Skip to main content

एउटा गल्ती, एउटा प्रश्न अनि साइबर जंकीहरू


पहिलो घटना सार्वजनिक हुँदा ती भाइले आफ्नो गल्तीलाई अस्वीकार गरिरहे । सामाजिक संजालमा देखिएका टिप्पणीहरू हेर्दा के बुझिन्थ्यो भने - उनले आत्मालोचित हुनै मानेनन् । यी युवाको वदनियतपूर्ण कर्मसँग एक युवतीको भविष्य जोडिएको थियो । 


उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा लिएकी ती गाउँले युवतीले यिनै भाइको विश्वासमा परेर रकम बुझाएकी थिइन - उनी विश्वस्त थिइन् - उनको भर्ना हुनेछ । परीक्षाको फाराम भरिनेछ, परीक्षा दिन पाउनेछु । परीक्षापछि के के गर्ने उनका आफ्नै योजनाहरू थिए हुनन, तर जब परीक्षाका लागि प्रवेश पत्र बुझ्न उनी गाउँबाट झरिन् । क्याम्पसमा पुगेपछि उनका आँशुहरू झरे ।  आँशुहरूसँगै उनका सपनाहरू पनि भुँइमा पछारिए, ती कम्तिमा पनि एकवर्षका लागि सम्हालिन नसकिने गरी टुक्रेका सपनाहरू थिए ।  ती गाउँले बैनीसँग आफ्नो गल्तीका लागि उनले माफि माग्न समेत उचीत ठानेनन् । बरू आफ्ना साइबर जंकीका बथान भेला पारेर सामाजिक संजालमा सुनियोजित षडयन्त्रको पाठको रटान लगाइरहे । अहँ उनले सुध्रने अठोट गरेनन् । 

फेरि अर्को उहि प्रकृतीको घटना बाहिर आएको छ । घटनामा उहि भाइ जोडिन पुगेका छन् । यो घटनासँगै सामाजिक संजाल विशेषगरी फेसबुकमा जोडिएका सचेत म्याग्देलीहरूले प्रश्न गर्न थालेपछि, यो विषयलाई म्याग्दीका संचार माध्यमहरूले पनि ठाउँ दिएका छन् । म्याग्दीका अनलाइन मिडियाहरूमा यस घटनाले ठाउँ पाउँदा मलाई आश्चर्य लागेको छ । आश्चर्य यस अर्थमा कि म्याग्देली मिडियाकर्मीहरूलाई खोजी पत्रकारितामा उति धेरै विश्वास छैन । प्रायः (सबै भन्न खोजेको हैन) संचारकर्मीहरूलाई के लाग्छ भने - समाचारले खोज्दै खोज्दै उनीहरूको डेराको ढोका ढकढकाउन आउनुपर्छ । तर यो घटनामा चाँहि सामाजिक संजालमा प्रश्न उठ्नसाथ संचारकर्मीहरू जर्याकजुरूक भए । ती भाइको तस्बीरसहित उनको कर्तुतको जानकारी मिडियामा छरप्रष्टै पारिहाले । गलत गर्ने ब्यक्तिको पनि इज्जत हुन्छ, उसको मानको पनि मनितो राख्दिनु पत्रकारीताको धर्मभित्र पर्छ भन्नेसम्म ख्याल गरेनन् । भोली यहि बेइज्जती सहन नसकेर गल्तीको प्रायश्चितका लागि अकल्पनिय कदम उठायो भने त्यसको जिम्मेवारी कसले लिने ?  प्रश्न अनुत्तरित नै छ । 


