदै भने - यि मैले यो भेट्टाए नि ! मैले उनको हातबाट हतपत लिदैँ वल्टार्इ पल्टार्इ हेरेँ, त्यसमा केहि खराबि थिएन । त्यो लोभलाग्दो आर्इफोन थियो । दुवैले मिलेर त्यहाँ भित्रका केहि फोटाहरू हेर्यौ । र, अनुमान पनि गर्यौ त्यो सायद २५/२६ वर्ष उमेरको युवाको हुनुपर्छ । मलार्इ आईफोन सारै ...

संस्कार आफ्नै-आफ्नै, यो नर्वे त्यो नेपाल

 मेरो खुशिः आफ्नो गर्भमा भएको बच्चाको  तस्बीर देखाउँदै हन्ना हन्ना अर्थात मेरो सम्पर्क ब्यक्ति । मैले कुन दिन के गर्नु पर्ने हो त्यो कामको योजनाकार ! वा, नेपालमा भएको भए मेरो हाकिम ! तर यहाँ चाँहि उनि मात्र सम्पर्क ब्यक्ति । हाकिमपारा खोजेर पनि भेट्न गार्हो । उनी कार्यालय छिर्दा म मेरो कुर्सीबाट उठेर विनित हुँदै अभिवादन गर्नु पर्दैन् । जसले पहिला देख्यो उसले अभिवादन गर्ने । काइदाको रीति भएको देशमा जन्मेकी एक नारी ! आज मुहारभरी नै खुशि बोकेर उनि कार्यालय छिरेकी थिइन । हातमा सानो कागज पनि बोकेकी थिइन, उनले । उनि सरासर मतिर आइन । र, आफूले ल्याएको कागज देखाउँदै भनिन् ‍‑ मेरो बच्चाको अवस्था सामान्य छ । म लाजले पानी पानी भएँ । यस्तै कुनै दिन थियो – जतिखेर मेरी श्रीमती पनि गर्भवती थिइन । र, हामी दुर्इजना लाजले पानी पानी भएका थियौं- कि जतिखेर हामीलाई थाहा लाग्यो - हामी बाबा आमा बन्नेवाला छौं । यस्तो बेलामा परिवारका अन्य सदस्यहरूसँगै बसेर हामी दुर्इजनाले  गर्भमा भएको बच्चाको अवस्थाका बारेमा छलफल गर्नु पर्ने थियो । तर नढाँटेर भन्नुपर्दा त्यतिखेर हामीलार्इ धेरैले भनेका थिएँ – बिह...

उनी, चुडिएको औला र दुखेको मन

मैले एकदिन एउटा ब्लग पोष्ट लेखेको थिएँ । स्टोभनर, वश्लोमा रहेका मेरा एक अनन्य मित्र (म भन्दा धेरै अग्रज हुनुहुन्छ तर मित्रवत व्यवहार गर्नुहुने भएकाले) कृष्ण जि.सि. को निवासमा पुगि उहाँसँग भएका कुराकानी र धेरै दिनको न्याश्रो मेट्ने मेरो धोकोको बारेमा । र, आज त्यो दिनको मेरो प्रतिज्ञालाई लेख्ने जमर्को गरेको छु । केहि त्रुटीहरू देखिए भने वा म बढि भावनामा बगेको पाउनु भयो भने वा केहि बढि आदर्श मैले व्यक्त गरेको जस्तो लाग्यो भने म क्षमाप्रार्थी छु त भन्दिन तर निवेदन चाँहि गर्न सक्तछु – यसलाई स्वभाविक ढंगले बुझ्ने यत्न गरिदिनुहोला । वा, यसलाई दिमागले हैन दिलले पढिदिनु होला । नर्वे आइपुगेको करिब १ महिना पुग्नै लागेको बखत सेप्टेम्बरको पहिलो शनिवारको दिन थियो त्यो । म मित्र रामचन्द्रसँगै नेपाली खाना दालभात र तरकारी खाने पूरा योजनाकासाथ उहाँको कोठामा पुगेका थिएँ । सातबजे उहाँको निवासमा पुग्ने पूर्वतयारीका साथ म आफू बस्दै आएको होस्टेल छाडेर रामचन्द्रलाई भेट्न त्यही आकाशे पुल मन्तिर पुगेको थिएँ । उनि कामबाट मुक्त नभइन्जेल मैले उनले गरिरहेको मेहनतलाई नजिकबाट नियालीरहेँ । मनमा कुनबेला जि.सी.सरकोमा...

