Skip to main content

Posts

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुस्  “ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं ।  साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ...

म, मेरी क्रिसमस र मेरो जिज्ञासा

स्नातक अध्ययन गर्दाताका समाजशास्त्रका लेक्चररले समाजशास्त्रका विभिन्न विषय, सन्दर्भ र प्रसङ्गहरुका बारेमा थुप्रै कुराहरु भने । गोरखसरको कक्षा मैले कहिल्यै पनि छाडिनँ । किनकी ती अत्यन्तै रोमाञ्चक बहसले भरिपूर्ण हुन्थे । रमाईला यस अर्थमा कि उनले पढाउने विषयमा केहि समाजशास्त्रीहरु पनि देखापर्थे र बिबाहलाई बैधानिक बेश्यावृतिको अर्को रुप भनेर वकालत गर्थे अनि मजस्ता चिचिला दिमाग भएकाहरुलाई त्यो कक्षा लिएको दिनभरीजसो ‘ह्याङ’ बनाईरहन्थे । यी र यस्तै विषयहरुलाई फरक र विस्तृत पाराले केलाइएका पाठहरुका बारेमा उनी आफ्ना धारणाहरु राख्थे र हामी विधार्थीहरुलाई छलफल गर्न प्रेरित गर्ने गर्दथे । छलफलका ती विषयहरुमा कुनै दिन  परसंस्कृतिग्रहण ( Acculturation ) र आत्मसाथिकरण ( Assimilation ) का बारेमा पनि लामै बहस भएको म राम्ररी सम्झन्छु । र, आज त्यो छलफल पुनर्लेखन नगरी फेसबुकका भित्तामा हिन्दु र बौद्धमार्गी नेपालीहरुले क्रिसमसको शुभकामना पोतिरहेको सन्दर्भमा आफूलाई लागेका केहि कुराहरु लेख्न चाहेको छु । कोशिस गरेको छु । ईदको दिनमा म उति सारो ईद मुबारकको शुभकामना देख्दिनँ । म जान्दिनँ धार्मिक सहिष्णुता ...

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १

अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ?  तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन...

हेलसिन्कीको चिसो र उनको न्यानो स्पर्श

स्थलगत अध्ययनका लागि विद्यालयले हेलसिन्की जान अर्‍हाएपछि म मेरो समूहसँगै २० मिनेटको रेलको यात्रा गरेर नोभेम्वरको अन्तिम हप्ता हेलसिन्की पुगेको थिएँ । के गर्ने ? कसरी स्थलगत अध्ययन गर्ने ? सबै कुरा अज्ञात थिए मेरा लागि । र, मेरा समूहका अरु साथीहरुका लागि पनि ! त्यसकारण हामीहरुले निर्णय गर्‍यौं, केहि पनि नगर्ने । सिवाय हेलसिन्कीको केन्द्रिय रेल्वे स्टेशनका वरिपरी चक्कर काट्ने र केहि लायकका दृश्यहरु देखियो भने तस्बिर लिने ।  अब लायकको पनि के दृश्य देखिने होला ? जबकी हाम्रो अध्ययनको विषय थियो – लागू पदार्थ दुर्व्यसनी र मानसिक समस्याले शिकार भएका मानिसहरु ! साथीहरु चाँहि तीनै लायकका दृश्यहरुको खोजिमा जुटे, म चाँहि भेटेसम्म ती ब्यक्तिहरुसँग कुराकानी गर्ने अठोटका साथ त्यही सेन्ट्रल स्टेशनको चक्कर काटिरहेँ । त्यो दिन, मेरो समूह कार्यमा योगदान पुग्ने गरेर खास उपलब्धीमुलक त्यस्तो केहि सूचना वा ज्ञान त हात लागेन मलाई तर पनि केहि फिनिस मानिसहरुलाई नजिकबाट बुझ्ने अवसर चाँहि पाएँ। कोहिसँग पनि तुरुन्तै बोलिहाल्ने आँट जुटाउनै नसकेकाले मलाई आफ्नै अवस्थाप्रति टिठ लागेर आयो । जसलाई हेर्‍यो ऊ निकै हता...

