Skip to main content

Posts

कुकूरको पनि दिन आउँछ यार

धेरै सफल र चर्चित ब्यक्तित्वहरुका बारेमा अध्ययन गर्दा मैले बुझेको सार तत्व हो – मानिसहरु चरम पीडामा हुँदा खारिने अवसर पाउँछन् । तर जो पीडाका बखत अतालिन्छन् अनि हतास मानशिकता लिएर गलत निर्णय लिन्छन् तिनीहरू फेरि कहिल्यै नउठ्ने गरि निस्तेज हुन्छन् ।  र, आज म यो यसकारण लेख्दैछु कि, मेरो उत्कट ईच्छा हो – यसले विदेशी भूमिमा संघर्ष र अभावका जीवन बाँचिरहेका मजस्तै हजारौं नेपालीहरुलाई एकपटक आफ्नो सामर्थ्यका बारेमा आँकलन गर्न प्रेरित गरोस् । एकजना जनवादी कवीले आफ्ना वीर योद्दाहरुलाई प्रेरित गर्नलाई  आफ्ना कवितामा उल्लेख गरेको अंशलाई सापटी लिएर म मेरा प्रिय मान्छेहरूलाई आग्रह गर्न चाहन्छु – एउटा क्रान्तिकारी बन्नका खातिर योद्धाले जस्तै आँधीबेहरी र हुरी आउँदा पनि सतिसाल झैं भएर डटेर चूनौतिहरूको सामना गर्न सक्नु पर्दछ । हामीले ख्याल गर्नुपर्ने शास्वत सत्य हो – संसारमा कसैको पनि जीवन सरल रेखामा यात्रा गरिरहेको छैन ! र, त्यसकारण पनि अहिले हामीले सामना गर्नु परेको दुःख, पीडा, अभाव र नैराश्यतालाई चिर्नु जरुरी छ । हामीले हाम्रै वरिपरीका मान्छेहरुबाट धेरै सिक्नु जरुरी छ ।  यो परदेशमा अभावक...

एउटी चेली, यौनसम्बन्ध र लघु मानवहरू

फेरि एकपटक मैले लघु मानवहरूलाई सम्बोधन गर्नु पर्ने भयो । लघु मानवहरूका एकदम सीमित अनि अपाहिज ज्ञानका विषयमा प्रश्न उठाउनु पर्ने भयो । सन्दर्भ एउटा घटनासँग सम्बन्धित छ । आजै मात्र अनलाइन खबरमा एउटा समाचार पढेको थिएँ, मैले । समाचारको शिर्षकले नै मेरो ध्यान आकृष्ट गर्‍यो – ‘नेपाली चेली दुबईमा पक्राउ !’ समाचार अनुसार एक पाकिस्तानी युवासँगको ‘अवैध’ सम्बन्ध कारण त्यहाँको अदालतले नेपाली चेलीलाई एक वर्षका लागि जेल चलान गरेछ । समाचार पढ्दै गर्दा ‘इन्टरनेशन ट्रान्जिट’ का रूपमा विकास हुँदै गएको भनिएको संयुक्त अरब ईमिरेट्स जस्तो देशमा मध्ययुगिन कानुनी ब्यवस्था देख्दा टिठ लाग्यो मलाई, अनि गम्भिर पनि कि यो सोचेर – जहाँका डान्सबारहरूमा विभिन्न देशबाट युवतीहरू आयात गरिन्छ, नाँगा नाचहरू देखाइन्छ त्यो वैध छ । जुन देशको शेख, मोहम्मद विन रसिद अल जायद चालीस जनाका एक्ला पति छन्, त्यो पनि वैध छ दुवईमा । तर एउटी विदेशी कामदार युवतीले अर्को एउटा विदेशी कामदार युवकसँग यौन सम्बन्ध राख्नु ‘अवैध’ छ दुबईमा ! मलाई साँच्चिकै विरोधाभाषपूर्ण लाग्यो त्यहाँको कानुन ! हुन त संस्कार अनुसारको कानुन हुने हो । कति विदेशीहरू...

ख्वै मेरो यौनिक अधिकार ?

