Skip to main content

आर्इफोन भेट्टाए तपाइँ के गर्नुहुन्छ ?

पहिला यो तलको भिडियो हेर्नुस् । यहाँ भएको कुराकानीलार्इ ध्यान दिएर सुन्नुस् अनि तलको कमेन्ट बक्समा हजुरको प्रतिक्रिया लेख्न नबिर्सनुस् कि मान्छेहरू यति बिधि इमान्दार पनि भेट्टिन्छन त ?
यि भिडियोमा देखिएका ब्यक्तिको नाम थियोड्रस हो । उनी मसँगै एउटै भवनमा भाडामा बस्छन् । मेरो ख्यालमा यिनी शरणार्थीका रूपमा नर्वे आएका हुन् । र, अहिले यिनीसँग नर्वेमा बस्ने स्थार्इ अनुमतिपत्र छ । हिजो आर्इतबार (जनवरी १६) का दिन यिनले मेरो ढोका ढक्ढकाए । मलार्इ लाग्यो - सायद पुस्तकालयबाट आफूले हेर्नको लागि ल्याएका केहि भिडियोहरू मलार्इ दिनका लागि यिनी मेरो कोठामा आएका हुन । प्रायः सधैं गर्छन् पनि यिनि यस्तै । कि, आफूसँग भएका चिजबिजहरू सरसापट गर्नमा यिनी कुनैप्रकारको दुःख मान्दैनन् ।
तर यो पाली कोठामा छिर्ने बित्तिकै यिनले एउटा आइफोन देखाउँदै भने - यि मैले यो भेट्टाए नि ! मैले उनको हातबाट हतपत लिदैँ वल्टार्इ पल्टार्इ हेरेँ, त्यसमा केहि खराबि थिएन । त्यो लोभलाग्दो आर्इफोन थियो । दुवैले मिलेर त्यहाँ भित्रका केहि फोटाहरू हेर्यौ । र, अनुमान पनि गर्यौ त्यो सायद २५/२६ वर्ष उमेरको युवाको हुनुपर्छ । मलार्इ आईफोन सारै मन पर्यो र मजाकको शैलिमा (सस्तोमा पाए किन्ने बिचारले) आईफोन मलार्इ बेच्नका लागि अनुरोध गर्न बिर्सिन् । तर मैले ३००० क्रोनर नगद दिदाँ पनि उनले त्यो आईफोन दिन मानेनन् । बरू उनिसँगै त्यो आईफोन बुझाउनका लागि प्रहरीकोमा जान अनुरोध गरे । म त तिन छक्क !
उनको जिकिर थियो - आर्इफोनमा रहेका दस्तावेजहरू उक्त आर्इफोन हराउने ब्यक्तिको जीवनसँग सम्बन्धित  महत्वपुर्ण चिजहरू हुने भएकाले आफूले त्यो आर्इफोन हरहालतमा प्रहरिकोमा बुझाउनु पर्छ । यो भिडियो खिचिसके पछि उनले त्यही आईफोनमा सुरक्षित एउटा नम्बरमा फोन गरे र उक्त आईफोन आफूले भेटेकाले सम्बन्धित ब्यक्तिलार्इ खबर गरिदिन अनुरोध गर्दै उक्त आर्इफोन आफूले प्रहरीकोमा बुझाउने जानकारी गराए । 
मलार्इ अचम्म लाग्यो, साँच्चि मान्छेहरू पनि अनौठा अनौठा भेट्टिदा रैछन् गाँठे ! साथि थियोड्रसको कदमलार्इ उच्च सम्मान गर्दै यहाँहरूलार्इ मेरो प्रश्न - सायद त्यो आर्इफोन यहाँले भेट्टाउनु भएको भए चाहिँ के गर्नुहुन्थ्यो नी ? सायद मैले .............!

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...