Skip to main content

Posts

शहरमा (२)

मन दुखाउनेहरु धेरै भेटिए शहरमा माया गर्ने आफन्तहरु छेकिए शहरमा पर्वाह छैन अरुको बाँच्न पाए आफू बिनासित्ती चोट दिने देखिए शहरमा

शहरमा

लुकाउने कुरा देखाउने मैयाँ छन् शहरमा उस्तै कामुक कृष्ण कन्हैया छन् शहरमा टोलै पिच्छे हरेक गल्ली र चोकमा हेर मान्छेका अनेक रवैया छन् शहरमा

बुझिराख

बुझिराख सम्बन्ध कुनै स्थाई हुँदैन सबै माथि तिम्रो मात्रै रजाई हुँदैन आफू एक्लै विशेष हुँ ठान्छौ भने यदि तिम्रा लागि कसैको बधाई हुँदैन

मान्छे नभेटेसी

मीठो मसिनो ख्वाउने भान्से नभेटेसी जे भएनि आफ्नै प्रिय ठान्ने नभेटेसी बहुलाउन बेर लाउँदैनन मान्छेहरु आफ्नो मन बुझिदिने मान्छे नभेटेसी

आफ्नै

आफ्नै मात्र कुरा बेशी गर्छन मान्छे किन ? चोरीचोरी आफ्नै गोजी भर्छन मान्छे किन ? लक्ष्य सबको आकाश चुम्ने धर्ती बिर्सिएर नचाहेनी आखिर तलै झर्छन मान्छे किन ?

सार्वजनिक यातायात, हामी र हाम्रो यात्रा

यसरी सिन्की झैं कोचिन्छ यात्रुहरू । तस्बीर  सहारा संसार डट कम  मलाई हाम्रा सार्वजनिक सवारीहरुमा यात्रा गर्न एकदमै मन लाग्दैन । तर विवश परिस्थितीका कारण सार्वजनिक सवारीहरुमा यात्रा नगर्नका लागि अर्को भरपर्दो र मितव्ययी विकल्प पनि मसँग छैन । त्यसैले, सार्वजनिक सवारीका लागि म त्यस्तो यात्रु हो – जसको हरेक यात्राको पहिलो र अन्तिम रोजाई नै कालो नम्बर प्लेट लपेटेका थोत्रा भारतीय गाडीहरु नै हुन । र, चुपचाप वर्षौदेखि म ती सवारीहरुका माध्यमले हजारौं माइलको दुरी यात्रा गर्दै आएको छु । काला प्लेटका गाडीहरुमा यात्रा गर्दा म सधैं निम्छरो र हेपिएको महशुस गर्दछु । मेरो आत्मसम्मान वा स्वाभिमानको एक अक्षरको पनि त्यहाँ कसैलाई मतलब हुँदैन । अरु त अरु म आफुले रकम तिरेर बसेको स्थानमा आफुले चाहेजसरी सहज र स्वतन्त्र तरिकाले बस्न समेत पाउँदिन । मैले धेरै पल्ट, धेरै ठाउँहरुमा ओहोरदोहोर गर्दा मसहित दुईजनाको स्थान भएको जिपहरुमा चढ्दा, सवारीका चालक तथा सहचालकले त्यो तीनजना अटाउने स्थान भएको जिकिर गरी थप एकजनालाई चढाएको देखेको छु । र, यस्तो गल्ती गर्ने सवारी चालक र उसका सहयोगीहरुलाई कारबाही गर्ने...

नयाँ नेपाल, हामी र हाम्रो धरातल

भूगोल जस्तै सुन्दर हुनुपर्यो हाम्रो मन तस्बीरः गुगल खोज हाम्रो स्तर, जीवनशैली अनि सोच र हामी बसिरहेको यस भूगोलको विकसित भनिएका देशका बासिन्दाहरुको स्तर, जीवनशैली र सोचमा रहेको भिन्नताको भेद खुट्याउनका लागि सबभन्दा पहिले हामीले उनीहरुका बारेमा थाहा पाउनु पर्ने हुन्छ । जब ती विकसित भनिएका मानिसहरुका आचरण र जीवनशैलीका बारेमा हामीले जानकारी पाउँछौ तब हामीले हामी बाँच्दै आइरहेको सामुदायिक दायराको संकुचनताको भेद थाहा पाउँदछौं । मिहिन पाराले हामीले हाम्रो सोच्ने स्तरका सम्बन्धमा जहिलेसम्म अध्ययन गर्न सक्दैनौं, त्यहिले सम्म हामीले आफ्नै स्तरका बारेमा जानकारी हासिल गर्न सक्दैनौं । तसर्थः कम्तिमा पनि हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ, पत्ता लगाउनलाई कि हामी र विकसित मानिसहरुबीच के कति फरक छ ? र, गहन ढंगले विश्लेषण गरिनु आवश्यक छ– सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हाम्रो के कति योगदान रहन्छ ?  हामी भन्ने गर्दछौं, हाम्रो देश अत्यन्तै अब्यबस्थित छ । यहाँ कानुनी शासनको अभाव छ । नेताहरु सबै चोर हुन । फटाहा छन । तर हामी आफै सम्मानित संसदबाट ऐन कानुनका रुपमा पास भएर आएका नियमहरु...