त्यस्तै दश वर्ष पहिले मलाई विदेशबाट दाईले फोन गर्दा मैले भनेको थिएँ – “दाई, सेकेण्ड लेफ्टीनेन्टमा देखिन खोजेको काठमान्डु जानु पर्ने !” दाईले सोध्नुभएथ्यो – “आठ हजारले पुग्छ ?” दश वर्ष पहिले आठ हजार मेरा लागि आठ लाख बराबर थियो । भोलीपल्ट दाईले पठाएको आठ हजार लिएर म काठमान्डु हानिएको थिएँ मित्र विनयसँग ! अनि बच्चै हुँदाको कुरो, म माग्थेँ – “दाई, त्यो हजुरको गोली भएको ज्याकेट मलाई हैं !” दाई भन्नुहुन्थ्यो – “अहिले चुपबस, म पछि दिन्छु, यो ज्याकेट मलाई कस्तो मन पर्छ !” त्यसको केहि समयपछि दाईलाई नै अत्यन्तै मन पर्ने ज्याकेट मैले पाएको थिएँ । खासमा दाई अर्थात मेरा मामाको छोराका थुप्रै राम्रा कपडाहरु लगाएको छु मैले बच्चा हुँदा । सायद जड्यौरी भनिन्छ त्यसलाई, तर मलाई दाईले त्यो मेरो हक जस्तै बनाईदिनुभएको थियो । जड्यौरी हैन ! भर्खर आइ कम पढ्दै गरेको मलाई, एकदिन दाईले सोध्नुभएको थियो – “टिथको सिङगुलर फर्म के हो ?” कसम मलाई त्यसको जवाफ आएन । अनि दाईले एकदम झपार्नु पनि भो – “तँलाई यत्ति आउँदैन, मेहनत गर, अंग्रेजी वीक छ तेरो !” त्यहि दिन हो मैले टिथको सिङ्गुलर टुथ भन्ने ज...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।