तस्बीर श्रोतः एफोरिक ब्लगस्पट डट फि हेलसिन्की सेन्ट्रल स्टेशनमा यात्रुहरुको राम्रै भिडभाड हुन्छ । र, प्रत्येक पटक म त्यहाँ पुग्दाँ विभिन्न दृश्यपरिदृश्यहरु देखेकै हुन्छु । जस्तो माग्नेहरुले बटुवाहरुबाट पैसा फुत्काउन प्रस्तुत गर्ने सृजनशीलता, एक्ला बृद्धबृद्धाहरु, तरुनी तन्नेरीहरु र हतार हतार हिडिरहेका मान्छेहरुको भीड । तर आज सयौं मान्छेहरुका बीच एउटा जोडी देखेँ, जो लिपिक्कै टाँसिएर दश मिनेटभन्दा बढी समय चुम्बनक्रिडामा ब्यस्त रह्यो । यी दृश्यहरु देखिरहँदा मलाई खासै अचम्म त लाग्दैन सायद बानी परिसकेको भएर पनि होला तर कताकता असहजताको अनुभूति चाँहि हुन्छ । सोच्दछु, कि सार्वजनिक स्थानमा जहाँ सयौं मान्छेहरु ओहोरदोहोर गर्दछन् त्यहाँ कम्तिमा पनि यतिधेरै स्वतन्त्रताको हक नदिएको भए पनि हुने परन्तु युरोप हो – यहाँ एउटा नागरिक अरु नागरिकहरुको अधिकार हनन् नहुनेहदसम्मका लागि आफ्नो स्वतन्त्रताको हक उपभोग गर्न स्वतन्त्र छ । र, यहि समय म मेरो देशको नागरिक भएको नाताले उपभोग गर्न पाउने अधिकार र यस विकसित देशका नागरिहरुलाई प्रदत्त गरिएका अधिकारहरुका बीच अनायाश तुलना गर्न पुग्दछु । बोध हुन्छ यस्तो पनि...

परदेश, नयाँ काम र पुराना यादहरु

कामदारको पोशाकमा आफैलाई कैद गर्दै परदेशमा ६ महिनासम्म कामविहिन भएर बस्नुको एउटा पिडा थियो, अब त्यो पिडा समाप्त भएको छ । र, नयाँ पिडा शुरु भएको छ – रोजगार हुनुको । हुनु त खुशि हुनु पर्ने हो – बेरोजगारी भएर बस्नुपर्ने दिन – विशेषगरी विश्वविद्यालयमा पठनपाठनको तालिका नभएको दिन र सप्ताहन्तका २ दिनहरुमा समेत बेफुर्सदी बनिने भइयो भनेर । तर, काम पाएर पनि धेरै त्यस्ता कारणहरु हुँदा रहेछन् जसले गर्दा बेखुशी हुनुपर्ने । कारणहरु फरक होलान्, भोगाईहरुमा भिन्नता होलान् तर त्यसबाट उत्पन्न पिडा करिवकरिव उस्तै हुन्छन् । मलाई यस्तो पनि लागेको छ, कतै प्रायः मान्छेहरुका काम पाउँदाका शुरुका दिनका अनुभूतिहरु सायद उस्तै पनि हुन्छन् कि ?  एकजना भाईको नजिकको सम्बन्धमा रहेका एकजना दाईले आफूले काम गर्ने ठाउँमा तीनजना अरु बेकामे मान्छेलाई काममा लगाईदिने अठोट गरेर प्रक्रिया शुरु गरेपछिबाट आरम्भ भएको छ – मेरो रोजगारीको कथा ! मैले अहिलेसम्म नदेखेका ती सज्जनले (काममा लागेको केहि महिनापछि वहाँसँग मेरो भेट भएको थियो) आफूले काम गर्ने कम्पनीका सुपरभाइजरलाई उनको सम्पर्कमा रहेका भाइसहित म र अर्को साथीको नम...

