केहि वर्ष पहिले, जिल्ला परिषद बैठकमा एमालेका तत्कालिन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पहिलो संविधानसभामा म्याग्दी जिल्लाबाट प्रत्यक्ष निर्वाचित एकिकृत माओवादीका सभासद गोविन्द पौडेल उर्फ प्रविनको जिल्लाका हिमाली भेगमा संकलन हुने यार्सा गुम्बाको चोरी तस्करीमा संलग्नता भएको बारे राष्ट्रिय मिडियामा प्रकासित÷प्रसारित समाचारका बारेमा उल्लेख गर्दासाथ मञ्चमा सँगै आसिन माओवादीका जिल्ला संयोजक समेत रहेका एक कँडेल थरका नेताले कुर्सी प्रहार गरेपछि त्यतिखेर ठुलै हंगामा भयो । धेरैले घटनाको टिप्पणी गर्दै गर्दा माओवादीको उग्रताको खुलेरै विरोध गरेँ । ती मध्ये कतिपयले त्यस हर्कतले. माओवादीमा जंगली स्वभावको अवशेष अझै रहेको पुष्टि भएको बताए । विभिन्न दावा गर्ने क्रमको अघिल्लो पंक्तिमा नेपाली कांग्रेसका स्थानीय नेताहरु नै थिए । र, अहिले त्यस्तै अर्को जंगली स्वभावको अवशेषको प्रदर्शनी भएको छ, बेनी नगरपालिकाको परिषदमा । र, त्यो हर्कत कुनै सामान्य व्यक्त्तिले होइन, नेपालसरकारले दोश्रो संविधानसभामा मनोनित गरेका २६ सभासदहरु मध्य एक सभासद – रेशम बानियाँले गरेका छन् । राष्ट्रियस्तरमा योगदान पुर्य...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।