२०१२ को सेप्टेम्बरको दोश्रो सप्ताह हुनुपर्छ त्यो - म हेलसिन्कीबाट ४० कि.मी उत्तर पश्चिम अवस्थित यारभेनपा बस्थेँ । नेपालबाट अध्ययनका लागि फिनल्यान्ड आएको त्यस्तै दुई हप्ता चल्दै थियो । मेरो बसोबासको ब्यवस्था सबैजना नेपालीहरूसँगै एउटै अपार्टमेन्टमा थियो । अपार्टमेन्टका तीन कोठामा दु ईदु ई जनाका दरले बस्ने ब्यवस्था थियो । मसँग त पहिले नै कोठेसाथीको व्यवस्था थियो, हाम्रो कोठासँगै टाँसिएको अर्को कोठामा एकजना आ ई पुगेको थिएन । र, त्यो युवा सेप्टेम्बरको दोश्रो सप्ताहको एक दिन उसको एकजना फिनिस साथीको कारमा आफ्ना झिँटिगुम्टा लिएर टुप्लुकियो - यारभेनपामा ! लामो लामो कपाल, तिन्याउरो शरीर बोकेर फुकीढल प्राणी त भन्न नमिल्ने खाले तर करिब उस्तैउस्तै स्वरूपको प्राणी लाग्यो ऊ, मला ई ! नमस्कारको आदानप्रदान बाहेक केहि पनि भएन । उसले धेरै केहि पनि सोधेन । अलिअलि मैले र अरूहरूले सोध्यौ । विगत चारवर्षदेखि फिनल्याण्डमा बस्दै आएको उसले हामीहरूला ई घुलमिलको लागि सुबिस्ताको वातावरण बनाउँछ कि भन्ने लागेको थियो, तर शुरूकै दिनमा उसको खुलेर नबोल्ने बानीले मला ई निराश बनायो । मैले हतप्रद...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।