मेरा मित्र

जो रहनेछन् आजन्म प्रिय मेरा दिलभित्र सम्बन्ध छ जो सँग मेरो अति नै पवित्र सँगै हाँस्ने मेरा दुखमा आँशुसँगै झार्ने ती हरदम यादहरूमा ताजा ती मेरा प्यारा मित्र

अन्तिम लडाई, प्रचण्डहरू र सपनाहरू

केहि दिनदेखि सामाजिक सञ्जालहरूमा निकै नै बाँडिएको एउटा भिडियो रहेछ – “जित्नै पर्छ यो अन्तिम लडाई तिमीले लडेर...” बोलको जनवादी गीतको प्रस्तुती । सायद दशक अगाडिको हुनुपर्छ यो । क्रान्तिकारी कलाकारहरूले जिवन्त अभिनय रहेको भिडियो हेर्दाहेर्दै मेरो पनि आँशु झरे । मेरा केहि साथीहरू बताउँदै थिए – उनीहरू पनि उस्तै भावविभोर भएछन् ।  गीत त मार्मिक छदैँछ त्यसमाथि कलाकारहरूले कथात्मक तरिकाको प्रस्तुतीले जोकोहीलाई पनि छुन्छ । यसैकारण पनि कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक विभागको महत्वपूर्ण जिम्मेवारी हुन्छ । किनभने, गीतले योद्धाहरूलाई लडाइँ लड्न प्रेरित गर्दछ, किनभने गीतले जनताहरूलाई आन्दोलनको महत्व बुझाउँछ र सबभन्दा विशेष कारण किनभने गीतले अधिकांशलाई छुन्छ । मैले हेर्ने सौभाग्य प्राप्त गरेको उक्त भिडियोमा अर्को एउटा दुर्लभ दृश्य पनि देखेँ जसमा माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डका साथमा वर्तमान प्रधानमन्त्री एवं सशस्त्र विद्रोहका अर्का महत्वपूर्ण नेता डा. बाबुराम भट्टराई पनि सांस्कृतिक कार्यक्रममा यहि गीत माथि गरिएको प्रस्तुती हेरेर भक्कानिएर रोएका छन् । सारांशमा भन्दा, कार्यक्रम हेर्नलाई उपस्थित...

प्रित बुझेको मेरो साथी

हिजो म मित्र लक्ष्मीसँगै निवासतिर फर्किदै थिएँ, एकाएक प्रणय दिवसको बारेमा कुरो उठ्यो । प्रितलाई नै केन्द्रविन्दु बनाएर प्रित संवाद जारी रह्यो – करिब आधा घण्टासम्म । उनी प्रेमका राम्रा ब्याख्यता हुन भन्ने मेरो आफ्नै बुझाई छ, र मलाई विश्वास छ – उनी एक असल प्रेमी पनि हुन । आदर्शवादी प्रेममा विश्वास गर्ने मान्छे हुन उनी । तर यसको मतलब यो पनि हैन कि प्रेमलाई अनुभूत गर्न/गराउन परस्परमा उपहार आदानप्रदान हुनुहुँदैन वा त्यो एकदम भौतिक कुरो हो भन्नेमा उनी विश्वास गर्दछन् । हाम्रो आधा घण्टे प्रितसंवादमा प्रेमको खास मतलब उनले के लगाए भने “प्रेम” को अर्थ मात्र “प्रेम” हो, यसभन्दा पल्तिर विभिन्न उपविषय वा उपप्रसङ्गहरु जोडेर प्रेमलाई ब्याख्या गर्न मिल्दैन । वा हुँदैन ।  ऋणात्मक ४ डिग्री सेन्टिग्रेडको ठन्डीमा हामी हिडिरहेथ्यौं । फुसफुस हिउँ झरिरहेथ्यो । प्रणयदिवसका बारेमा हामी संवाद गरिरहेथ्यौं – झल्याँस्स मैले ६२ फाल्गुणको प्रणय दिवसको याद गरेँ । जतिखेर तल बेशीमा समेत हिउँ परेको थियो । र, एक हुल रित्ता ठिटाहरु हामी जामुनाखर्कको उकालो चढेथ्यौं हिउँमा रमाएर तस्बिर खिच्न । कल्पिदैँ – सायद म पनि कस...