Posts

Showing posts from October, 2013

१५. रेखा दिदी र उहाँको साहित्यिक मार्गदर्शन

जहिले जहिले म उहाँलाई स्मरण गर्न पुग्दछु लाग्छ – उहाँ म्याग्दीमै नभएर अन्त कुनै भूगोलमा जन्मिएको भए ? हुनसक्छ, नेपाली साहित्यकाशमा एउटा सशक्त नारी हस्ताक्षरका रुपमा निसन्देह उहाँको नाम समुज्ज्वल हुन्थ्यो । निसन्देह उहाँका सृजनाहरु अझ अरु विस्फारित हुन पाउँथे । मलाई लागेको छ – उहाँले यति धेरै अल्छयाई गर्नुहुन्थेन सायद साहित्य साधनाका लागि ! म लेख्तैछु एक नारी स्रष्टाका बारेमा, जसले म्याग्दीको साहित्यमा धेरै गर्न सक्ने सम्भावना थियो । थाहा छैन, उहाँलाई वातावरण मिलेन वा उहाँले सक्रिय हुन चाहनुभएन । तर केहि वर्ष अगाडिदेखि साहित्यिक क्रियाकलापमा लाग्दै गरेको मलाई उहाँले थुप्रै पटक पृष्ठपोषण दिने काम गर्नुभएको छ । मलाई हौसला दिदै आउनुभएको छ – सन्तुलित बन्नका लागि ! सत्य र तथ्यपरक लेखाईका लागि ! उहाँ अर्थात मलाई अविच्छिन्न साहित्य र पत्रकारीतामा क्रियाशिल हुनका लागि प्रेरित गर्ने प्रेरक ब्यक्तित्व म्याग्दीकी शसक्त नारी हस्ताक्षर – रेखाकौशल रेग्मी ! बिक्रमादित्यको ६० को पूर्वाद्धमा मेरो सम्पादकत्व एवं प्रकाशनमा एउटा साहित्यिक प्रकाशन निक्लन्थ्यो म्याग्दीमा । हामीले त्यसको नाम रत्न साहित्यि

१४. रोमखामी सर जसले मलार्इ भन्नुभो - अध्ययनशील बन !

“अहिलेका डि.एस.पी. ले त फलनाहरुलाई भेटै दिएनछन् ।” सरुवा भएर उहाँ म्याग्दी आईसकेपछि उहाँको बारेमा मैले सुनेको पहिलो टिप्पणी त्यहि थियो । त्यतिन्जेलसम्म हाम्रो जिल्लामा आएका प्रहरीका अधिकृतहरु कि ती एमालेका प्रिय हुन्थे, कि काङ्ग्रेसका । तीनका आफ्नै आसेपासेहरु हुन्थे । जतिखेर पनि एमाले र काङ्ग्रेसीहरुको ठूलो घेराभित्र उनीहरु उकुसमुकुस हुन्थे । जिल्लास्तरका काङ्ग्रेसी र एमालेका नेताहरु, ब्यापारी र कथित समाजसेवीहरुबाहेक अरुको पहुँच उनीहरुसम्म पुग्दैनथ्यो । तर यी नयाँ आएका प्रनाउ चाँहि आफ्नो फुर्सदको समयमा छानिएका र जिल्लाको विकासमा इमान्दारपूर्वक लागिपरेका एकाध नेताहरु, प्राध्यापक र केही विद्यार्थीहरुका माझ आफूलार्इ सिमीत गर्न चाहनुहुन्थ्यो । त्यसकारण मलाई पनि उहाँलाई भेट गर्ने चाहना भित्रैबाट पलाएर आयो ! नयाँ डिएसपीलार्इ अर्थात योगेश्वर रोमखामीलार्इ ! म्याग्दीको टेलिफोन डाइरेक्ट्री सायद म्याग्दी जेसिजको प्रकाशन थियो त्यो, त्यही सानो टेलिफोन नम्बरको सूचीभएको पुस्तिकामा प्रनाउ निवासको नम्बर पत्ता लगाएर मैले उहाँलाई कल गरेको थिएँ ।  “नमस्कार, प्रनाउ निवास ! यहाँको के सेवा गर्न सक्दछु

१३. बोगटी सर - अँध्यारो बस्तीमा एउटा जून !

