Skip to main content

Posts

Showing posts from January, 2011

अन्त्यहिन सन्दर्भ.....

कांग्रेससँगको बैठकमा माओवादीनेताहरू मुस्कान दिदै । फोटोः नागरिक मितिः २०६७ माघ ११ गते स्थानः रिसोर्टमा हैन सन्दर्भः माओवादी र काङ्ग्रेस शिर्षस्थ नेताहरूको बैठक प्रस्ताबः राष्ट्रपतिले बुधबारसम्म म्यादरहने गरी सहमतिय सरकार निर्माणका लागि गरेको आव्हानको कदर गरी यथाशिघ्र निर्णय गर्ने, राष्ट्रिय सरकार निर्माणका लागि आधार निर्माण ! उपस्थितीः  प्रचण्ड, बैध्य, डाक्टर, काजि र बादल (माओवादीबाट) , कोइराला, शेर, सिंह, डाक्टर महत, रामचन्द्र र निधी (कांग्रेसबाट)। छलफलः शान्तिप्रक्रियाको आधा हिस्सा भएको र जनादेशअनुसार ठूलो दलको नेताले राष्ट्रिय सहमतिको नेतृत्व एमाओवादीले गर्नु उचित हुने माओवादी पक्षको अडान । शान्ति प्रक्रियाको थालनीमा नेपाली काँग्रेसको नेतृत्व भएकाले यसलाई सार्थक बनाउन पनि काँग्रेसको नेतृत्वमा सरकार बन्नु उचित हुने कांग्रेसको जिकिर । बैठकपछि सहभागीहरूको प्रतिक्रियाः राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियामा गम्भीर असर पुग्ने कुरामा ब्यापक छलफल भएको । राष्ट्रिय सरकार निर्माणमा दुवै दलका नेताहरू सकारात्मक र प्रतिबद्द प्रयास जारी राख्ने न...

छिःछिः लाज नभएका नकच्चराहरू !

प हिला तलका दुर्इ तस्बीरहरूमा ध्यानपूर्वक हेर्नुहोस् । यी दुर्इ तस्बीरहरू हुन् – नेकपा एमालेका झलनाथ खनाललार्इ तोरीको फूल देख्ने गरी चड्कन लगाउने देबिप्रसाद बाजेको साहसिक कार्यका लागि नेपाली नागरिकहरूको समर्थन र ऐक्यबद्भताका प्रतिकहरू । नेपाली जनताहरू मध्येका हालसम्मकै सर्बाधिक आँटिला ब्यक्तित्वका रूपमा देविप्रसादलार्इ विश्वभरी छरिएर रहेका नेपालीहरूले सम्मान दिए । उनै देविप्रसाद हिजो जो आफ्नो गाउँमा साधारण खेतिपाति गर्थे र गुमनाम प्रायः थिए, एकाएक चर्चामा आए । उनको मुक्तकण्ठले प्रंशसा गर्नेको ओइरो लाग्यो । विशेषतः विश्व बिख्यात सामाजिक सञ्जाल फेसबुकमा त उनि यसरी चम्किए कि करिब ७ हजार फेसबुक प्रयोगकर्ताले उनका लागि बनाइएको पृष्ठ मन पारे । त्यो पनि कुनै बिज्ञापनको सहायता बिना । देबिप्रसादको नामको वेभपेजको तस्बीर, जहाँ उनलार्इ सहयोग गर्नेहरूको नामवली समेत छ । देविप्रसादको लागि फेसबुकमा सृजना गरिएको पृष्ठ, जसलार्इ ७ हजार भन्दा बढीले मन पारेका छन् । उनको एक झापडबाट प्रभावित भर्इ एक जना नेपाली युवाले त उनको नामको वेभपेज नै खोलिदिए ।  डब्लुडब्लुडब्लुडटदेबिप्रसादरेग्मीडटइन्फो नामक...

शितल मात्र शितल !

