Skip to main content

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।

        दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दैछु । त्यसो गर्दा अलिअलि लाज र संकोच त लाग्ने नै भो, लागेपनि संकोच निराश नभै म ती सबै पचाउने कोशिस मैं छु । उसो त "कोशिस गर्नेहरूले कहिल्यै हार्दैनन्" भन्ने यो प्रेरणादायी वाक्य कुनै बैंकको व्यवसायिक विज्ञापनमा सुनेको हुँ, तर परिस्थितीको दास भएको अवस्थाको स्वीकारोक्तिका साथ निसंकोच लाज पचाउने कोशिस गरेर मलाई जित्नु पनि केहि छैन । त्यस प्रकारको जितले दिने खुशिमा म आफैं खुशि हुन सक्दिनँ, आफै खुशि हुन नसक्ने जितमा मलाई कुनै दिलचस्पी छैन । 

       उसो त सामाजिक संजालबाट बाहिरिएपछि धेरै साथीभाइहरूसँग सञ्चार सम्पर्क विच्छेद भएको छ । तर उनीहरूसँग बिताएका पलहरू मस्तिष्कबाट नामेट भएको छैन । त्यसैले होला, बेलाबखत बर्षौसम्म सञ्चार सम्पर्क नभएका साथीभाइहरू पनि सपनामा देखिदा रहिछन् । सपना देख्दै गर्दा निन्द्रामैं यो सपना देखिरहेछु भन्ने महशुस गर्ने अपत्यारिलो क्षमता मसँग छ । तर फेरि त्यही सपनामा हजारौं माइल टाढाको यो भूगोल मेरो ढुंगेपालीको सेरोफेरोबाट नजिकै छैन भन्ने यथार्थ महशुस गर्नलाई म त्यो गहिरो निन्द्राबाट ब्युझिनु नै पर्ने किन हो? मैले बुझ्न सकेको छैन, अझै । तरपनि जीवनमा मैले बुझेको चाँहि दूरी केवल मानसिकतामा भर पर्ने गणितीय माप न हो । त्यस्तो गणितीय माप, जसले भौतिक रूपमा नजिकै भए पनि परिस्थितीले कोशौं बनाउने अवस्था वा भौतिक दूरीले टाढा भएपनि सम्झनाले नजिकै ल्याइपुर्याउने क्षमता राख्दछ । 

        "भेटेर कफि पिउनुपर्छ । " मेरो जन्मदिनको एकदिन अगाडि भनेथ्यो एक जना भाइले जो बस्दछ मभन्दा तीन बिसौनी परको ठाउँमा । बितिसकेछन् करिब ७ हप्ता, भेट्ने सल्लाह भएको पनि । उसले यो बिचमा कति पियो कफि म यसै भन्न सक्दिनँ, तर घरबाहिर किनेर १७ कप कफि त मैले पिइसकेको छु यस बिचमा, तर पनि उसँग सँगै कफि पिउने साइत जुरेको छैन । यहि समयकै बिचमा त हो पछिल्लो ७ महिनासम्म संवाद हुन नसकेको एक मित्रले अमेरिकाबाट सोधपुछ गरेकी थिइन् मेरो हालखबर मेरी पत्नीसँग । ७ महिनापछि एक्कासी म आएँ उनको सम्झनामा जसरी उनी र अरूहरू आउँछन् मेरा सम्झनामा । धेरैपछि संवाद भो उनीसँग । स्मृतीले आफ्नै आवाजमा हालखबर मेरो सोधी पठाएकी हुनाले उनको कुशल मंगलको खबर मैले उसैगरी सोधी पठाएथे मैले पनि मेरी श्रीमतीको म्यासेन्जरबाट, " म निकै छु, धेरैपछि पनि याद गर्नुभएकोमा धन्यबाद । तपाइँलाई कस्तो छ?" पछि म झसङ्ग भएँ, जब उनले हकारिन् उताबाट "हैन् कहिलेदेखि तिमीले मलाई तपाइँ भन्न शुरू गर्यौ?" सायद सञ्चार सम्पर्क पातलिदै जानथालेपछि सम्बन्धहरू पनि औपचारिक हुन पुग्ने रहिछन् कि ? तँ र तिमी भनेर बोलाइनेहरूलाई तपाइँ भनिदै गइदो रहिछ कि ? स्मृती यदि तिमी यो पढिरहेकी छ्यौ भने मेरो वाचा भो, म तिमीलाई तपाइँ भन्ने छैन उप्रान्त । तर "कफि पिऔँला मिलाएर" भन्ने अनि समय मिलाउन नसक्ने भाइ यदि तिमी यो पढ्दैछौ भने बुझिराख्नु तिमी यत्ति कि तपाइँ तिमीलाई भन्नुपर्ने हुनसक्छ, उप्रान्त । 