उनीहरुले उहाँलाई पागल भने । म भन्छु, उनीहरुले उहाँलाई पागल बनाए ! एउटा ओजिलो व्यक्तित्व ! एउटा ओजपूर्ण ब्यक्तित्व ! जो बाँचुञ्जेल गलत प्रवृती, कुरिती र गवाँरहरुका बिरुद्ध लडिरह्यो । त्यो ब्यक्तित्व – जसले एउटा शानको जीवन बाँच्यो, जसले चरम पीडा पनि भोग्यो ! जसलाई मान्छेहरुले हाईहाई गरे, जोसँग मान्छेहरु तर्कीतर्की पनि हिडे । त्यो शिक्षाको उज्यालो जसले पोखराका धेरै अँध्यारा बस्तीहरुमा ज्ञानको प्रकाश दिलायो, त्यो चम्किलो तारा जसले म्याग्दीमा उच्च शिक्षाको प्रवेश गरायो । हो, त्यहि प्रदिप्त नक्षत्र जसलाई मेरो जन्मभूमिले आफ्नो काखमा खेलाउने सौभाग्य प्राप्त गर्‍यो, त्यहि ब्यक्तित्व नाताले मेरो मावलतिरका हजुरबा ! र, सानिन्ध्यताले मेरो गुरू ! मेरो पथप्रदर्शक ! विराट ललाट भएका मान्छेहरुको भाग्य दरो हुँदैन । हो, मैले सुनेको मान्छेहरुले यसै भन्थे ! त्यस्तै विराट ललाट उहाँको पनि थियो मेरो आदरणिय गुरूको, मेरो बोगटी सरको ! म जान्दिनँ विराट ललाट भएकै कारण उहाँको भाग्य दरो थियो/थिएन । म यति जान्दछु, बोगटी सर भाग्यमा विश्वास गर्नु हुन्थेन । किनकी उहाँ भाग्यवादी हुनुहुन्थेन । उहाँका पुर्खाहरुले मन्दिर

१२. रुपचन्द्र बिष्ट जसले भने – थाहा पार्इ भाते !

म नौ कक्षामा पढ्थे त्यो बेला । शुक्रबारको दिन घर आएपछि म मामाघर गएको थिएँ । त्यो जेष्ठ महिनाको दिन थियो । माइजुले आफूले पढ्दै गरेको नवयुवाबाट एक जना ब्यक्तिको बारेमा सुनाउनु भएको थियो । त्यतिन्जेल सम्म मैले त्यो मनुवाका बारेमा केही थाहा पाएको रहिनरछु । माइजुले भन्नुभो – रुपचन्द्र विष्ट थाहा छ तिम्लाई ? नेपालको दार्शनिक हो ! मैले थाहा छैनको भावमा मुन्टो हल्लाए पछि माइजुले मलाई “थाहा” आन्दोलनका बारेमा केही बताउनुभएको थियो । मैले खासै केहि बुझिनँ त्योबेला । पछि कलेज पढ्न थालेपछि रुपचन्द्र विष्टका बारेमा पढ्दै र बुझ्दै गएपछि उनको चेतनाको स्तरले मलाई राम्ररी तान्दै गयो । रुपचन्द्र विष्टका बारेमा पढ्दै जाँदा जति उनी एउटा अनौठो मान्छे हो भन्नेमा म पूरै निश्चित भएँ ।  मैले पढेपछि थाहा पाएँ – रुपचन्द्र विष्ट त्यस्तो मान्छे, जसले हरेक गलत कृत्यको विरोध गरे । उनकै शब्दमा पञ्चायत एउटा “महाडाँकातन्त्र” थियो र उनी त्यो “महाडाँकातन्त्र”को विरोधमा आफूलाई उरालिरहेका थिए । देशलाई खोक्रो पार्न उद्यत मण्डलेहरुको कुरुप तस्वीरलाई बाहिर ल्याउने काममा उनी जीवन पर्यन्त लागिरहे । जीवनकालभर उनी सधैं जनता र च