अट्टिच्युड अर्थात मनोबृतिका बारेमा केहि कुराहरू

केहि दिन पहिले फेसबुकमा एउटा भित्तेलेखन देखेको थिएँ, र त्यो भित्तेलेखन चर्चित गितकार भूपेन्द्र खड्काको थियो । हरेक विषयबस्तुका सम्बन्धमा मानिसहरुका आफ्नै आग्रह वा पूर्वाग्रहहरु हुन्छन् । अर्थात मनोवृतिहरु हुन्छन् । र, गितकार खड्काले मनोवृतिका बारेमा यस्तो लेखेका थिए – "मनोवृति भनेको भित्री बस्त्र हो, जुन तिमीले लगाउनु आवश्यक छ, तर प्रदर्शन गर्नु स्वभाविक हुँदैन ।" मनोवृति सम्बन्धि उनको यो बुझाईपछि मैले गहन भएर यसको विश्लेषण गरेँ । र, आफ्नो स्वः मूल्याङ्कन पनि ! कतिपय अवस्थाहरुमा मैले आफ्ना मनोवृतिहरु विशेष गरि गलत बुझाईहरु उदांगो रुपमा प्रदर्शन गरेको र त्यसले निकै हदसम्म मेरो स्वयंकै ब्यक्तित्व विकाशमा अवरोध गरेको पनि पाएँ । परन्तु, यसलाई सच्चाउने प्रयत्न गर्छु भन्ने प्रतिज्ञा गर्नु सिवाय खास प्रगति गर्न नसकेको परिस्थिती म आफैमा विद्यमान रहेको बोध पनि गरेँ । अनविज्ञ छु म कति यस्तै थुप्रै मानिसहरु होलान मेरै वरिपरी । केहि दिन पहिले यस्तै भयो मैले अध्ययन गर्ने विश्वविद्यालयमा पनि । हाम्रो कक्षाका विद्यार्थीहरुलाई आफ्ना अनुभूतिहरुका बारेमा केहि बताउन दुई जना पूर्व महिला विद्या...

जनताको हातबाट निस्केका झापडहरू

सायद धेरै नेपालीहरुले अड्कल काटे झैं एउटा अर्को झापड बर्सिएको छ – अर्को एक थान तथाकथित शिर्षस्थ नेताको गालामा ! दुई वर्ष अगाडि माघ महिनाको चिसोमा तथाकथित एक शिर्षस्थ नेताको गाला रन्काएर शुरु भएको झापड श्रृङ्खला अन्ततः गणतन्त्र नेपालको पहिलो कार्यकारी राष्ट्रपति बन्ने ईच्छा राखेका पूर्व प्रधानमन्त्री एवं सबभन्दा ठूलो दलको सबभन्दा ठूलो नेताको गालासम्म आईपुग्नुलाई हामी सामान्य मान्न सक्दैनौं । यो झापड श्रृङ्खलालाई ब्यक्तिगत आवेग वा बहुलठ्ठीपनको संज्ञा दिन सक्दैनौं । र, हामी राम्ररी बुझ्न सक्छौं कि हिजो यहि झापडको शुभारम्भ हुँदा त्यो जनताको आक्रोश हुने र आज उस्तै झापड सुप्रिमोको गालामा बज्रदा त्यो निकृष्ट, षडयन्त्रकारी वा प्रतिगमनकारी हुनै सक्दैन । जो जसले यसलाई गलत ब्याख्या गरिरहेछन्, सन्निकट भविष्यले उनीहरुको यो सतही बुझाईलाई गलत सावित गरेरै छाड्ने छ । इतिहास साक्षी छ – जहिले पनि जनताहरुले आफ्ना नेताहरुलाई आक्रमण गरेका छैनन् । किनकी जनताहरुले राजनीतिको प्रयोग राम्रोसँग गर्न जानेका छन् । उनीहरु राजनीतिलाई अराजनैतिक बनाउन जान्दैन् । बिग्रेकोलाई बिग्रेको र सप्रेकोलाई सप्रेको देख्ने आँखा...