बिधालयका प्र.अ टेकबहादुर थापा टिका लगाएर स्वागत गर्दै । शितल शर्मा, एक २५ वर्षिय युवती । मेरी सहपाठी । एउटै बिधालयमा कक्षा १ देखि ८ सम्मसँगै पढेका थियौं हामीले । पाँच कक्षासम्म यिनको नाम गुमनाम थियो विधालयमा । किनकी यिनको परिचय थिएन त्यतिखेर सम्म । मेरो परिचय बनिसक्या थियो, कक्षाको सेकेण्ड ब्वाए । पाँच कक्षाको जिल्लास्तरिय परिक्षा पछाडि उनी यसरी चम्किन कि प्रवेशिका परिक्षा उर्तिण गरिन्जेल उनलार्इ जित्ने कोही भएन । कक्षामा प्रथम । मानिसहरूले हामी दुर्इजनालार्इ कडा प्रतिस्पर्धीका रूपमा हेर्ने गर्थे । हामी थियौं पनि त्यस्तै । पाँच कक्षा पछाडि उनी फस्टको फस्ट म सेकेण्डको सेकेण्ड । प्रथम हुने उत्कट चाहनाका बाबजुद म  आठ कक्षा उर्तिण गरेपछि लागे बेनीतिर, मेरा सहपाठीहरूलार्इ छाडेर । शितल बनिन् प्रवेशिका परिक्षासम्म नम्बर एक ! प्रवेशिका उर्तिण भए लगत्तै उनी काठमान्डु गइन अरे अध्ययनका लागि भन्ने सुनेँ मैले । म बेनीमै थान्किएर बसेँ । त्यसपछि हाम्रो भेट खासै भएन । गाउँमा आएको बेला सुन्थेँ – ट्राभल एजेन्सीमा जागिर छ रे !

तस्बिरले नबोलेको एउटा कथा

ब्लगप्रेमी मित्रहरू, हामीहरूले सोचेका थियौं, यो तस्बीर हेरपछि यहाँहरू मध्ये धेरैको प्रतिक्रिया प्राप्त हुनेछ । तर हाम्रो अनुमान विपरित केही थोरै मात्र प्रतिक्रियाहरू प्राप्त भए । जेहोस् ती सबै अनुमान धेरै हदसम्म सत्यको नजिक छन् । खासमा यो तस्बीर हो - बि.सं. २०६५ चैत्र ९ गते आइतबारका दिनको । र, स्थान हो – म्याग्दी सदरमुकाम बेनीको जिल्ला अदालत अगाडि । सायद यो फोटोसँगै तल दाहिने पट्टीको तस्बिर पनि राखिएको भए यहाँहरूले घटनाका बारेमा अझ अरू सहि अनुमान लगाउन सक्नु हुन्थ्यो । अर्थात ६५ को चैत्र ९ गतेको दिन म्याग्दी जिल्लाका लागि एउटा बिशेष दिन बन्न गएको छ । '६० चैत्र ७ को प्रतिबिम्ब !  प्रतिक्रियास्वरूप नलेखे पनि कतिको अनुमान हुन सक्छ यो तस्बीर सडक ग्राभेलिङको हो ! तर यो कुनै पनि बिकासे कार्यक्रमसँग सम्बन्धित तस्बिर होर्इन । यसको सन्दर्भ अलि फरक छ - माथि उल्लेख गरेको दिन, वर्षमा एकपटक आउने एक अवसर हो – नेपालभरीका जिल्लाबासीका लागि । समग्र जिल्लाको बिकासको योजना तर्जुमाका लागि आयोजना हुने जिल्ला परिषद जिल्लाबासीका लागि चासोको विषय नहुने कुरै भएन । तसर्थः त्यो वर्ष म्याग्दी जिल्लाको जिल्ला ...

