Skip to main content

Posts

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

कथित जिन्दगी थकित भएको छ

आफ्नो पारामा जिऊन नपाईने, मनखुश गर्न नपाईने व्यक्तिभन्दाबढि व्यक्तित्वको भ्रमले छोपिएपछि साँच्चिकै मान्छे हुनै नमिल्ने हाय ! कथित ज़िन्दगी ! हाय !थकित जिन्दगी ! मुस्कुराउँदा - दम्भ घोप्ट्याएको आरोप लाग्ने डर ! दु:खी हुँदा - पराजित भएकोमा खिसीटिउरी होईने पीर ! बोल्दा - बुझक्कड भएको  आक्षेप खाईने नबोल्दा - आडम्बरीको पगरी पाईने हाय ! कथित ज़िन्दगी ! हाय ! थकित जिन्दगी !

फिनल्याण्डमा काम कसरी खोज्ने ?

फिनल्यान्डमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि जीवन निर्वाह गर्न जागिर खोज्नु चुनौतीपूर्ण काम हुन सक्छ। यस लेखमा, फिनल्यान्डमा जागिर खोज्ने प्रभावकारी तरिकाहरू र उपलब्ध स्रोतहरूको जानकारी प्रदान गर्ने हिसाबले संक्षेपमा तलको जानकारी प्रस्तुत गरेको छु । १. काम खोज्नुअघि विचार गर्नु पर्ने कुराहरू फिनल्यान्डमा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा काम गर्न अगाडि केही महत्त्वपूर्ण बुँदामा ध्यान दिनु पर्छः काम गर्न पाउने अनुमति : तपाईंको भिसाले कति समय काम गर्न अनुमति दिन्छ भनी सुनिश्चित गर्नुहोस्। सामान्यतयाः अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ३० घण्टासम्म काम गर्न पाउँछन्। तर छुट्टीको समयमा पूर्णकालिन कामदार सरह काम गर्न छुट छ ।  भाषा ज्ञान : अंग्रेजी मात्र बोलेर पनि केहि कामहरू त पाइन्छ, तर फिनल्याण्डमा ज्यादातर फिनिश भाषा जान्नेहरूलाई प्राथमिकता दिने गरेको यहाँ आएर काम गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव रहेको छ । जागिरको प्रकार : जागिरको छनोट गर्दा सकभर आफ्नो अध्ययनलाई असर नगर्ने खालका अंशकालीन (part-time) कामहरू चयन गर्न ध्यान दिनुस् । पहिले पहिले ...

Escaping to Serenity: 96 Hours in a Finnish Summer Cottage

ए पत्रकार, मलाई भनिदेउन् कि अनास अरेमेयाब अनास गलत छैनन्

विभिन्न व्यक्तिहरूका नितान्त निजी विषयहरूमा अनेक भातीका प्रश्नहरूले आक्रमण गर्ने, सम्बन्धित व्यक्तिको एक अभिव्यक्तिको अनेक अतिरञ्जनापूर्ण विश्लेषण गर्ने, र अनेक थरीका सस्ता शीर्षकहरू राखेर युट्युबमा भिडियो सामाग्री सम्प्रेषण गर्नेहरूलाई मेरा एक मित्र “सम्चारको बेपार गर्ने युट्युबे बुङ्गाहरू” संज्ञा दिनुहुन्छ । ती मित्रले बुङ्गा भन्नुको तात्पर्य के हुन सक्थ्यो ? म उति गम्भीरतापूर्वक लिँदैनथेँ । तर हालै आफ्नै जिल्लातिर केही युवाहरू क्यामेरा लिएर पत्रकारिताको लिगलिगेमा कुदिरहेको देखेपछि, बुङ्गाको अर्थको भेउ पाउन थालेको छु । बुङ्गा अर्थात् चिन्तन मनन गर्ने क्षमता गुमाएका व्यक्ति । अझै यसो पनि भन्न सकिएला कि चिन्तन मनन गर्ने बानी नै नभएका व्यक्ति । घानाका खोजमूलक पत्रकार अनास अरेमेयाब अनास (Anas Aremeyaw Anas) पत्रकारिता परिणाममुखी हुनुपर्ने बताउँछन् । आफ्नो अनुसन्धानमूलक पत्रकारीताका माध्यमबाट १०० भन्दा बढी न्यायधिसहरूलाई जागिरबाट हात धुन बाध्य पार्ने ल्याकत राख्ने पत्रकार अनासका अनुसार कुनै पनि पत्रकारको पत्रकारिता उसको आफ्नै समुदायलाई सबभन्दा प्रगतिशील तरिकाले प्रभाव पार्ने हुनुपर्छ । तर...

