हामीले पहिले देखिनै भन्दै र विश्वास गर्दै आएको यो सुचना र प्रविधीको आधुनिक जमाना हो भन्ने तथ्यलार्इ अझ अरू आत्मसाथ गर्ने सुनौलो मौका हो । यो एउटा यस्तो पल हुनेछ कम्तिमा पनि हामीले हाम्रा महाकवि देवकोटाले लेखेको कविताको एक अंश 'उद्देश्य के लिनू उडि छुनू चन्द्र एक !' को अर्थलार्इ अझ अरू घनिभूत पार्ने अवसर मिल्नेछ । हामीले कर्ममा विश्वास गर्ने हो । फल के प्राप्त होला ? त्यसमा चिन्तित हुनुपर्ने अवस्थामा पुग्नु हाम्रा लागि महत्वपूर्ण विषय हुन सक्तैन । जेहोस यसलार्इ 'यो हाम्रो लागि खुशिको कुरा हो ।' भनेर बुझ्नु अहिलेका लागि सर्बाधिक महत्वका विषय हुन आउँछ । यो मेरो मात्र अभियान भनेर नबुझिदिनुहोला । किनकी मलार्इ विश्वास छ, देवकोटाले त्यो जमानामा त्रिभुवन विश्वविधालयको स्थापनाका लागि उनका छोराछोरी र नातेदारले पढ्न पाउँछन् भनेर पहल गरेका थिएनन । उनले त्यो दिव्यविचार नेपाली जनताहरूले अन्धकारबाट उज्यालोतिर अभिमुख हुन पाउँलान भन्ने सोचले अगाडि सारेका हुन । त्यसैगरी मैले पनि यो याहु म्यासेन्जरको कन्फरमेशन कल मार्फत देवकाटामा समर्पित एउटा आफ्नो रचना सबै साहित्यप्रेमी मित्रहरूलार्इ सुन...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।