शक्तिखोर र सहमति-पत्र

शक्तिखोर- खासमा चितवनमा रहेको माओवादी सेनाका लडाकुहरू राखिएको स्थान हो । तर यसको केहि शाब्दिक अर्थ पनि छ भन्ने मेरो ठम्याइ छ । अर्थात शक्तिमा पुगेर आफ्ना बिरोधी वा आफूभन्दा फरक मत भएकाहरूलार्इ खोर (कालकोठरी) मा जाक्ने । अर्थात जसको शक्ति उसैको जीत !  तर कम्तिमा पनि राजनैतिक दलका नेताहरूले यसलार्इ यसरी कहिल्यै नअर्थाउन भन्ने मेरो अपेक्षा छ । किनकी यसमा हाम्रो भविष्यको सवाल छ । खैर, अर्थ जे जस्तो भए पनि आज माघ ८ गतेका दिन भब्य समारोह भएछ यहाँ । भन्न त दलहरूले यसलार्इ ऐतिहासिक दिन भन्न छुटाएका छैनन् । तर मेरो आशंका कुन स्वरूपको ऐतिहासिकताको ब्याख्या गरिरहेछन् यिनीहरूले भन्ने नै हो ! इतिहासका सबै तिथि मितिहरू ऐतिहासिक नै हुन्छन् । देशमा राणाशासनको शुरू हुँदाको कोतपर्वको दिन होस् वा १७ सालको राजा महेन्द्रको कू होस् वा २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डको दिन होस् के यी तिथीमितीहरू ऐतिहासिक छैनन् र ? विशिष्ट तर कुरो त्यो ऐतिहासिकताको पक्षको हुनुपर्छ । महत्वपूर्ण त यो छ कि त्यसको ऐतिहासिकता कति डरलाग्दो छ ? सरल भाषामा भन्दा, दलहरूले ब्याख्या गरेको आजको ऐतिहासिक दिनले समग्र देशको राजनीति ...

डकुमेन्ट्रीमा अटाएका युद्दका केहि पाटाहरू

डकुमेन्ट्री हेर्नका लागि उपस्थित दर्शकहरू यहाँ (नर्वेको ट्रोम्सो) मा चलिरहेको अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा अस्ति बुधबारका दिन एउटा नेपाली डकुमेन्ट्री साइलेन्सीङ द गन्स र त्यसैसँग सम्बन्धित सेमिनार आर्इ डु नट हेट माइ इनिमिजमा भाग लिने अवसर पाएको थिएँ । डकुमेन्ट्री यहाँस्थित प्रसिद्द विश्वबिधालय, ट्रोम्सो विश्वबिधालयको पिस एण्ड कन्फिलिक्ट म्यानेजमेन्ट विभागले पहिलो पटक निर्माण गरेको रहेछ । द्भन्दका समयमा नेपाली सेनाका एक अधिकारी क्याप्टेन (हाल सेवानिर्वृत्त मेजर) हेमलाल पुन माओवादीहरूको एम्बुसमा परि घाइते भएको कथादेखि गाउँमा रहेकी उनकी दिदी मायालार्इ विद्रोहीहरूले सताउने गरेको सन्दर्भ अटाएका छन् । उसो त पाल्पाका एक परिवारले द्भन्दका क्रममा आफ्नो कलेज पढ्ने छोरालार्इ सेनाले नियोजित रूपमा हत्या गरेको विषय पनि डकुमेन्ट्रीमा समावेश छ । तथापि डकुमेन्ट्रीको मुख्य विषय चाँहि दशवर्षे द्भन्दका क्रममा पनि एउटा पनि गोली नपड्केको गुल्मीको भार्से गाउँ (हेमलाल पुनको पुर्ख्यौली घर छ र दिदी माया समेत बस्दछिन) को वरिपरी घुमेको छ । त्यस गाउँको संस्कार, सहिष्णुता र हार्दिकताका पक्षहरूलार्इ समेत डकुमे...