१०. प्रदिप दाई - मेरो एउटा असल गुरू

उहाँ अर्थात मेरो छिमेकी दाई, हामी गोपाल दाई भन्थ्यौं । पछि उहाँको स्कुल भर्नाहुँदाको नामले बोलाउन थाल्यौं – प्रदिप दाई ! म भन्दा तीन÷चार कक्षा सिनियर दाई । विद्यालयका मेधावी छात्रहरु मध्ये एक । मलाई राम्ररी सम्झना छ–  उहाँले प्रायः प्रथम वा द्धितिय स्थान हासील गर्नुहुन्थ्यो । कितावी ज्ञान मात्र हैन बाहिरी ज्ञान पनि राम्रो थियो उहाँको ! उहाँ मेरो सदनको टोली नेता पनि हुनुहुन्थ्यो । र, हामीहरु हाजिरीजवाफ प्रतियोगितामा सधैं पहिलो हुन्थ्यौं ।  म प्रायः उहाँकोमा गैरहन्थेँ । मेरो घरबाट १ मिनेट भन्दापनि कमको दुरीमा उहाँको घर अवस्थित छ । यसकारण पनि मलाई उहाँको घरमा आउजाउ गर्न सजिलो हुन्थ्यो । म भन्दा पाका उमेरकाहरुमध्ये प्रदिप दाईले नै हो मलाई पहिलो पटक “तिमी” भनेर सम्बोधन गरेको । सामन्यतयाः हाम्रो गाउँघरतिर आफूभन्दा सानोलाई तँ भनेर होच्याएर बोलाउने चलन थियो त्यतिखेर । एकदिन प्रदिप दाईलाई मैले प्रस्ताव राखेको थिएँ – “ल दाई अबदेखि म तँलाई तपाइँ भन्छु, तपाइँ मलाई तिमी भन्नुस ल !” र, उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो । त्यसदिनदेखि उहाँले मलाई ‘तिमी’को सम्बोधन गर्न थाल्नुभयो, अनि म

९. माल्दार्इ - पारिवारीक सुखका सुत्रधार !

गाउँले नाता छ उहाँसँग मेरो । त्यसैले म उहाँलाई माईला मामा भन्दछु । धेरैजसोले उहाँलाई माल्दाई भन्छन् । पेशाले उहाँ विद्यालयको पाले हुनुहुन्छ । त्यसैले धेरैजनाको लागि उहाँ हाँसोको पात्र हुनुहुन्छ । किनकी हाम्रो समाज नै त्यस्तै छ – निर्धाहरूलाई हेप्ने ! मेरा गाउँलेहरुका लागि एक निर्धा ब्यक्ति उहाँ मेरा लागि भने आदर्शका ब्यक्ति मध्येको एक हुनुहुन्छ । उहाँप्रति सम्मान जागेर आउँछ मलाई ! म बच्चैछँदा खेरीदेखि उहाँसँग मेरो राम्रै हिमचिम भो ! उहाँले “जागिर” गर्ने विद्यालय र मैले अध्ययन गर्ने विद्यालय एउटै भएकाले पनि उहाँसँग धेरै जसो भलाकुशारी हुने गर्दथ्यो मेरो । खासगरिकन एक बजेको छुट्टीमा बोइकोमा आएर खाजा खाएर स्कुल फिर्ता हुँदा १०–१५ मिनेट बाँकी नै हुन्थ्यो र त्यो समय म घन्टी झुन्डाएको कुनामा उहाँसँग गफ गरिरहेको हुन्थे । अलि ठट्यौली पाराको मान्छे हुनुहुन्थ्यो त्यतिखेर त्यसकारण पनि उहाँसँग गफिन मलाई निकै मन पर्दथ्यो । के के कुरा गरेर हसाईराख्ने ! उत्तीखेरै रोएको नक्कल गर्ने, अनि उत्तिनै खेरी राक्षस यसरी हाँस्छ भनेर ठूलो र धोद्रो आवाजमा हाँस्ने । अङ्ग्रेजी र नेपाली मिलाएर लामो समयसम्म एकोहोर

८. त्यो क्रान्तिकारी जसले मलार्इ मुस्कुराउन प्रेरित गर्छ !

मलाई क्रान्तिकारीहरू मन पर्छ । मलाई जल्लादहरू मन पर्दैन । क्रान्तिकारीहरू ती हुन जोसँग सर्वहारावर्गको उत्थानको सपना हुन्छ । परिवर्तनको विश्वास हुन्छ ! महान कम्युननिष्ट क्रान्तिकारी माओत्सेतुङले भने झैं “जनताबाट सित्तैमा सियो र धागो पनि नलिने” ती क्रान्तिकारीहरूलाई म साँच्चिकै प्रेम गर्दछु । सम्मान गर्दछु । तर, म जल्लादहरूलाई मन पार्दिन । ती जल्लादहरू जो उनीहरुका कुकृत्यहरूका विरोधमा आवाज उठानेहरूको घाँटी रेट्छन, टाङ च्यात्छन वा शुलमा टाङगछन् । तर क्रान्तिकारीहरू त्यसो गर्दैनन बरु परिवर्तनको विश्वासमा आफ्नो नीजि स्वार्थलाई परित्याग गरेर क्रान्तिमा होम्मिन्छन् । देश युद्धमा होमिएको बेलाको कथा हो यो जतिखेर म भर्खर क्याम्पस शुरु गर्दैथे ! युद्ध उत्कर्षमा पुगेको थियो । राज्यले धेरै निर्दोषहरुलाई विद्युतिय धरापमा प्रयोग हुने बारुद, सयमिटर तार र ग्रिनेडसहित भेट्टाउथ्यो र दोहोरो भिडन्तमा आतंकवादीहरु हताहत हुन्थे ! हो, यो त्यतिखेरको त्रासदीपूर्ण समयको कथा हो जतिखेर विद्रोहीहरु सुराकीको बिल्ला भिराएर आफूभन्दा फरक विचार राख्नेहरुको सफाया गर्दथे । र, त्यहिबेला नै मैले भेटेको थिएँ एउटा यस्तो क्

सातौं प्रेरक ब्यक्तित्व – एउटा कवि !

काठमान्डुमा बिबिएस प्रथम वर्षको अन्तिम परीक्षाको परीक्षा फाराम खुलिसकेको थियो, मैले काठमान्डु बसाईलाई टुंग्याउने निर्णय गरेँ । भएका सबै सामान पोको पारेर म घर फर्केपछि मेरा आमाबुबा दुवैजना मसँग निकै नै रिसाउनुभयो । नौ महिने काठमान्डु बसाई अवधीभर पनि बुबाले मलाई जागिर खाँदै पढ्ने वातावरण गराउँछु भनेर जुन प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो त्यो पूरा हुन नसकेपछि मैले घर खबरै नगरी काठमान्डु छाडेको थियो । घर आएको एक महिनापछि मैले बागलुङ बसाई थालेँ । बागलुङमा जागिरको मेसो मिलाएको थिएँ । नातामा मामा पर्ने छिमेकी मोहन महतले मलाई बागलुङको एक आवासीय बिद्यालयमा जागिर शुरु गर्ने वातावरण मिलाईदिनुभएको थियो । र, त्यतिखरको मेरो बागलुङ बसाईले नै हो मलाई मेरा यी आदर्श ब्यक्तित्वसँगको सामिप्यता जुराईदिएको ! बागलुङमा साहित्यिक गतिविधी निकै नै फस्टाएको थियो त्यो बेला । मेरा अनन्य मित्रहरु प्रकटकुमार, दिल श्रीष, राम अविरल, मोहराज शर्मा र अरुण अनामी लगायतहरु मासिक काब्य गोष्ठी सञ्चालनका लागि निकै नै सक्रिय थिए । र, उनीहरुलाई राम्रो साथ दिएका थिए केहि गुणस्तरीय युवा कविहरुले जसमध्ये एक थिए – यी मेरा प्रिय

मेरा जीवनका २८ प्रेरक ब्यक्तित्वहरू

Image
१. मेरी बोई बोर्इका साथमा म “कुईरा आँखा कति राम्रा थिए त नी यसका !” बच्चा छँदा म जन्मिएको विषयमा कुरा चल्दासाथ बोईले त्यसो भन्ने गर्नुहुन्थ्यो । म आफ्ना 'न कुईरा न काला' आँखाहरूका बारे मेरी बोईले गरेको तारिफ सुन्दा त्यसै गदगद हुन्थेँ । मेरो बारे बोईले कुनैपनि नराम्रो कुरो देख्नुभएन । एउटैमात्र उहाँको गुनासो – लुगा धुन अल्छी मान्छ !  मेरो बाल्यकाल मावलमै बित्यो । जागिरका शिलशिलामा मामा सपरिवार धेरैजसो घरबाहिर नै हुनुभयो ।  मावलमा म र बोईमात्र हुन्थ्यौं । सोर्‍ह महिनाको फेरमा दुईबच्चाकी आमा बनेकी आफ्नी कान्छी छोरीको जेठो छोराको पालनपोषण उहाँकै जिम्मामा रहन गयो । अर्थात, मलाई मेरो बोईले हुर्काउनुभयो भन्दा फरक पर्दैन । म मामाघरमा पुल्पुलिएरै हुर्किए । दूध र भात ख्वाएर हुर्काउनुभो बोइले मलाई । अध्ययनका लागि बेनी जानुपूर्व अर्थात कक्षा आठ पढुन्जेल म धेरैजसो बोईसँगै बसेँ ।  बोईलाई म मेरो जीवनको पहिलो गुरुको रुपमा त्यसकारण लिन्छु कि जसले मलाई साथीहरुसँग झगडा गर्नबाट निरुत्साहित गर्नुभो । जसले मलाई प्रत्येक दिनजसो घर्तीथर बज्यैका दुईभाई छोराहरु नरे र कुष्णेमामा बच्चा छँदा कसरी