        यो ब्लग जे लेख्छु भनेर शुरू गरेको थिएँ, त्यो आज लेख्न सकिनँ (कुनै दिन सायद लेख्छु कि ?) । लेख्दै जानेक्रममा कफि पिउँला भन्ने भाइ र अमेरिकामा बस्ने साथी स्मृती बिचैमा कताबाट छिरे, मैले पत्तो पाइँन । तर अर्को ब्लग म कि बिजुलीपत्रको नियमित (मेरै कारणले अलिकति अनियमित हुन गएको छ अहिले) आदान प्रदान हुने मेरा मित्र मुक्ति गुरू या दिनकै एकपटक जसो व्हाट्स अप कलमा कुरा हुने भाइ (जो कहिले नेपाल, कहिले विदेश कहाँ हुन्छन् मैले मेसो पाउँदिन) रमेशसँगको मेरो घनिष्टताका बारे लेखुँला । वा अरू नै केहि । पछिल्ला वर्षहरू जस्तो बर्षमा एउटा ब्लग पोष्ट मात्र हुने ब्लग यो बनाउने छैन । वाचा भो अंग्रेजी नयाँ वर्ष २०२५ मा सके २५ नभएपनि चारपाँच ब्लगपोष्ट लेख्नेछु । 

उहि

जिजुको पालादेखिको स्थायी ठेगाना ढुंगेपाली टोलमा आफ्नै मेहनतले बनाएको पक्की घरको दैलोभित्र छिरेर बाँकी जीवन बिताउन चाहेको इश्वरका अद्वितिय परम भक्त शेरबहादुर थापाको नाती, भूपेन्द्रबहादुर थापाको छोरो , एन्जल, अभियन्ता र अक्षर थापाको बाबा वर्ष ३९ को नीराजन (बहादुर) थापा ।

Comments

  1. Daami daju ❤️. Padda sarai ramailo lagyo. Aaba regular aawos daju ko blog. Bideshi naya barsha ko yei subhakamana chha hai daju lai.
    Yestai ramra ramra creation haru padna paiyos 💪.

    ReplyDelete
    Replies
    1. भाइको माया यस्तै गरी रहिरहोस् आउने दिनहरूमा पनि। राम्रो राम्रो लेख्ने मेरो प्रयास रहिरहनेछ।

      Delete
  2. Utkirstha lekh dai❤️ aru thap blog ko lagi shubhakama (coffee chai khadina chiya khana chai ma Auxu😅😅)

    ReplyDelete
    Replies
    1. धन्यवाद बहिनी ब्लग पढेर प्रतिक्रिया दिएकोमा। छिट्टै तिमी यता आएपछि मजासँग घरमै बनेको नेपाली चिया पिउँला नि।

      Delete
  3. Afnai kahani jasto lagyo sir, Sarai ramro.Chitai arko ayos hai sir🙏

    ReplyDelete
    Replies
    1. हजुर हो नी। धन्यवाद हजुरलाई पनि ।

      Delete
  4. प्रिय गुरु, बिहान मोबाइल बित्तिकै नयाँ ब्लग सिनित्तै पारें , मलाई यसैपनि तपाईंको लेखाइ मनपर्छ तर धेरै पछि लेख्नुभएकोले होला भाषागत त्रुटि अलि थपिएका छन् । आगामी आलेख खा ख्याल गर्नुहोला ।

    ReplyDelete
    Replies
    1. हजुर गुरु नमस्कार। यहाँको टिप्पणीका लागि हार्दिक आभार। यहाँले भने जस्तै आगामी आलेखहरूमा सकेसम्म कमभन्दा कम भाषागत त्रुटिहरु होऊन् भन्ने सतर्कता अपनाउने कोसिस गर्नेछु।

