नढाँटि भन्नुपर्दा, फिनल्याण्डमा काम पाउनु गार्हो नै हो । अनि सजिलो पनि ! तर यहाँ हाम्रोमा जस्तो अस्तब्यस्त नहुने रहिछ । काम चाहिएको मान्छे काम दिने मान्छेकोमा गएर ढोका ढकढाउने चलन त छँदै छैन भन्दा पनि हुन्छ । किन्तु, यहाँ काम पाउने दुईवटा तरिकाहरु रहिछन् – पहिलो कुनै ठाउँमा काम गर्दै गरेका साथीभाईको सिफारिशमा सम्बन्धित कम्पनिको सुपरभाइजर वा प्रमुखलाई भेट्ने, दोश्रो श्रम मन्त्रालयको वेभसाइटमा राखिएका आवश्यकतासम्बन्धी बिज्ञापन छान्दै फर्म भर्ने ! फेरि पनि महत्वपूर्ण कुरा यो छ कि न पहिलो तरिकाबाट काम खोज्नका लागि धेरै मान्छेहरुका आफ्नै मान्छेहरु यहाँ हुन्छन् न त अरुले त्यसबारे बेकारमा टाउको दुखाउने कुरो नै हुन्छ । अब रह्यो दोश्रो तरिका – फर्म भरेर जागिर पाएको भन्ने रेकर्ड कमै हुने गर्दो रहिछ यहाँ । खासमा कुरो के पर्दो रहिछ भने, यस्सो काम पाईन्छ कि भनेर फोन गर्यो भने काम दिने भनिएको कम्पनीको फोन उठाउने ब्यक्तिको पहिलो प्रश्न हुन्छ – Puhutko sä suomia? जसको अर्थ हुन्छ – के तिमीलाई फिनिस बोल्न आउँछ ? आएको दुई महिनापछि बल्ल आज काम खोज्ने जाँगर चलेपछि मैले त्यो फिनिस श्रम मन...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।