उच्चशिक्षा अध्ययनका लागि विदेशिने सोच बनाउनु भएको छ भने, फिनल्याण्ड तपाइँका लागि उपयुक्त गन्तव्य हुन सक्दछ । एक अध्ययनका अनुसार सन् २०१८ को अगस्त सत्रका लागि फिनल्याण्डका विभिन्न अप्लाइड साइन्सेज युनिभर्सिटीजमा भर्नाका लागि आवेदन भर्नेहरूमा EU/EEA बाहेक अरू देशहरूबाट आवेदन गर्नेहरू मध्य सबभन्दा धेरै संख्या नेपालबाट थियो । सन् २०१६ सम्म कुनै पनि देशको विद्यार्थीलाई फिनल्याण्डमा कलेज फि लाग्दैनथ्यो । तर हाल शुल्क तिर्नुपर्ने व्यवस्था छ । शुल्क नै तिर्नु परे पनि तुलनात्मक रूपमा यहाँका केही कलेजहरूले कम शुल्क लिने गरेको पाइन्छ । त्यसका अलावा एक वर्षको लागि तोकिएको क्रेडिट पूरा गरेको खण्डमा निश्चित प्रतिशत शुल्क मिनाहा हुने व्यवस्था पनि छ । अतः कलेज शुल्क अलिकति महँगो हुँदैमा आत्ति हाल्नुपर्ने स्थिति नहोला । विद्यार्थी भिसा प्रक्रिया विद्यार्थी भिसाको लागि सबभन्दा पहिला यहाँको कुनै पनि कलेजमा भर्ना हुनुपर्ने हुन्छ । कलेज भर्ना वर्षमा २ पटक हुने गर्दछ । पहिलो अगस्त सत्रका लागि डिसेम्बर – जनवरीमा (१ महिनाभन्दा बढी नै) र दोस्रो जनवरीदेखि शुरू हुने सत्रका लागि सेप्टेम्बरको पहिलो पा...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।