दुर्इ फरक पात्रहरूः देबिप्रसाद र रूद्रप्रसाद

भरौल ३ का एक पूर्व एमाले कार्यकर्ता देविप्रसाद रेग्मीले झापड हानेको समाचार संचार माध्यमहरूमा प्रसारण भैरहदा मैले यहाँहरूसँग बाड्न खोजेको सन्दर्भ चाँहि अलि फरक छ । देविप्रसाद रेग्मीले त झलनाथ खनालको गाला मात्र चड्काए, तर म्याग्दी सदरमुकाम बेनीमा लामो समयसम्म छापाखाना मजदुरका रूपमा काम गरि पछाडि आफ्नै छापाखाना समेत सञ्चालन गर्दै आएका एक मजदुर तथा ब्यवबासी रूद्रप्रसाद शर्माले त देशको बिग्रदो परिस्थतिको एउटै मात्र दोषी राजनैतिक दलका शिर्षस्थ नेताहरू मात्र नभर्इ तीनमा संलग्न प्रत्येक नेता तथा सभासदहरू भएको जिकिर गर्दै आफू संलग्न छापाखाना मजदुर महासंघबाट राजीनामा दिएको बक्तब्य एक स्थानीय पत्रिकामा रकम खर्च गरेर विज्ञापनको स्वरूपमा नै प्रकाशित गरेका छन् । लामो संघर्षबाट एक स्थापित छापाखाना ब्यवसायी बनेका रूद्रप्रसाद शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् - विशेष परिस्थिति (आन्दोलनको भूमरी) अथवा चुनावी ऋतु बाहेक नेताहरुले हामी सर्वसाधारण मजदूर , किसान , विद्यार्थी आदि पेशागत नागरिकलाई कुनै वास्ताको विषय बनाउँदैनन् । विशेष परिस्थिति जस्तो आन्दोलन वा ढुंगामुढा गर्नु पर्दा यी दलहरुको मुख्य हतियार म...

एउटा क्यानेडियन फिल्मः इन्सेन्डिज्

ट्रोम्सो अन्तर्राष्ट्रिय फिल्म महोत्सबका अवसरमा मैले पाँच वटा फिल्मका लागि टिकट काटेको छु । र, आज मेरो पहिलो रोजार्इको क्यानेडेयिन फिल्म Incendies (फ्रेन्च भाषाबाट लिइएको शिर्षक जसको अर्थ हुन्छ ठूलो आगो वा प्रलय) हेर्न गएको थिएँ । यो फिल्मले मलार्इ धेरै ठाउँमा झस्काएको । मध्यपूर्वी एशियाको कुनै एक द्भन्दग्रस्त क्षेत्र (सम्भवत लेबनान) को पृष्ठभूमीबाट शुरू भएको फिल्म त्यसैको वरिपरि घुमेको छ । यसले युद्भग्रस्त क्षेत्रमा हुने भयाबह स्थितीलार्इ छर्लङ्ग पार्ने काम गरेको छ । मेरो बुझार्इमा यो फिल्मले दिन खोजेको मुख्य बिषयबस्तु भनेको युद्भग्रस्त क्षेत्रमा निर्दोषहरू कसरी पिडीत हुन्छन भन्ने नै हो । धार्मिक सहिष्णुतामा हुने स्खलनले कति भयावह स्थितीको सृजना गर्दछ त्यसले मान्छेहरूलार्इ कसरी अन्धकारतिर धकेल्दछ भन्ने विषयलार्इ समेत फिल्मले उठान गरेको छ । कथा यसरी शुरू हुन्छ- फोटो गुगलबाट लिइएको हो । एउटा द्भन्दरत देशको एक र्इलाकामा रहेको सानो पहाडि गाउँमा रहने एक क्रिश्चियन युवती नवल मोर्वान आफ्नै गाउँमै रहेको शरणार्थी शिविरको मुश्लिम युवकसँग प्रेममा फसेपछि गर्भवती हुन्छे र उक्त युवासँग बिबाह गर...

नेपालीमा च्याट कसरी गर्ने ?

मलार्इ सबै साथीहरूलार्इ नेपालीमा आफ्नो किबोर्ड मिलाएर फेसबुकमा नेपालीमा च्याट गर्न मन लागेको र इमेल पनि नेपालीमै लेख्न मन लागेको सुनाए पछि, हाम्रो नेपाली राष्ट्रियता केही माथी उठ्न सक्ने देखेपछि सम्पूर्ण नेपालीहरूका लागि यो कोसेली स्वरूप यो सुचनाजन्य लेख ल्याएर उपस्थित भएको छु । सबभन्दा पहिले मदन पुरस्कार गुठीको वेभसाइट  http://www.madanpuraskar.org/  खोल्ने । तत्पश्चात ः तल चित्रमा प्रस्तुत गरिए झै डाउनलोड बटनमा थिच्ने । त्यसपछि, तल चित्रमा गोलो घेरो लगाएकोमा ठाउँमा क्लिक गर्ने । त्यसपछि, तपाइँले तल चित्रमा देखाइए झै देख्नुहुनेछ । र नेपाली युनिकोड डाउनलोड गर्नका लागि फेरि पनि गोलो घेरो लगाइएको ठाउँमा क्लिक गर्नुहोला । चित्रमा दुर्इ ठाउँमा घेरो लगाइएको छ, त्यो यहाँको आवश्यकता अनुसार रोज्न पाउनुहुनेछ । अब डाउनलोड भएको फाइल खोलेर आफ्नो कम्प्युटरमा इन्सटल गर्नुस । तत्पश्चात ः अब बाँकी रहेको काम तल क्रमैसँग चित्रमा हेरेर गर्नुस । नोट ः सबै गरिसक्दा पनि भएन भने कम्प्यूटर एकपटक बन्द गरेर फेरि खोल्नुस । नेपाली र अंग्रेजी परिवर्तन गरी घरी ...