अगस्टको एकदिन-वश्लोको पुलमुन्तिर

अगस्टको मध्यतिरको समय थियो त्यो । मित्र रामचन्द्रले सम्पर्क गरेर मलार्इ एक अर्का मित्रलार्इ भेट्ने बन्दोबस्त गरेको बताए पछि म हुत्तिएर त्यहाँ पुगेको थियो । नर्वे आउनु भन्दा पहिले नै र्इ-वार्तालाप गरेको थिएँ उनिसँग । तसर्थः मित्र रामचन्द्रले आमन्त्रण गर्दा साथ म त्यसरी हुत्तिएर त्यहाँ पुगेको थिएँ । वश्लोको केन्द्रमै रहेको म बस्दै आएको थोन होटलबाट उनले दिएको लोकेशन ग्रोनल्याण्डमा पुग्न मलार्इ दुर्इ मिनेट पनि लागेन ,  पैदलै । मैले टाढाबाट देखेँ रामचन्द्र लगायत चार जना नेपाली मित्रहरू मेरै पर्खाइमा हुनुहुन्थ्यो । खासमा बिदेशी भूमीमा नेपाली बन्धुलार्इ भेट्नुको आनन्द नै बेग्लै हुने गर्छ । अझ त्यसमा पनि आफ्नो मनमिल्ने मित्रलार्इ त्यसरी भेट्न पाउनुको मज्जा नै छुट्टै हुने मैले त्यतिखेर महशुस गर्न पुगेँ । जतिखेर मैले बिस्तारै वश्लो ,  विकशित युरोपेली मुलुक नर्वेको सम्भ्रान्त राजधानी ,  लार्इ नजिकैबाट बुझ्न खोजे । जहाँ एउटा नेपाली अनुहारलार्इ देखेर प्रशन्नता ब्यक्त गर्दै ,  दार्इ हजुर नेपालबाट  ?  भन्ने प्रश्नको जवाफमा   "हैन '  भन्ने जबाफ पाउन बेर लाग्दै...

थापादार्इ, रूप्से र ती अप्ठ्याराहरू

नीराजन शिरीष म विश्वभर प्रसिद्द रूप्से छहरामा धेरै पटक पुगेको छु । र, नजिकबाट नियालेको पनि छु । त्यसैले होला, रूप्से भन्दा बित्तिकै झल्याँस्स याद आउँछ, सतत् बगिरहने छहरा । अपवादलार्इ छोड्ने हो भने रूप्से साप्ताहिक मात्र म्याग्दीकै पत्रकारीताको इतिहासमा हालसम्मकै एउटा यस्तो पत्रिका, जुन ८ वर्षसम्म निरन्तर प्रकाशित हुँदै जिल्लाका ४१ वटै गा.वि.स. मा पुगेको सायदै एक्लो पत्रिका हो । म व्यक्तिगत रूपमा रूप्सेले मेरो लेखनीलार्इ धेरै हदसम्म खारेको मान्दछु । यसले मेरो लेखनीको एक महत्वपूर्ण उद्देश्य “ शिरीष ” भएर चिनिने मौका दिएको हो भन्न मलार्इ केहि अप्ठ्यारो लाग्दैन । म शहरमा गुमनाम मान्छे थिएँ । मेरो परिचय म्याग्दी क्याम्पसको विधार्थी र माउण्ट एभरेष्ट आवासिय मा.वि. (हाल उ.मा.वि) को शिक्षकमै खुम्चिरहेको थियो । मैले चाहे जस्तो एउटा सिमित घेराबाट बाहिर आउने परिचय मलार्इ रूप्सेले दिलायो । म लेख्दा प्रशंसित भएको अनुभव छ, घेरिएको अनुभव छ, मोवाइलमा धम्की आएको अनुभव छ र जिल्लाका कुनै एक क्रान्तिकारी नेताले “ निकै चढेछ ...... को छोरो, कस्तो जण्ड रहेछ ” भनेर टिप्पणी गरेको सुनेको अनुभव छ । यस्त...

शरणार्थी बनेर बाँच्दा ...

“यहाँ बस्नुको अब कुनै औचित्य छैन , यदि तिमीहरूलाई पनि मलाई जस्तो आफ्नो ज्यानको माया लाग्दछ भने आउ मसँग , मेरो धैर्यताको बाँध टुटिसक्यो अब ।” म यत्रो २७ वर्ष भैइन्जेलसम्म मेरा बाबा उफकले कहिल्यै यस्तो भनेका थिएनन् तर आज एक्कासी उनको मुखबाट यस्तो सुन्दा मलाई कत्ति पनि स्वभाविक लागेन । मेरो २७ वर्षिय जोश फेरि एकपटक तङ्ग्रीन खोजिरहेको थियो । हाम्रो सुन्दर यइडिड परिवार राजधानी शहर भन्दा केहि घण्टाको दुरीमा रहेको यो सानो गाउँमा शान्तपूर्वक जीवन बिताइरहेका थियौं । तर सोमालियन राष्ट्रिय आन्दोलन नामक एक शसस्त्र समूहमा आबद्द इज्याक वंशका मान्छेहरूले हतियारको दम्भमा हाम्रा सबै चौपायाहरू लुटेर लगे पछि हाम्रो आम्दानीको मुख्य आयश्रोत हामीले गुमाउनु परेको थियो । हामी त शसस्त्र युद्दमा समावेश थिएनौ र छैनौ   पनि तर वंशीय युद्दका भुक्तभोगीहरूले हाम्रा सबैथोक लुटेर लगे । कत्रो अन्याय ?   देशव्यापी रूपमा चर्कदै गएको वंशीय तथा अन्य सशस्त्र युद्दमा हामी जस्तै थुप्रै निर्दोषहरू पिल्सनुपरेको छ । अझ त्यसमा पनि मेरी आमापट्टीकी सानी बहिनी बजारमा तरकारी लिन जाँदा बम विस्फोटमा परेर मारिएपछि ...