Skip to main content

Posts

होला त्यो

होला त्यो कहाँ प्रिय छुँदै लाएको माया ? होला र मज्जा बेहोस हुँदै लाएको माया ? मान्न म सक्दिन सफल त्यस्तो प्रित - जीवन सारा आँशुले धुँदै लाएको माया

नगरिदेऊ

त्यसै जिर्ण ब्यवसाय छ, झन मन्द नगरिदेऊ ! छैन उसै शान्ति ब्यवस्था, लौ उदण्ड नगरिदेऊ ! आँखा देख्नै छाड्यौ या त ब्यथा नबुझेको हो ? थला परिसक्यो यो देश, सुन बन्द नगरिदेऊ

फूल्दैन

फूल्दैन माया जहाँ, घृणाको हुन्छ बस्ती हुँदैन त्यो प्रित यदि, भएमा जबरजस्ती अब्यक्त चोखो भावना, मान्छु म प्रेम हो सोच्दैन यदि प्रेमी जहाँ प्रेम हो मोजमस्ती

इमानी

इमानी कति बनुँ बेइमानी हुन मन लागेको छ तिम्रा हर अंग छिचोल्ने पानी हुन मन लागेको छ वियोगका मात्रा धेरै देखिए यहाँका प्रेम कथामा तर सफल एक प्रेम कहानी हुन मन लागेको छ

म, रत्नपार्क र मेरो भविष्य

स्नातकोत्तर अर्थात एम.ए । कतिपय बुद्धिजीवीहरु यसो पनि भन्दा रहेछन – एम.ए पछिको पढाई आवश्यक छैन । उनीहरुको टिप्पणी सुनेपछि मलाई लाग्यो विश्वबिधालय जीवनमा यो तहको पढाई सर्वाधिक महत्वको पढाई हो । र, विशेष महत्वका साथ यो तहको पढाई पूरा गर्नु आवश्यक छ । तसर्थः स्नातक तहको अध्ययन सिध्याएको ४ वर्षपछि मैले स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने अठोटका साथ फेरि एकपटक कलेज जीवनको शुरु गरेँ । लागेको थियो – मसँगै पढ्नेहरु दुईचार साल कमका होलान, मेरो उमेरको खिसिटिउरी पो गर्ने हुन कि ? तर कक्षामा प्रवेश गरेको शुरुकै दिनमा मेरो अनुमान फेल खायो – पढ्नेहरुका लागि उमेर प्रधान कुरो रहेनछ । मेरा कतिपय साथीहरु स्नातक सिध्याएको १५–२० वर्षपछि स्नातकोत्तर तहको अध्ययन गर्न आएका रहेछन । उमेरमा म बुढो भन्ने चिन्ता त्यो दिनदेखि रहेन । चालीस कटेकाहरु भएको ठाउँमा म बबुरो २६ मा चलिरहेको सानो केटो नै देखिएको छु । परन्तु समयसँगै म बदलिन नसकेको हुँ, वा महत्वकांक्षा ठूलो भएछ कुन्नी ? थुप्रै समस्याहरु असरल्ल देखिरहेछु । कक्षाबाट शुरु गरुँ । पहिलो दिनमै मलाई कक्षाको वातावरण कत्ति पनि रुचीकर लागेन । अगाडि प्राध्यापकको लेक्...

लुकेर

लुकेर कतै तिमीले मलाई नै चिहाए झै रोएर तिमीले आसुँ मलाई नै पियाए झै लाग्छ अचेल प्रित तिम्रो हराएको छ साचेर मुटुमा अर्कै मलाई नै रिझाए झै पाउदिन किन तिमीलाई समिपमा मेरो बिताएर पल अन्तै मलाई नै भेट्न आए झै

शहरमा (२)

मन दुखाउनेहरु धेरै भेटिए शहरमा माया गर्ने आफन्तहरु छेकिए शहरमा पर्वाह छैन अरुको बाँच्न पाए आफू बिनासित्ती चोट दिने देखिए शहरमा