आर्इफोन भेट्टाए तपाइँ के गर्नुहुन्छ ?

पहिला यो तलको भिडियो हेर्नुस् । यहाँ भएको कुराकानीलार्इ ध्यान दिएर सुन्नुस् अनि तलको कमेन्ट बक्समा हजुरको प्रतिक्रिया लेख्न नबिर्सनुस् कि मान्छेहरू यति बिधि इमान्दार पनि भेट्टिन्छन त ? यि भिडियोमा देखिएका ब्यक्तिको नाम थियोड्रस हो । उनी मसँगै एउटै भवनमा भाडामा बस्छन् । मेरो ख्यालमा यिनी शरणार्थीका रूपमा नर्वे आएका हुन् । र, अहिले यिनीसँग नर्वेमा बस्ने स्थार्इ अनुमतिपत्र छ । हिजो आर्इतबार (जनवरी १६) का दिन यिनले मेरो ढोका ढक्ढकाए । मलार्इ लाग्यो - सायद पुस्तकालयबाट आफूले हेर्नको लागि ल्याएका केहि भिडियोहरू मलार्इ दिनका लागि यिनी मेरो कोठामा आएका हुन । प्रायः सधैं गर्छन् पनि यिनि यस्तै । कि, आफूसँग भएका चिजबिजहरू सरसापट गर्नमा यिनी कुनैप्रकारको दुःख मान्दैनन् । तर यो पाली कोठामा छिर्ने बित्तिकै यिनले एउटा आइफोन देखाउँदै भने - यि मैले यो भेट्टाए नि ! मैले उनको हातबाट हतपत लिदैँ वल्टार्इ पल्टार्इ हेरेँ, त्यसमा केहि खराबि थिएन । त्यो लोभलाग्दो आर्इफोन थियो । दुवैले मिलेर त्यहाँ भित्रका केहि फोटाहरू हेर्यौ । र, अनुमान पनि गर्यौ त्यो सायद २५/२६ वर्ष उमेरको युवाको हुनुपर्छ । मलार्इ आईफोन सारै ...

संस्कार आफ्नै-आफ्नै, यो नर्वे त्यो नेपाल

 मेरो खुशिः आफ्नो गर्भमा भएको बच्चाको  तस्बीर देखाउँदै हन्ना हन्ना अर्थात मेरो सम्पर्क ब्यक्ति । मैले कुन दिन के गर्नु पर्ने हो त्यो कामको योजनाकार ! वा, नेपालमा भएको भए मेरो हाकिम ! तर यहाँ चाँहि उनि मात्र सम्पर्क ब्यक्ति । हाकिमपारा खोजेर पनि भेट्न गार्हो । उनी कार्यालय छिर्दा म मेरो कुर्सीबाट उठेर विनित हुँदै अभिवादन गर्नु पर्दैन् । जसले पहिला देख्यो उसले अभिवादन गर्ने । काइदाको रीति भएको देशमा जन्मेकी एक नारी ! आज मुहारभरी नै खुशि बोकेर उनि कार्यालय छिरेकी थिइन । हातमा सानो कागज पनि बोकेकी थिइन, उनले । उनि सरासर मतिर आइन । र, आफूले ल्याएको कागज देखाउँदै भनिन् ‍‑ मेरो बच्चाको अवस्था सामान्य छ । म लाजले पानी पानी भएँ । यस्तै कुनै दिन थियो – जतिखेर मेरी श्रीमती पनि गर्भवती थिइन । र, हामी दुर्इजना लाजले पानी पानी भएका थियौं- कि जतिखेर हामीलाई थाहा लाग्यो - हामी बाबा आमा बन्नेवाला छौं । यस्तो बेलामा परिवारका अन्य सदस्यहरूसँगै बसेर हामी दुर्इजनाले  गर्भमा भएको बच्चाको अवस्थाका बारेमा छलफल गर्नु पर्ने थियो । तर नढाँटेर भन्नुपर्दा त्यतिखेर हामीलार्इ धेरैले भनेका थिएँ – बिह...

