काङ्ग्रेस, म्याग्दी र एउटा दावी
कहिलेकाही अप्रसाङ्गीक प्रसङ्गहरुले उधुमैसित मेरो मथिङ्गल हल्लाउँछन् । र, यो पटकपनि केहि दिनदेखि मेरो मगज उधुमैसित हल्लेको छ । यो सामान्य हल्लाई पनि होइन । सामान्य कम्पन भएको भए म यसरी बेचैनीपूर्वक यो लेखीरहेको हुनेपनि थिइँन । म यहाँहरुलाई निवेदन गर्दछु कि मेरो मनोविज्ञान त्यति सारो कमजोर छैन जस्तो एउटा जिर्ण घर दुई चार रेक्टर स्केलको भूकम्पको कम्पनलाई थेग्न नसकेर धराशयी हुन्छ ! र, दिमागी कम्पनको कारण हो – म्याग्दी काङ्ग्रेसका विद्वान (?) एवं जिम्मेवार पदाधिकारीको सार्वजनिक दावी । उनको दावी छ, कथंकदाचित संविधानसभाको दोश्रो चुनाउ भैहाल्यो भने म्याग्दीमा नेपाली काङ्ग्रेसले जित्नेछ !
दावीकर्ताले दावी गरे जस्तो उनको दावी पढेर न मलाई हाँसो उठ्यो न त तीतो नै लाग्यो । हचुवाको दावी मीठो लाग्ने कुरै थिएन त्यसकारण त्यो कुरो साँचो पनि लागेन । उनको दावीलाई नपत्याएको वा नपचाएको पनि होइन । बरु त्यो दावी पढ्दै गर्दा म्याग्देली काङ्ग्रेसीजनहरुको हलुका सोचाई र विश्लेषण अनि म्याग्दी काङ्ग्रेसका प्रचार विभाग प्रमुख एवं उक्त भ्रमपूर्ण दावीका दावीकर्ताको सार्वजनिक हुँकारप्रति टिठ लागेर आयो । सारै दया जागेर …