विधार्थी भिषामा फिनल्याण्ड कसरी आउने ?

उच्चशिक्षा अध्ययनका लागि विदेशिने सोच बनाउनु भएको छ भने, फिनल्याण्ड तपाइँका लागि उपयुक्त गन्तव्य हुन सक्दछ । एक अध्ययनका अनुसार सन् २०१८ को अगस्त सत्रका लागि फिनल्याण्डका विभिन्न अप्लाइड साइन्सेज युनिभर्सिटीजमा भर्नाका लागि आवेदन भर्नेहरूमा EU/EEA बाहेक अरू देशहरूबाट आवेदन गर्नेहरू मध्य सबभन्दा धेरै संख्या नेपालबाट थियो । सन् २०१६ सम्म कुनै पनि देशको विद्यार्थीलाई फिनल्याण्डमा कलेज फि लाग्दैनथ्यो । तर हाल शुल्क तिर्नुपर्ने व्यवस्था छ । शुल्क नै तिर्नु परे पनि तुलनात्मक रूपमा यहाँका केही कलेजहरूले कम शुल्क लिने गरेको पाइन्छ । त्यसका अलावा एक वर्षको लागि तोकिएको क्रेडिट पूरा गरेको खण्डमा निश्चित प्रतिशत शुल्क मिनाहा हुने व्यवस्था पनि छ । अतः कलेज शुल्क अलिकति महँगो हुँदैमा आत्ति हाल्नुपर्ने स्थिति नहोला ।   विद्यार्थी भिसा प्रक्रिया विद्यार्थी भिसाको लागि सबभन्दा पहिला यहाँको कुनै पनि कलेजमा भर्ना हुनुपर्ने हुन्छ । कलेज भर्ना वर्षमा २ पटक हुने गर्दछ । पहिलो अगस्त सत्रका लागि डिसेम्बर – जनवरीमा (१ महिनाभन्दा बढी नै) र दोस्रो जनवरीदेखि शुरू हुने सत्रका लागि सेप्टेम्बरको पहिलो पा...

फिनल्याण्डका बारे केहि रमाइला कुराहरू

फिनिशहरू लज्जालु हुन्छन् ।  फिनल्याण्डका प्रायः आप्रवासीहरूले फिनिश नागरिकहरूकाबारे बनाएको करिब साझा धारणा हो यो । हुन पनि हत्त न पत्त फिनिशहरू कोहि अपरिचितसँग संवादको आरम्भ गरिहाल्दैनन् । तर रक्सीको नशामा भएका बेला फिनिशहरू जस्तो सामाजिक प्राणी अर्को सायदै कोही हुन्छ । अति नै कुरा गर्नुपर्छ यिनीहरूलाई - मातेको बेला ।  तर यसको अलावा फिनल्याण्ड र फिनिश नागरिकहरूबारे जान्नुपर्ने थुप्रै विषयहरू छन् । जस्तै -- समयको परिपालना   समयको परिपालना गर्ने सवाल प्रायः विकसित मुलुकहरूमा सामान्य विषय नै हो । तर फिनल्याण्डका हकमा यो अति नै सामान्य विषय हो । कुनै पनि साथीलाई भेट्न तय गरिएको समय होस् या कुनै सेवाप्रदायक कम्पनीले फोन गर्छु भनेर अग्रिम रूपमा जानकारी गराएको समय होस् । त्यो प्रायः गरी ठ्याक्कै समयमैं हुने गर्दछ । कसैलाई पनि कुनै समय दिएपछि वा कसैबाट भेटघाट गर्ने एउटा निश्चित समय लिएपछि समयभन्दा २, ४ मिनेट अगावै पुग्नु राम्रै मानिन्छ । तर दिए या लिएको समयभन्दा ढिला हुनु उक्त ब्यक्तिको अनादर गर्नु सरोबर नै मानिन्छ । तसर्थः समयको परिपालना गर्न सिक्नु फिनिश समाजमा घुलमिल हुनका लाग...