Skip to main content

Posts

फेसबुक, राष्ट्रियता र हामीहरू

मलार्इ थाहा छैन मेरो कुराले यहाँहरूलार्इ कत्तिको छुन्छ वा छुँदैन, तर मैले एक नेपाली नागिरक भएको हैसियतले आफूलार्इ लागेको कुरो अर्को एक नेपाली नागरिकसँग बिसाउन मात्र खोजेको हुँ । यसलार्इ अन्य अर्थमा बुझिदिनु हुने छैन भन्ने मेरो अपेक्षा रहेको छ । हामीहरूले नेताहरूमा कहिल्यै राष्ट्रियताको छनक पाएनौं । र, उनीहरू राष्ट्रियताको मुद्दामा अति नै कमजोर रहेको आँकलन गर्दै आएका छौं । तर आज मलार्इ सम्पूर्ण नेपाली जनहरूमा एउटा प्रश्न गर्न मन लागेको छ (अझ विशेषतः फेसबुक संसारमा छाउनु भएका नेपाली मित्रहरूलार्इ) कि हामीमा राष्ट्रियता कति छ ? सायद मैले अब लेख्न लागेको कुराले राष्ट्रियता कसरी झल्कन्छ त ? भनेर यहाँको प्रश्न पनि रहला तर मलार्इ लागेको एउटै मात्र कुरा के हो भने साना कुराहरूमा हामीले आफ्नो परिचय लुकाएका हुन्छौं र त्यो हामीमा रहेको राष्ट्रियताको सानो झिल्को हो । मसँग विभिन्न १ दर्जन देशका व्यक्तिहरू फेसबुक संसारमा साथी छन् । उनीहरू मध्ये धेरैसँग मेरो प्रत्यक्ष कुराकानी पनि भएको छ । मैले उनीहरू अंग्रेजीमा अति नै कम बोलेको पाएँ । यदि आफ्ना देशका साथीहरूसँग छन र उनीहरूको भाषा नबुझ्ने कोही अर्को फ...

नर्वेमा पहिलो पटक नेपाली साँझ

नीराजन शिरीष\नर्वे नर्वेको सुदुर उत्तरी क्षेत्र ट्रोम्सोमा कार्यरत दुर्इ नेपाली रेडक्रस स्वंयसेवक युवाहरू नीराजन थापा र प्रजु गुरूङको विशेष सक्रियता एवं ट्रोम्सो रेडक्रसकी युवा विभाग संयोजक हन्ना होभ्दे बार्इको परिकल्पनामा बुधवार साँझ ट्रोम्सोमा पहिलो पटक भव्य नेपाली साँझ सम्पन्न भएको छ । साँझको शुरूवातमा नीराजन थापाले नेपाल र यसको प्राकृतिक सौन्दर्यता दर्शाउने भिडियो तथा पावर प्वाइन्ट प्रस्तुती गरेका थिए । थापाले नेपाली जातीको गौरवशालिताका बारेमा व्याख्या गरिरहँदा कार्यक्रममा उपस्थित पाँच दर्जन नर्वजियन तथा अन्य विदेशी पाहुनाहरूले उनलाइ चाखपूर्वक सुने । थापाले प्रस्तुतीमा नेपालको जैविक विविधतामा विशेष जोड दिदै, सन् २०११ मा सहभागीहरूलार्इ नेपालले आयोजना गर्न लागेको पर्यटन वर्षमा सहभागिताका लागि प्रेरित गर्ने काम गरेका थिए । उनले विदेशी पाहुनाहरूका लागि नेपाल सुरक्षित गन्तव्य स्थान भएकोमा जोड दिदै विश्वमा शान्ती सुरक्षामा वीर गोर्खालीहरूले खेल्दै आएको भूमिकालार्इ स्मरण गराउँदै उनीहरू आफ्ना पाहुनाहरूको सुरक्षाका लागि सधैं संवेदनशील हुने स्पष्ट पारेका थिए । त्यसै गरी अर्की स्वयंसेवक ...