      Delete
  5. Sarai ramro lagyo daju😍😍उत्कृष्ट

    ReplyDelete
    Replies
    1. धन्यबाद प्यारो भाइ।

      Delete
  6. प्रिय साथी निराजन तिम्रो लेख पढे खुशी लाग्यो , तिम्रा कलम रोकिएका रहेनछन, हेरन कति मिठा सम्बन्धहरु यसरीनै बिलिन हुन्छन सुत्दा सम्झियो उठ्दा बिर्सियो , काम र कर्तब्यले हामीलाई खान्छ ! मैले तिमीलाई एउटा राम्रो साथी जो एकदम नै जिज्ञाशु मिहेनेती र तलेंत थियो भनेर सम्झिन्छु तिमी तिमि संग केहि कुरा सिक्ने लोभ पनि राख्छु , अनि तिम्रो साना साना तिना कुरामा निस्फिक्री कराउछु! मेरो चाहना बेनी हुदा को त्यो साहित्तिक पपेर होस् वास रत्नेचौरका कार्यक्रम, तिम्रो सक्रियता त्यस्तै रहोस भन्ने हो तर समय उस्तै पनि त हुन्न फेरी तिमि सबै देखि टाडा हुनुको पनि त सहि कारण रहेछ नि त सो तिम्रो गन्तब्य मा चाडै पुग शुभकामना अनि नि तिम्रो प्यारी मायालाई धेरै धेरै माया

    ReplyDelete
    Replies
    1. तिमीले भने जस्तै उमेरसँगै सक्रियता र सृजनशीलताले पनि पृथक स्वरूप लिँदा रहेछन् । व्यस्त समयका बाबजुद पनि समय छुट्टाएर, ब्लग पढिवरी यति मीठो प्रतिक्रिया दिएकोमा तिमीलाई हृदयदेखि आभार प्रकट गर्न चाहेँ, प्रिय साथी स्मृती।

      Delete
  7. मन छुने शब्दहरू, काजीसाब जारी राख्नुहोस्, भविष्यमा पनि यस्तै खालको अझै धेरै ब्लग पढ्न पाउने आशा छ

    ReplyDelete
    Replies
    1. ढिलो आयो कडा आयो भने जस्तो भो स्वामीजी । व्यवस्ताका बाबजुद प्रतिक्रिया व्यक्त गर्नुभएकोमा धन्यबाद । राधे राधे ।

      Delete
  8. दाम्मी छ बन्धु । अझै राम्रो राम्रो लेख्तै जानु ल।

    ReplyDelete
    Replies
    1. ओहो धन्यवाद कहाँको बन्धु पर्नुभयो ।?

      Delete
  9. लेख उत्कृष्ठ लाग्यो। बिदेशमा स्वदेशी मनहरुको साझा चौतारी पस्केको मा देस फ्रकिनेको लर्कोलागला जस्तो देखियो त वाइ्।

    ReplyDelete
    Replies
    1. हजुर के छ त नि विचार फर्किनु पर्यो अब सँगै। मन अडिएला जस्तो छैन यता।।

      Delete
  10. Dear Nirajan ji,
    तपाईंको यो लेखले मेरो मन निकै छोयो। शब्दहरू यति जीवन्त र गहिरो छन् कि पढ्दा लाग्छ, म पनि तपाईंको यात्रामा सहभागी छु। परदेशको पीडा, सम्झना, र सम्बन्धहरूको परिवर्तनले मेरो आफ्नै जीवनका केही पलहरू झल्काइदियो। 'बार्ह वर्षमा खोलो फर्किन्छ' भन्ने कुरा त झनै गहिरो लाग्यो। तपाईंको लेखनीले केवल शब्दहरूको सजावट मात्र होइन, भावनाको गहिरो अभिव्यक्ति दिएको छ। तपाईंलाई यस्तै सुन्दर लेखहरू लेख्न प्रेरणा मिलिरहोस्। यो यात्रालाई कहिल्यै नरोक्र्नुहोला। Best Wishes!

    ReplyDelete
    Replies
    1. प्रिय अन्जान मित्र
      लेखाइको शैली अलिकति नयाँ लाग्यो त्यसैले ठ्याक्कै तपाईँ को हुनुहुन्छ मैले मेसो पाउन सकिन। नाम हेर्दा साथ झल्यास मलाई मेरा मित्र लक्ष्मी हुन् कि भन्ने आशंका चाहिँ थियो तर लेखाई अलिकति नौलो र भिन्न लागेको छ। तपाईं जो भएपनि मलाई राम्रो ठान्ने असल मान्छे हुनुहुन्छ भन्नेमा म विश्वस्त छु। यहाँको यस्तै सुन्दर टिप्पणीहरू आगामी ब्लगहरूमा पनि पढ्न पाउँ। हार्दिक आभार ल।