भो कुरै नगर

भेटिए कति मान्छे बिचित्र भो कुरै नगर राम्रा नराम्रा कस्ता चरित्र भो कुरै नगर आफ्नैको अवनति चिताउने नगरमा तिम्रो कि मेरो मन पवित्र भो कुरै नगर घात गर्छन आफन्तैहरू भर कसैको नपर्नु हुनु कसरी तिम्रो म मित्र भो कुरै नगर आज हुने भोली हुँदैन  फेरिन्छन्  साथ छिनमै को छ उनको दिल त्यो भित्र भो कुरै नगर

अँध्यारो राष्ट्र, अँध्यारो राष्ट्रियता

मैनबत्तिको उज्यालोमा खोज्दै छौ हामी देश - म र साथीहरु बिनय अनी अनन्त मलाई आधिकारीक जानकारी त भएन तर कुनै सज्जनले कुनै दिन मलाई भनेका थिए – न्यूयोर्कमा कहिले हो, केहि समयका लागि विद्युतीय सेवा अबरुद्ध भएको थियो रे र त्यसपछि त्यहाँ कहिले त्यस्तो भएको छैन् । अनि उनले यो पनि भनेका थिए कि त्यो घटना घटेको पनि दशकौं भैसकेको छ, तर यसपाली काठमाडौं पुग्दा नपुग्दा मैले राजधानीमा अझै हुदैँ आएको लोडसेडिङ्लाई नजिकैबाट अनुभव गरेँ । अनि म भित्रको राष्ट्रियता यसरी अँध्यारिदैं गयो कि त्यो कहिले उज्यालो हुने हो मैले अनुमान गर्न सकिरहेको छैन् ।

मलाई लागेको अन्तिम बिकल्प

यसको बारेमा अब केहि पनि सोच्दिन, लेख्दिन भन्छु ‍- धर नै पाउँदिन् । थाहा छ- मैले जति लेखेँ पनि, चिच्याएँ पनि वा चिन्ता गरेपनि हुने कुरा नभैकन छाड्दैन तर पनि बर्बराउन छाडेको छैन् – मैले । यहाँहरूले अनुमान पनि गरिसक्नु भयो सायद, हो मैले कुरा गर्न खोजेको विषय हाम्रो देशको राजनीतिको विषय ! सत्तामा पुगेर देशमा महाराज बन्ने महत्वकांक्षा पालेकाहरूको विषय ! यहाँहरू धेरैले जस्तै बडो ब्यग्रतापूर्वक मैले पनि आजको दिनलार्इ प्रतिक्षा गरिरहेको थिएँ । लाग्छ, मेरो पर्खाइ यहाँहरूको जस्तै ब्यर्थ बन्न थालेको छ । यो ब्लग लेखिरहँदा आज निश्चित गरिएको प्रधानमन्त्री निर्वाचनको १७ औ श्रृङ्खलाको मिति सार्ने वा आजै गर्ने बिषयमा बृहत छलफल चलिरहेको थियो ! लाग्छ, यिनीहरू बैठक चाँहि बस्दछन् तर निर्णय गर्ने क्षमता छैन् यिनीहरूमा ! समय र सामुद्रिक लहरले मान्छेहरूलाई पर्खदैन भन्ने तथ्य यिनीहरूले किन बिर्सिरहेका होलान् ? म सधैँ बिलखबन्दमा पर्ने गर्दछु – खास किन अनिर्णित बन्छन् यिनीहरू ? नयाँ नेपालको दुहाई दिदै, राजनीतिमा सधैं किन फोहोरी चालबाजी गर्नमै ब्यस्त हुन सकेका ? ६ महिना बितिसक्यो देश सरकारबिहिन अवस्थामा रहेको...