एउटा चिठी देशबासीलार्इ ।

प्रिय नेपाली बन्धुहरु नमस्कार , तथा मीठो सम्झना । विशेष समाचार त केहि थिएन तर परदेशको ठाउँमा आएपछि देशप्रतिको माया र सदभाव अझ बढेर आएको महशुस हुन थालेपछि मैले यो चिठी लेख्ने प्रयास गरेको छु । मलाइ थाहा छैन , यो विश्वमा कति मान्छे त्यस्ता होलान् जसले आफ्नो देशलाई माया नगर्ने होस् । तर मलाई थाहा छ , हामी कुनै पनि त्यस्ता नेपाली छैनौ जसले नेपाललाई माया नगर्ने होस । हामीले भन्दै आएका छौ । नेपालका नेता भनौंदाहरुमा राष्ट्रियताको छनक देखिएन । तर अब हामीले आफैलाई फर्केर हेर्ने बेला भएको छ , कि हामीमा कति छ , राष्ट्रप्रेम ? मलाइ लाग्दैन, यो कुरा सानो हो । बरू मलार्इ लाग्दछ, आफूमा राष्ट्रियता कति छ भनेर जान्न खोज्नु ठूलो र महत्वपूर्ण कुरो हो ।   यो चिठी लेख्दै गर्दा मेरो दिमागमा खेलेको एउटै कुरो छ, यो पढ्ने कतिले मेरो दिमागी हालतका बारेमा प्रश्न गर्नुहोला ? मलार्इ त्यसको कुनै पर्वाह छैन । न मैले म मा राष्ट्रप्रेम छ भनेर प्रमाणित गर्न खोजेको हुँ न त अरूमा यो भावना छैन भनेर प्रत्यारोप गर्न नै खोजेको हुँ । बरू मैले त सम्भव भए सम्म र आफ्नो हैसियतले भ्याए सम्म राष्ट्रियता झल्कने प्रय...

शरणार्थी बनेर बाँच्दा ...

“यहाँ बस्नुको अब कुनै औचित्य छैन , यदि तिमीहरूलाई पनि मलाई जस्तो आफ्नो ज्यानको माया लाग्दछ भने आउ मसँग , मेरो धैर्यताको बाँध टुटिसक्यो अब ।” म यत्रो २७ वर्ष भैइन्जेलसम्म मेरा बाबा उफकले कहिल्यै यस्तो भनेका थिएनन् तर आज एक्कासी उनको मुखबाट यस्तो सुन्दा मलाई कत्ति पनि स्वभाविक लागेन । मेरो २७ वर्षिय जोश फेरि एकपटक तङ्ग्रीन खोजिरहेको थियो । हाम्रो सुन्दर यइडिड परिवार राजधानी शहर भन्दा केहि घण्टाको दुरीमा रहेको यो सानो गाउँमा शान्तपूर्वक जीवन बिताइरहेका थियौं । तर सोमालियन राष्ट्रिय आन्दोलन नामक एक शसस्त्र समूहमा आबद्द इज्याक वंशका मान्छेहरूले हतियारको दम्भमा हाम्रा सबै चौपायाहरू लुटेर लगे पछि हाम्रो आम्दानीको मुख्य आयश्रोत हामीले गुमाउनु परेको थियो । हामी त शसस्त्र युद्दमा समावेश थिएनौ र छैनौ   पनि तर वंशीय युद्दका भुक्तभोगीहरूले हाम्रा सबैथोक लुटेर लगे । कत्रो अन्याय ?   देशव्यापी रूपमा चर्कदै गएको वंशीय तथा अन्य सशस्त्र युद्दमा हामी जस्तै थुप्रै निर्दोषहरू पिल्सनुपरेको छ । अझ त्यसमा पनि मेरी आमापट्टीकी सानी बहिनी बजारमा तरकारी लिन जाँदा बम विस्फोटमा परेर मारिएपछि ...

पर क्षितिजमा देखिएको आशाको धिपधिपे ज्योति !

सातौं पटकसम्म चुनाव लड्दा पनि जित्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड सायद लाचार भएको   हुनुपर्दछ । र, माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भैसकेपछि उनलाई आफैले भिराएको नयाँ विशेषण “हारेको मान्छे” ले आफैलाई कुत्कुती लगाएको पनि हुनु पर्छ । माधवकुमार नेपाल त दुईवटा निर्वाचित क्षेत्रबाट एक एक पटक हारेका मान्छे तर पुष्पकमलको कथाले बेग्लै मोड लियो । जनयुद्ध नामकरण गरिएको सशस्त्र द्धन्द्धका नायक, 'सर्बाधिक देशप्रेमी नेता', 'भारतीय विस्तारबादलाई खुल्ला चूनौती दिन हिम्मत जुटाउने एक मात्र जिवित नेता' पुष्पकमल, प्रधानमन्त्रीको निर्वाचनमा भने नराम्ररी पछारिन पुगे । त्यो पनि एकपटक होइन, दुई पटक होइन, सात सात पटकसम्म हार्नु, अचम्मको विषय बनेको छ । अब लाग्दछ, उनलाई हार्ने रहर पुगिसकेको हुनुपर्दछ । त्यसैले त भन्न पनि थालिसकेका छन्— परिणाम ननिस्कने लडाई नलडौं । निरन्तरको हारले अब देशका दुई कम्युनिष्ट भनिएका पार्टीहरुलाई एक ठाउँमा उभ्भिन विवश तुल्याएको छ । हुन त कम्युनिष्ट पार्टी पनि के भन्ने एकले अर्कालाई उग्रबामपन्थी, संशोधनबादी, दक्षिणपन्थी, बुर्जवाको जो नाम दिदैँ आएका छन् । तर हामी...

के छैन हाम्रो देशमा ? - सबथोक छ !

“म कम्युनिष्ट हुँ, मलाई दलित सलित थाहा छैन् । म त चित्रे (एकजना दलित साथी) ले छोए पनि खान्छु । मलाई यस्तो जातभात र छुवाछुत मन पर्दैन । आफू त कम्युनिष्ट हुँ । कम्युनिष्टले जातीपाती मान्दैनन् ।” कक्षा २ मा अध्ययनरत रहँदा मैले मेरा कक्षाका साथीहरुसँग आफू कम्युनिष्ट भएको फूर्ति लगाउँदै भन्ने गरेका ई वाक्यहरु आज स्मरणमा ताजा हुँदा मन झसंग भएर आउँदछ । हामी कक्षामा कोही कांग्रेस, कोही एमाले र कोही राजावादीका छोराछोरी थियौं । आयश्रोत कमजोर भएका परिवारबाट आउने म जस्तै अरु साथीहरु सबै एमाले थियौं । दुईचार पैसा आम्दानी भएका परिवारबाट आउनेहरु कांग्रेस अनि राजावादी थिए । कांग्रेसीहरु जय नेपालको अभिवादन टक्रयाउथे, हामीहरुलाई सबभन्दा अप्रिय लाग्ने कुनै शब्द थिए भने ती दुई शब्द “जय नेपाल” नै थिए । यी शब्दहरु किन बिझाउँथे मैले अहिले सम्झन सकिनँ । तर हाम्रो तुलनामा जय नेपालमा हाम्रो लालसलाममा जस्तो दम थिएन । दाहिने हातलाई दर्‍हो पारेर मुठ्ठी कसेर टाउको माथि पुर्‍याए पछि हाम्रो गज्जबको लालसलाम तयार हुन्थ्यो । अनि मलाई यस्तो पनि लाग्थ्यो — छि ः यिनीहरुको के खालको अभिवादन हो ? हात, खुट्टा, मुन्टो अनि मुखाक...

पत्रकारिता, सृजनशिलता र नब विकल्प

(बेनी, म्याग्दीबाट प्रकाशित हुने साप्ताहिक पत्रिका नब विकल्पले  गौरबमय १०० औं अंक प्रकाशन गर्न सफल भएको उपलक्ष्यमा लेखिएको लेख ) युवाहरुको समूह कार्यमा विश्वास गर्ने मान्छे म, जब केहि युवाहरुको समूहले बेनीमा पत्रकारिताको नयाँ आयाम शुरु गर्ने उत्साहका साथ नव बिकल्पको प्रकाशन गर्न थाले, मेरा मनमा अनेकन जिज्ञासाहरु आएका थिए । पत्रिका प्रकाशनका शुरुका हप्ताहरुमा पत्रकारितामै लागेका बेनीका केहि हस्तिहरुले भन्न थाले— रहर हो केटाहरुको दुईचार दिनको । रहर पुगे पछि थाक्छन् यिनीहरु । शुरुमा त मलाई पनि त्यस्तै लाग्यो । ओंठ निचार्दा दुध झर्ने अल्लारेहरु नै छन् पत्रिकामा, के यसको निरन्तरता सम्भव होला र ?  म त अनुभवमा होईन काममा विश्वास गर्ने मान्छे । मलाई त सधैं लाग्दछ, सृजनशीलता भएका मान्छेहरुका लागि अनुभव ठूलो हुनै सक्दैन । कार्यसम्पादनका समयमा आर्जन गर्ने सीप हो — अनुभव त । सृजनशिलता र लगनशीलता नभएकाहरु कुन क्षेत्रमा कति नै टिक्छन् र ? विकल्पको शुभारम्भ अंक नै आकर्षक थियो । मलाई याद छ, ठूलो मेहनतका बाबजुद प्रकाशित भएको हुनु पर्दछ, त्यो । समाचार लेखन शैली नौला थिए, ग्राफिक्स डिजाईन, फोटो...