      Delete
  11. सर्वप्रथम त भाइ निराजनलाई धेरै धेरै धन्यवाद।लेखकले आफ्नो बारेमा आफूलाई नढाँटिकन मनका कुरा लेखेको पहिलो पटक महसुस भयो तथापि यसभन्दा अगाडि पनि लेख्न लेखिएका होइनन् त्यसमा त्यस्तो खालको अनुभूति पाइँदैन थियो। तर यसपटक लेखक साँच्चै नै आफ्नो मनको कुरा आफूले गर्न नसकेका कुरा आफूले विगतमा भनेका कुरा र अहिले वर्तमानमा के भइराखेको छ र कुन बाध्यतामा बसिरहेको छ भन्ने कुराको चित्रण गरेको देखियो। स्वर्गवास भइसक्नुभएको आफ्नो बोइको उद्धरण प्रस्तुत गरेर भाइ निराजनले आफ्नो लेखलाई थोरै भावनात्मक कथा तिर दौडन चाहेको देखियो हो साँच्चै बोइ बाँचिदिएको भए भन्नुहुन्थ्यो होला "केटा तन्नेरी लहडमा बोलेका कुरा र व्यवहारका कुरा फरक हुन् बल्ल थाहा पाइस" । लेखमा फेरि अर्को प्रसङ्गमा पनि के भनिएको छ भने सामाजिक सञ्जालबाट बाहिरिएका कारण मसँग सम्बन्ध स्थापित हुन नसकेका मेरा पुराना मित्र साथीहरुले मेरो श्रीमती मार्फत मलाई सम्झन्छन् भनेर उनीहरूको महिमा पनि गाएको देखियो तर अफसोच सिधै फोन सम्पर्क गरेर सन्चो बिसन्चो सोध्ने आफन्तहरूको बारेमा कहीँ कतै उल्लेख नपाउँदा सायद हामी पनि अप्रत्यक्ष माध्यमबाटै सम्पर्कमा रहन सकेको भए सायद त्यो ब्लगमा हाम्रो पनि नाम आउने थियो कि भन्ने कुराहरु अहिले अनुभूत भइरहेको छ। खैर त्यसमा हामीलाई त्यति धेरै गुनासो पनि रहेन तर खुसी यस अर्थमा छु कि निराजन मा एक खालको महाज्ञान जुन प्राप्त भयो ।घर त्यही हो देश त्यही हो। परिवेश त्यही हो जुन हामीले शिरमा बोकेर हिँडेका हिँडेका छौं भन्ने कुराहरु मनन गरियो भने सायद देशप्रति न्याय नै हुन्छ होला। धन्यवाद।

    ReplyDelete
    Replies
    1. मिठो प्रतिक्रियाका लागि दाजुलाई हार्दिक आभार, हुन त मेरो तारन्तारको सोधाइले पनि विशेष रुपमा काम गरेको हुनुपर्छ😃 टिप्पणी गजबकै आयो♥️। हुनसक्छ अलिकति पृथक लेखन शैलीका कारण यो ब्लग पोस्ट सरसर्ती पढेर बुझ्ने खालको चाहिँ छैन। बुझाइमा अलिकति फरक पर्यो कि भन्ने लाग्यो, देश र परदेशको विषयमा मेरो बुझाई अहिले पनि यथावतै छ, फलत: दाईले भनेझैँ महाज्ञान अझै प्राप्त भइसकेको छैन। अ साँच्चै दाइको नाम यस लगत्तै सम्प्रेषित अर्को ब्लग पोस्टमा आएको छ है। ☺️

      Delete
    2. धन्यवाद निराजन भाइ प्रति उत्तरको लागि भाइले भनेजस्तै भाषामै कठिनाइ भएका कारण बुझाई फरक पर्न गयो भनेजस्तो त मलाई लागेन। तर लेखमा विगतमा आफूले चालेका कदम प्रति कतै पश्चाताप महसुस गरेको त होइन भन्ने शङ्का गरेको मात्रै हो। खैर भाइले भनेजस्तै अर्को नयाँ पोस्टमा दानवीरको सूचीमा मेरो पनि नाम परेको रहेछ। भाइलाई के भनु धन्यवाद भनु अथवा अथवा मनमनै सत्य कुरो त लेखेछ भनेर भाइलाई धन्यवाद दिउँ। मैले पनि मेसो पाएन।

      Delete
  12. यो लेखले निक्कै गम्भीर बनाएको छ। चङ्गाले लट्टाई छोडेर जति टाढा गएपनि धागोले बाँधेको हुन्छ र चङ्गा उड्न पाउँछ। धगो नचुँडिदै चङगा फर्किनु पर्छ नत्र चङ्गाको अस्तित्व हराएर जान्छ।

    ReplyDelete
    Replies
    1. त्यस्तै गम्भीर टिप्पणी पनि। साधुबाद दाईलाई पनि।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

फोटो गुगल बाट सर्च गरि राखिएको हो । मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन । भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालाई कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीला ई  यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसला ई  सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन ...

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई ...