उहाँ अर्थात मेरो छिमेकी दाई, हामी गोपाल दाई भन्थ्यौं । पछि उहाँको स्कुल भर्नाहुँदाको नामले बोलाउन थाल्यौं – प्रदिप दाई ! म भन्दा तीन÷चार कक्षा सिनियर दाई । विद्यालयका मेधावी छात्रहरु मध्ये एक । मलाई राम्ररी सम्झना छ– उहाँले प्रायः प्रथम वा द्धितिय स्थान हासील गर्नुहुन्थ्यो । कितावी ज्ञान मात्र हैन बाहिरी ज्ञान पनि राम्रो थियो उहाँको ! उहाँ मेरो सदनको टोली नेता पनि हुनुहुन्थ्यो । र, हामीहरु हाजिरीजवाफ प्रतियोगितामा सधैं पहिलो हुन्थ्यौं । म प्रायः उहाँकोमा गैरहन्थेँ । मेरो घरबाट एक मिनेट भन्दापनि कमको दुरीमा उहाँको घर अवस्थित छ । यसकारण पनि मलाई उहाँको घरमा आउजाउ गर्न सजिलो हुन्थ्यो । म भन्दा पाका उमेरकाहरुमध्ये प्रदिप दाईले नै हो मलाई पहिलो पटक “तिमी” भनेर सम्बोधन गरेको । सामन्यतयाः हाम्रो गाउँघरतिर आफूभन्दा सानोलाई तँ भनेर होच्याएर बोलाउने चलन थियो त्यतिखेर । एकदिन प्रदिप दाईलाई मैले प्रस्ताव राखेको थिएँ – “ल दाई अबदेखि म तँलाई तपाइँ भन्छु, तपाइँ मलाई तिमी भन्नुस ल !” र, उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो । त्यसदिनदेखि उहाँले मलाई ‘तिमी’को सम्बोधन गर्न थाल्नु...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।