Skip to main content

Posts

विशेष पोष्ट

जग्गु दाईको नेपाल (न)डायरी

यो डायरी हैन् । यो नडायरी हो । थाहा छैन्, जग्गु दाईले सपनामा कहिल्यै फिनल्याण्डको भूभाग नदेखेर मैले जस्तै सधैं त्यहि ढोडेनी, घैयारा, बुढोचौर, मैले पढाएका स्कुल र मैले पौडी खेलेको च्यान्टेको ताल जस्तै चुहाडेको बन, बोक्सेको शितलो हावा, गाइघाटको उखुम गर्मी अनि बगुवा खोलाको बर्खे भेल मात्रै देख्नु हुन्थ्यो वा हुन्थेन् तर सधैं जसो हुने भेटमा वहाँले नेपालै फर्किने हो भन्न कहिल्यै छुटाउनु भएन् । चार पाँच बर्ष पहिलेसम्म हेलसिन्की शहरको व्यस्त चोकतिर अरू केहि साथीहरूसँग मिलेर दाईले एउटा नेपाली पसल चलाउनु हुन्थ्यो । दक्षिण युरोपका देशबाट आउने ताजा तरकारी देखि नेपाली मरमसलासम्म, लाटभियाबाट आउने बोकाको मासुदेखि भियतनाम, पाकिस्तानबाट आउने चामलका बोरासम्म वहाँको पसलमा पाइन्थे । ब्यापार राम्रै चलेको थियो, सबै साझेदारले यसै भन्थे । राम्रै नचलेको भए फिनल्याण्डजस्तो महंगो सञ्चालन खर्च भएको देशमा कुनै पनि पसल एक दशकसम्म कसरी चल्न सक्थ्यो ?  तर अचानक वहाँहरूले राम्रै चलिरहेको पसल बेच्नुभो । र, हाम्रो जग्गु दाईले आर्थिक भूगोल (Economic Geography) मा विद्यावारिधी गर्ने सोच्नु भो । दाईकै शब्दमा बुढेसकालक...
Recent posts

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...

क्रान्ति त रातो हुन्छ, नीलो त अश्लिलता!

फिनल्याण्ड आएको २ वर्षपछि म नेपाल पुगेको थिएँ । त्यसै बेला मलाई भाइले सुनाएको थियो, गाउँका दुई जना अलि बयस्क मानिसहरू जो सहोदर दाजुभाइ थिए, उनीहरूले "भूपेन्द्रले छोरालाई दलितको कोटामा फिनल्याण्ड पठाएको हो ।" भनेर हौवा चलाएका छन् ।  मैले भाइलाई भनेथेँ, "मानिसहरू त्यति नै बोल्छन् जति ति सोच्न सक्छन् !"  भाइले भन्दै थियो, "एकचोटी कुरा गर दाई, नभएको कुरा भन्दै हिड्नेलाई जवाफ दिएनस् भने झन बदनाम गर्दै हिड्छन् ।" मैले त्यो बेला भाइले भनेको कुरालाई खासै महत्व दिइनँ किनकी यस्तै एक आरोप सन् २०१० मा बेनी बजारको न्यूरोडमा त्यतिबेला मेरा एक मित्रले सञ्चालन गर्ने मझेरी नामको  रेष्टुरेन्टका ठीक अगाडि पट्टी एउटा क्रान्तिकारी पार्टीका दलित युवा नेताले मलाई भनेथे, "तपाइँ त नर्बे जाँदै हुनुहँदो रहिछ, बा नेता भएको राम्रै काम लागेछ !" ती क्रान्तिकारी मित्रले मलाई त्यसरी आत्मसम्मानमा नै चोट पुग्ने गरी भनेको ठीक ४ महिना अगाडि एउटा चिया पसलमा बालाई मैले रेडक्रसले अभिभावकले छनोट भएका खण्डमा नर्बे जान मञ्जुरी दिने व्योहोराको मञ्जुरीनामामा दस्तखत गराउन खोज्दा जिज्ञासाले भ...

