Skip to main content

Posts

हामीलाई चाहिएको नेपालीबाद

यो समयमा पनि सयौं गरिब नेपालीहरू झाडापखाला (छेरौटी) लागेर मरिरहेका छन् भन्ने खबर सुनिरहँदा मलाई हामी नेपालीहरु मध्ययुगिन समयमा दिन गुजारिरहेका छौं भन्ने महशुस हुन्छ । यो यथार्थले मलाई भित्रभित्रै पोलिरहेको छ, र मलाई नेपाली भएर बाँचिरहनुको विवशता देखेर उन्मुक्त हाँसो हाँस्न मन लागेको छ । यो कस्तो नौटंकी सरकार हो ? हेलिकोप्टरमा मन्त्रिहरुलाई बिरामीको अवस्था बुझ्न पठाउँछ जबकी औषधी र स्वास्थ्यकर्मी खच्चडमा लोड गरिएर प्रभावित क्षेत्रमा पठाइएका छन् ! र मैले विदेशी राष्ट्रहरुमा त्यहाँका उच्चपदस्थ अधिकारीहरु मन्त्रि, सिनेटर वा अन्यान्य आफ्नो तर्फबाट देखिएको सानो त्रुटी वा भूलका लागि आम जनताहरुका अगाडि उभिएर माफि माग्छन् अनि त्यतिले नपुगेर आफ्नो पदबाट राजिनामा दिन पनि पछि पर्दैनन् भन्ने कुरा धेरै अगाडिबाट सुन्दै आएको छु ।  अनि मैले यो यथार्थ पनि भोग्दै आइरहेको छु कि हाम्रा उच्च पदस्थ भनौंदाहरू आफ्नो गैह्जिम्मेवारीताका लागि माफि त कहाँ हो कहाँ, स्वीकार समेत गर्न चाँहदैनन् । कस्तो आश्चर्य ?! र, मेरा प्रिय मित्रहरु ! आज यो ब्लग लेख्दै गर्दा म यसै ब्लग मार्फत घोषणा गर्न चाहन्छु कि म कुनै पनि पा...

बिर्सनै नसकिने उसको प्रिय मुस्कान

एकटकले मैले यतिखेर नितान्त सुदिपसँग वितेका केही पलहरू अनुभूत गर्न खोजिरहेको छु । पृष्ठभूमीमा शितु खरेलले गाएको गीत “टाढा रहेको हरेक पल, आफैलाई हजारौं जुनी जस्तो, गुन्जिएको आवाज झन कहि कतै आएको तिम्रो जस्तो..............” बजिरहँदा, एफ एम रेडियोमा लामो एन्टेना जोडेर सुदिप मसँगै असरल्ल परेर पल्टिएको हाम्रो चौरमा रेडियोमा एफ.एम खोजीरहेको क्षण झल्झल्ती याद भैराखेको छ । हुन पनि, भर्खर मात्र त थियो, श्रीनगर एफ.एम हाम्रो रेडियोले टिप्न थालेको । ऊ कति एकाग्र थियो, आफ्नो काममा ? जबसम्म रेडियोले श्री नगरको परीक्षण प्रसारणलाई टपक्क टिप्ने थिएन उतिखेर सम्म ऊ अति जिज्ञासु भएर रेडियोको मिटर घुमाइ रहेको हुन्थ्यो । अँ साँच्ची ऊ हामीसँग फुटबल पनि खेल्थ्यो कहिलेकाही । हामी गोल गर्नकै लागि फुटबल खेल्थ्यौं ऊ चाँही आफ्नो टिम विरुद्ध गोल नहोस् भन्ने मनशायले मैदानमा बलको पछि पछि दौडिरहेको हुन्थ्यो । ऊ र हामीमा धेरै भिन्नताका रेखाहरू प्रष्टै थिए । ऊ भावुक मुन्छे, हामी हरदम चञ्चल मन बोकेर हिड्ने मनुवा । उसको गाम्भिर्यताले मलाई अ‍ैले लागिरहेको छ, ईश्वर पनि असल र राम्रा मान्छेहरूलाई हर तरह आफूकहाँ लिन चाहन्छ । ए...