आयरल्याण्ड (स्कटल्याण्डमा समेत) मा आयोजित २० ओभरको विश्वकप छनोट प्रतियोगितामा अपेक्षित खेल पस्कन सकेको भए हाम्रो राष्ट्रिय क्रिकेट टोलीले अर्को बर्ष दक्षिणी छिमेकी राष्ट्र भारतमा विश्वकप खेल्ने अवसर प्राप्त गर्ने थियो । तर छनोटचरणका ६ खेल मध्ये वर्षाका कारण स्थगित एक खेल बाहेक बाँकी पाँच मध्ये चार खेलमा नेपालको हार लज्जास्पद त थियो नै, क्रिकेट प्रशंसकका नाताले मलाई हाम्रो टोलीले जितेको एक खेलमा समेत तारिफ योग्य प्रदर्शन गरेजस्तो लागेन । खेल हो, हारजित हुन्छ । यसले मलाई उती दुखित पनि बनाएन । तर अभ्यासखेलदेखि लयमा नफर्केको टोलीले छनोट खेलमा पनि तारिफयोग्य खेल पस्कन असमर्थ रह्यो । कुरो क्रिकेट खेलको मात्र पनि रहेन, अरु खेलहरुमा पनि हामीले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनौ । फिफाको विश्व फुटबलको वरियताक्रममा नेपाली राष्ट्रिय टोली निरन्तर ओरालो लाग्ने क्रम कायमै छ । भलिबल, बास्केटबल र कबड्डीमा पनि नेपाली राष्ट्रिय टोलीले कहिल्यै पनि सुखद नतिजा हासिल गरेनन । कुनै बेला हामी दक्षिण एशियाली क्षेत्रमा मार्शल आर्टसमा तारिफयोग्य प्रदर्शन गर्दथ्यौं, तथापी पछिल्ला दिनहरुमा त्यसमा पनि हाम्...
कुनै पनि बुझाई अन्तिम सत्य होइनन् ।