मलार्इ थाहा छैन मेरो कुराले यहाँहरूलार्इ कत्तिको छुन्छ वा छुँदैन, तर मैले एक नेपाली नागिरक भएको हैसियतले आफूलार्इ लागेको कुरो अर्को एक नेपाली नागरिकसँग बिसाउन मात्र खोजेको हुँ । यसलार्इ अन्य अर्थमा बुझिदिनु हुने छैन भन्ने मेरो अपेक्षा रहेको छ । हामीहरूले नेताहरूमा कहिल्यै राष्ट्रियताको छनक पाएनौं । र, उनीहरू राष्ट्रियताको मुद्दामा अति नै कमजोर रहेको आँकलन गर्दै आएका छौं । तर आज मलार्इ सम्पूर्ण नेपाली जनहरूमा एउटा प्रश्न गर्न मन लागेको छ (अझ विशेषतः फेसबुक संसारमा छाउनु भएका नेपाली मित्रहरूलार्इ) कि हामीमा राष्ट्रियता कति छ ? सायद मैले अब लेख्न लागेको कुराले राष्ट्रियता कसरी झल्कन्छ त ? भनेर यहाँको प्रश्न पनि रहला तर मलार्इ लागेको एउटै मात्र कुरा के हो भने साना कुराहरूमा हामीले आफ्नो परिचय लुकाएका हुन्छौं र त्यो हामीमा रहेको राष्ट्रियताको सानो झिल्को हो । मसँग विभिन्न १ दर्जन देशका व्यक्तिहरू फेसबुक संसारमा साथी छन् । उनीहरू मध्ये धेरैसँग मेरो प्रत्यक्ष कुराकानी पनि भएको छ । मैले उनीहरू अंग्रेजीमा अति नै कम बोलेको पाएँ । यदि आफ्ना देशका साथीहरूसँग छन र उनीहरूको भाषा नबुझ्ने कोही अर्को फ...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।