अब फेरि मुल प्रसंगमैं फर्कौं, त्यो भाइले यस्तो हर्कत गर्नुका विभिन्न सामाजिक, सांस्कृतिक र आर्थिक कारणहरू छन । पछिल्ला दिनहरूमा नेपाली समाजको चरित्र यसरी क्षयिकरण हुँदैछ कि समाजमा राजनैतिक वा प्रशासनिक जिम्मेवारीमा भएको मानिसले बदनियतपूर्ण काम गरेपनि ऊ समाजको बहिष्करणमा पर्दैन । विभिन्न प्रलोभनमा पारेर सिधासादा मानिसहरूलाई ठग्ने धन्दा समाजमा मौलाउँदो छ । त्यसैको दुष्प्रभावको मसिनो छायाँ त्यो भाइमा पनि पर्यो । दुःखद त के छ भने, हामी प्रायः उनलाई दुत्कारेर सहि बनाउने कोशिस गर्दैछौं । केहि उनका नजिकका भनौंदाहरू चैं - यस्तो भुलचुक त भैहाल्छ नी, भुक्नेहरूलाई भुक्न दे । भन्दै उनलाई झन जब्बर ठग बनाउन सघाउँदै छन् । फलतः भुलचुकका नाममा हुने ठगी संस्कृतिका रूपमा विकास हुने सम्भावना यथावतै छ । यस्तो हुनुको मूल कारण त हामीले जे छौ‌ं त्यो हुनुको नैतिक मूल्यलाई नजर अन्दाज गर्नाले नै हो । बिधार्थी नेताका नैतिक मूल्यहरूलाई कथित बिधार्थी नेताहरूले शिरोपर गर्ने संस्कार बसालिएको हुन्थ्यो भने इस् भाइले यस्तो गम्भीर त्रुटी सायदै गर्ने थिए । 


अझ महत्वपूर्ण विषय त यो छ कि, क्याम्पस स्थापना भएको करिब तीन दशक पूरा हुँदै गर्दा समेत म्याग्दी क्याम्पस पुरातन शैलीमा बामे सर्नुका कारण पनि यस्ता प्रकृतीका घटनाहरू दोहोरिनु कुनै आश्चर्यको कुरो होइन । कुनै एउटा बिधार्थीले भर्ना वा परीक्षा फाराम भर्न, शुल्क बुझाउन समेत स्वंय उपस्थित भएर वा अर्को कोही यस्तै कथित बिधार्थी नेतालाई अगाडि सार्नुपर्ने स्थितीको अन्त्य गर्नै नसकिने हो र ? डिजिटल भुक्तानीका विभिन्न माध्यमहरू एवं फारामका लागि समेत अनलाइन प्लेटफर्महरू (निशुल्क, सशुल्क) उपलब्ध रहेको स्थितिमा के क्याम्पस प्रशासन ती सुविधाहरू प्रयोग गर्न असमर्थ हो ? क्याम्पस सञ्चालक समितिमा रहेका युवाहरू अनुहारका मात्र युवा हुन् या सोंचका पनि ? कि ती युवा दिमागले इस् भाइले शुरूमै गरेको गल्तीपछि यस्ता त्रुटी नहुन दिन के गर्न सकिन्थ्यो ? भन्ने सोच्नै भ्याएन ! 


भनिन्छ, हरेकले सिक्नकै लागि गल्ति गर्ने छुट हुँदैन । इस् भाइको गल्तीबाट बिशेष गरी बिधार्थी नेता हुँ भनेर क्याम्पस प्राङ्गणमा असनको साढेंका झैं लिला देखाउने भाइहरूले सिक्नु जरूरी छ - अबको समयको नेता इमानले बनेको हुन्छ । बेइमान, ठग, चाकडीबाजको विशेषता नेताको हैन दलालको हो । नेता त्यो हो - जसले आफ्ना नागरिकका आँशुमा आफ्नो तस्बीर देख्तछ, र तिनका आँखा पुछिदिन्छ ताकी उनका नानीमा आफ्नो गर्विलो तस्बीर देखियोस् । दलालले चैं नागरिकका आँशुमा समेत अवसर देख्दछ । चेपारे भाषामा आम मानिसहरूलाई - मनका वह बगाउन अझ धेरै रूनुपर्छ भनेर उक्साउँदै उसले आँशुको व्यापार हुने बजार खोजेको हुन्छ । नेता बन्ने कि दलाल छनोट आ-आफ्नै !



Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...