के तिमी फिनिश बोल्छौ?

नढाँटि भन्नुपर्दा, फिनल्याण्डमा काम पाउनु गार्‍हो नै हो । अनि सजिलो पनि ! तर यहाँ हाम्रोमा जस्तो अस्तब्यस्त नहुने रहिछ । काम चाहिएको मान्छे काम दिने मान्छेकोमा गएर ढोका ढकढाउने चलन त छँदै छैन भन्दा पनि हुन्छ । किन्तु, यहाँ काम पाउने दुईवटा तरिकाहरु रहिछन् – पहिलो कुनै ठाउँमा काम गर्दै गरेका साथीभाईको सिफारिशमा सम्बन्धित कम्पनिको सुपरभाइजर वा प्रमुखलाई भेट्ने, दोश्रो श्रम मन्त्रालयको वेभसाइटमा राखिएका आवश्यकतासम्बन्धी बिज्ञापन छान्दै फर्म भर्ने !  फेरि पनि महत्वपूर्ण कुरा यो छ कि न पहिलो तरिकाबाट काम खोज्नका लागि धेरै मान्छेहरुका आफ्नै मान्छेहरु यहाँ हुन्छन् न त अरुले त्यसबारे बेकारमा टाउको दुखाउने कुरो नै हुन्छ । अब रह्यो दोश्रो तरिका – फर्म भरेर जागिर पाएको भन्ने रेकर्ड कमै हुने गर्दो रहिछ यहाँ । खासमा कुरो के पर्दो रहिछ भने, यस्सो काम पाईन्छ कि भनेर फोन गर्यो भने काम दिने भनिएको कम्पनीको फोन उठाउने ब्यक्तिको पहिलो प्रश्न हुन्छ – Puhutko sä suomia? जसको अर्थ हुन्छ – के तिमीलाई फिनिस बोल्न आउँछ ?  आएको दुई महिनापछि बल्ल आज काम खोज्ने जाँगर चलेपछि मैले त्यो फिनिस श्रम मन...

प्राप्ती मात्र प्रेम होईन्

प्रेम । हजुर यसलाई कसरी बुझ्नुहुन्छ ? त्यो मेरोभन्दा फरक छ । र, म जे बुझ्छु त्यो भन्दा फरक उनको बुझाई होला । उनी अर्थात यो सत्यकथाकी केन्द्रिय पात्र ! मेरो भन्नुको तात्पर्य – अस्तित्वमा रहेका हर बस्तु र विषयका सम्बन्धमा मानिसहरुका पृथक बुझाईहरु हुन्छन् । छन् । झन प्रेम त स्वयंको अनुभूति हो । र, यसलाई अनुभूत गर्ने मानिसले आफ्नै हिसाबले यसको विश्लेषण गर्न पाउनु पर्छ – यो मेरो मान्यता हो । मलाई विश्वास छ यसमा यहाँको पनि असहमति रहने छैन । उनी, मेरी शिष्य । पृथक लाग्छ मलाई उनको जीवन जिउने शैली । मानिसहरुसँग उनले गर्ने अन्तरक्रिया मलाई नौलो लाग्छ । मनपर्छ उनको यो शैली । प्रायः कम बोल्छिन् । वा बोल्दैबोल्दिनन् । तर जब बोल्न थाल्छिन् सबैलाई नजिकको ठान्ने गर्छिन । सायद स्त्री जातिको विशेषता हो, यो । क्षणभरमै खुल्ने ! तर उनको कुरालाई विश्वास गर्ने हो, उनी भन्छिन् – उनी धेरै कम ब्यक्तिहरुलाई मात्र आफ्ना ब्यक्तिगत अनुभवहरु सुनाउन लायक ठान्छिन् । विशेषगरी दुःखका अनुभूतिहरु ! उनले फेसबुके गफगाफमा भनिन् – “सर, म एकदमै टेन्सन (तनाव) मा छु, आजभोली ।” म झस्केँ । अनि सोधेँ – “के भो नानु ?” उनले ...

