फिनिशहरू लज्जालु हुन्छन् । फिनल्याण्डका प्रायः आप्रवासीहरूले फिनिश नागरिकहरूकाबारे बनाएको करिब साझा धारणा हो यो । हुन पनि हत्त न पत्त फिनिशहरू कोहि अपरिचितसँग संवादको आरम्भ गरिहाल्दैनन् । तर रक्सीको नशामा भएका बेला फिनिशहरू जस्तो सामाजिक प्राणी अर्को सायदै कोही हुन्छ । अति नै कुरा गर्नुपर्छ यिनीहरूलाई - मातेको बेला । तर यसको अलावा फिनल्याण्ड र फिनिश नागरिकहरूबारे जान्नुपर्ने थुप्रै विषयहरू छन् । जस्तै -- समयको परिपालना समयको परिपालना गर्ने सवाल प्रायः विकसित मुलुकहरूमा सामान्य विषय नै हो । तर फिनल्याण्डका हकमा यो अति नै सामान्य विषय हो । कुनै पनि साथीलाई भेट्न तय गरिएको समय होस् या कुनै सेवाप्रदायक कम्पनीले फोन गर्छु भनेर अग्रिम रूपमा जानकारी गराएको समय होस् । त्यो प्रायः गरी ठ्याक्कै समयमैं हुने गर्दछ । कसैलाई पनि कुनै समय दिएपछि वा कसैबाट भेटघाट गर्ने एउटा निश्चित समय लिएपछि समयभन्दा २, ४ मिनेट अगावै पुग्नु राम्रै मानिन्छ । तर दिए या लिएको समयभन्दा ढिला हुनु उक्त ब्यक्तिको अनादर गर्नु सरोबर नै मानिन्छ । तसर्थः समयको परिपालना गर्न सिक्नु फिनिश समाजमा घुलमिल हुनका लाग...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।