मैले मेरो बा फिर्ता पाएँ

  आठ बर्ष पहिले संसदिय निर्वाचनको छेकोमा मैले बालाई फोन गरेको थिएँ । बाको फोन लगभग डेढ घण्टासम्म ब्यस्त रहेथ्यो,  त्यो दिन । पछि फोन गरेर थोरै दुखेसो पनि पोखेँ, "बा कति ब्यस्त के तपाइँको फोन ? डेढ घण्टामा बल्ल लाग्यो ।" "चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ ।" फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान गर्न सक्थेँ ।  पक्कै पनि अत्यन्तै धेरै खुशीले बाको मुहार धपक्कै बलेको हुनुपर्छ । दुई मिनेट चौतिस सेकेण्डको कुराकानीमा मैले अन्तिम प्रश्न गरेँ, "बा, जितिन्छ त चुनाव?"  बाले एक क्षण पनि नसोची उत्साह अनि थोरै आशङ्का भरिएको आवाजमा भन्नुभएथ्यो,” जितिएला नी!” चुनाव भो, बाले चुनाव पनि  जित्नुभो । दुई चरणमा भएको त्यस निर्वाचनको समयमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको आफ्नै पिताजी उम्मेदवार भएको निर्वाचन क्षेत्रको मतगणना पनि अर्को चरणमा निर्वाचन हुने अन्य निर्वाचन क्षेत्रको मतदान सम्पन्न भैसकेपछि मात्र सँगै हुने भएकाले म छिट्टै फिनल्याण्ड फर्किएथेँ । म फर्किनुको अघिल्लो साँझ, बाले मलाई, “अब ३ हप्ताको कुरो न हो बाबु, नतिजा आएपछ...

बर्षको अन्तिम बिजुली पत्र

प्रिय मित्र,  तपाइँको बिजुली पत्र पाउँदा साथ तपाइँलाई पत्रको जवाफ छिट्टै दिनेछु भनि मैले लेखी पठाएको इमेल पनि अब एक महिनाभन्दा बढि पुरानो भैसकेछ । थाहा छैन् मानिस किन कुन परिबन्धमा परिबस्छ? सायद यस्तै केहि परिबन्धमा म पनि परि बसेँ कि ? म पनि त आखिर मानिस न परेँ !  तर आज डिसेम्बर ६ तारिख बडो गज्जपको दिन जुरेछ, तपाइँलाई पत्रको जवाफ लेख्न बसेको दिन, यो सामान्य दिन मात्र हैन् फिनल्याण्डका नागरिकहरूका लागि, आज यिनीहरूको मुक्ति दिवस् । अर्थात रसियनहरूको शासनबाट फिनिसहरूले मुक्ति पाएको दिन ! आज यहि फिनिश स्वतन्त्रता दिवसको अवसरमा अस्तव्यस्तपूर्ण जीवनशैलीबाट अलिकति छुटकारा लिएर यो पत्र लेख्न बस्दैछु । करिब एक महिना पहिला म चालिसौं बर्षमा प्रवेश गरेँ । त्यसको हप्ता दिनपछि तपाइँको पनि त्यहि नै अवस्था भो । हामी दामली भएकाले पनि एकै समयमा बडो विचारणीय र उस्तै प्रकृतिका अनुभूतिहरू गरिरहेका हुन्छौं भन्ने मेरो ठनाइ छ । मैले उमेर बढ्दै गएपछि स्वतःस्फूर्त रूपमा परिपक्वता बढ्दै गएको हो कि भन्ने भान हुन थालेको छ । जस्तो उमेरसँगै भावनालाई काबुमा ल्याउन सकिन्छ भन्ने मेरो बुझाई रहेको छ । अलि पहिलेक...

भान्ता ट्राम: महत्वाकांक्षा कि व्यवहारिक परियोजना ?

✍ शेखर आचार्य सम्भवतः भान्ता नगरपालिकाको धेरै बासिन्दाहरु भान्ताको आफ्नै ट्राम  चलाउने महत्वापुर्ण र महत्वाकाक्षी परियोजना  बारेमा जानकार भइसक्नुभएको छ होला। यो परियोजना अन्तर्गत भान्ता नगरपालिकाभित्र अबको केहि वर्षमा लगभग १७ कि मि दुरीको ट्राम   सेवा सुचारु  हुने छ।  विशेषगरी तिक्कुरिला ट्रेन बिसौनी, पुस्तकालय र kielotie क्षेत्रमा भैरहेको निर्माण कार्यले ट्राम निर्माण कार्यको प्राथमिक चरणका काम झल्काउँछ।   भान्ता  नगरपालिकाले ट्रामलाइ एउटा गौरबको आयोजनाको रुपमा चित्रण गरेको छ, र बास्तबमै एउटा आधुनिक र उन्नत सहरको मापकको रुपमा ट्रामले राम्रो भूमिका खेल्न सक्दछ भन्ने बारेमा सायद कसैको बिमति नहोला । विश्वका विभिन्न ट्राम  संचालित शहरहरुको उदाहरण हेर्ने हो भने पनि सवारी साधनका बिकल्पमा ट्रामलाइ उत्तम मानिएको छ । ट्रामकै कारणले हाम्रै फिनल्याण्डको  ताप्म्पेरेको लोकप्रियता बढ्नु र  सबभन्दा आकर्षक शहरको रुपमा  चित्रित हुनुले फिनल्याण्डकै सन्दर्भमा पनि सकारात्मक प्रभाबहरु देखिनछन । र, यो उदाहरण यहाँका योजनाकारहरुका लागि...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...