जन्मोत्सब अन्तरक्रिया

गुराँसे क्रान्ति, पूर्वराजा र जनता

फेरि आज ज्ञानेन्द्र शाहका तस्बीर र खबर पढ्ने औसर प्राप्त भयो । राजगद्दी त्याग्न वाध्य भएपछि उनी केहि समय चुप लागेर नै बसेका थिए । सायद उनलाई लाग्यो पनि होला, जनताले राजा चुनेका हैनन् त्यसका कारण जनताहरु के भन्छन् उनले जनमत लिन चाहेनन् । सुरुक्क गद्दी त्यागी लुरुक्क नागार्जुन छाडेर गए । हुन त एक जमानामा आफ्ना पुर्खाहरुको बल र विवेकको प्रयोगबाट प्राप्त औसर थियो– राजगद्दी । तसर्थः आफूभन्दा शक्तिशाली शक्तिको उदयपछि उनले गद्दी त्याग्नुपर्ने प्राकृतिक पद्दती हो उनले सिकेको संस्कारमा । त्यसकारणः पनि अत्यन्तै लाचारीता पूर्वक उनले गद्दी त्याग्नु पर्‍यो । र, आजभोली हामीहरुले पत्रपत्रिकामा पढ्दै आएका ज्ञानेन्द्र शाहको नामका अगाडि एउटा उपमा अर्थात पूर्वराजा यसैको परिणती हो ।  मन्दिर र शक्तिपीठ डुल्ने आफ्नो सनातनको परम्परा अनुरुप ‘पूर्वराजा’ पनि मन्दिरहरु डुलेको हुनुपर्छ सायद । मन्दिर डुल्नुको पछाडि धार्मीक उद्देश्यबाहेक उनी अरु कुनै उद्देश्यले प्रेरित छन् भन्ने कुरो कम्तिमा पनि मलाई चाँहि विश्वास छैन । किनकी उनलाई राम्ररी थाहा हुनुपर्छ, आफ्ना प्रत्येक राजकीय सम्बोधनको अन्तिम छ शब्दहरु ‘श्र...

जीवन चलिरहन्छ - अनवरत !

यहि कार्तिक २३ गते अर्थात नोभेम्बर ८ तारिखका दिन म २७ वर्ष पूरा गरी जीवनको २८ औं वर्षमा प्रवेश गर्दैछु । यहाँसम्म आइपुग्ने क्रममा जीवनमा मैले अनेकौं तीतामीठा अनुभवहरू संगालेको पनि छु । ती अनुभवहरू सम्भवतः यहाँहरूका झैं पक्कै छैनन् । किन्तु, हाम्रा भोगाईहरूले हामी सबैलाई एउटै पाठ चाँहि सिकाएको हुनुपर्छ - जीवन जिउने कला ! मेरो विश्वास छ, जीवनको अविरल यात्रामा हामीले सामना गर्नुपर्ने कैयन कठिन चुनौतीहरूले हामीलाई जीवन के हो भनेर बुझ्नलाई अझ प्रेरित गरेका छन् । हामी सधैं सुखभोग मात्र गर्दैनौं, हाम्रा लागि दर्दहरूको पनि आफ्नै महत्व छन् । सायद जीवनमा दर्द, विवशता र लाचारीपन नहुँदा हुन त बाँच्नुको  पनि त महत्व नरहँदो हो ।  मैले आफ्नै जीवनलाई मिहीन पाराले बुझ्ने प्रयास गर्दै गर्दा के पाएको छु भने, जीवन सुन्दर छ र यसका थुप्रै अँध्यारा पाटाहरू पनि छन् । केहि मानिसहरू सधैं जीवनका उज्याला पाटाहरूलाई अङ्गाल्छन्, उनीहरू अँध्यारा पाटाहरू देख्तैदेख्दैनन् वा इन्कार गर्छन् । र, उनीहरू सधैं सुखी अनि खुशी हुन्छन् । खुशि यस अर्थमा कि अँध्यारोले जीवन छोपिरहेका बखत पनि उनीहरू परपर क्षितिजसम्म उज्...