यो समयमा पनि सयौं गरिब नेपालीहरू झाडापखाला (छेरौटी) लागेर मरिरहेका छन् भन्ने खबर सुनिरहँदा मलाई हामी नेपालीहरु मध्ययुगिन समयमा दिन गुजारिरहेका छौं भन्ने महशुस हुन्छ । यो यथार्थले मलाई भित्रभित्रै पोलिरहेको छ, र मलाई नेपाली भएर बाँचिरहनुको विवशता देखेर उन्मुक्त हाँसो हाँस्न मन लागेको छ । यो कस्तो नौटंकी सरकार हो ? हेलिकोप्टरमा मन्त्रिहरुलाई बिरामीको अवस्था बुझ्न पठाउँछ जबकी औषधी र स्वास्थ्यकर्मी खच्चडमा लोड गरिएर प्रभावित क्षेत्रमा पठाइएका छन् ! र मैले विदेशी राष्ट्रहरुमा त्यहाँका उच्चपदस्थ अधिकारीहरु मन्त्रि, सिनेटर वा अन्यान्य आफ्नो तर्फबाट देखिएको सानो त्रुटी वा भूलका लागि आम जनताहरुका अगाडि उभिएर माफि माग्छन् अनि त्यतिले नपुगेर आफ्नो पदबाट राजिनामा दिन पनि पछि पर्दैनन् भन्ने कुरा धेरै अगाडिबाट सुन्दै आएको छु । अनि मैले यो यथार्थ पनि भोग्दै आइरहेको छु कि हाम्रा उच्च पदस्थ भनौंदाहरू आफ्नो गैह्जिम्मेवारीताका लागि माफि त कहाँ हो कहाँ, स्वीकार समेत गर्न चाँहदैनन् । कस्तो आश्चर्य ?! र, मेरा प्रिय मित्रहरु ! आज यो ब्लग लेख्दै गर्दा म यसै ब्लग मार्फत घोषणा गर्न चाहन्छु कि म कुनै पनि पा...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।