फेसबुकमा कुरा हुँदै गर्दा एकदिन मैले उनलाई बताएथेँ – “तिमीबाट म निकै प्रभावित छु । तिमी मेरा जीवनका २८ प्रेरक ब्यक्तिहरु मध्ये एक हौं । तिम्रा बारेमा लेख्दैछु म ।” यसो भन्दा उनी रिसाईन । जवाफमा भनिन – “यदि तिमीले मेरा बारेमा लेख्यौ भने म सम्झने छु कि तिमीले मलाई सम्मान हैन दुव्र्यवहार गर्दछौ । सबभन्दा बढि घृणा गर्दछौ !” उनले यस्तो भन्दा मलाई दुख लाग्यो । सम्झाएँ पनि उनले मेरो कुरामा सहमत जनाईनन । तर मेरो उद्देश्य उनको आत्मसम्मानमा ठेस पु¥याउनु हैन । असम्मान गर्नुपनि हैन । साथी, मलाई माफ गरिदिनु मैले तिमीलाई आफ्ना प्रेरकहरु मध्ये एक ब्यक्तित्व नमानी रहन सकिनँ ! हो, मैले तिम्रा प्रेरणाहरुका खातिर केहि शब्दहरू अभिब्यक्त नगरी रहन सकिनँ ! कृपया सक्छौ भने माफ गरिदिनु ! स्नातकोत्तर तहको कक्षाहरु तर्किक हुनुपर्ने, बहसमुलक हुनुपर्ने, विचार विमर्श र तर्क वितर्क पनि हुनुपर्ने तर हाम्रो कक्षामा त्यस्ता केही अभ्यास उस्तो भएनन । हुन त पढ्दापढ्दै एक वर्षमा पलायन भएको मैले आद्योपान्त मूल्याङ्कन गर्न सक्दिनँ पनि तर बेलाबेलामा तिमीले कक्षा हुँदै गर्दा पोख्ने असन्तुष्टिहरुमा मेरो पनि सहमती थियो । त...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।