Skip to main content

Posts

Showing posts with the label राजनीति

नेताको छोरा १ - समाज, विकास र चुनाव

चुनाव प्रचारका क्रममा म्याग्दी दुर्गम गाउँ चौरखानी जाँदै बाटोमा “यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत पाँच बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै पाँचवटा बिसौनी पार गरेर पन्ध्र मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन ।  सडकमा मान्छेहरु हतारिदै आफ्ना गन्तब्यतिर गैरहेको देख्छु । अनि फेरि मनमा अर्को प्रश्न उब्जन्छ, किन यी चिया पसल या चोकहरुमा रोकिएर कुरा गरिरहेका छैनन् ? के यीनले कुरा नगर्ने सन्दर्भ नै नपाएका हुन त? सन्दर्भ त जति पनि छन । तर यी बेफ्वाँकको गफ लगाएर नबस्दा रहिछन । एकपटक मैले रेल बिसौनीमा आधा घण्टाजति बिताउनु परेको थियो । छेउकै कुनामा मेरो सहपाठी मस्त ध्यान ...

गलतलाई म गलत भन्छु, म गलत भए मलाई सच्चाऊ

हामीले अर्को एउटा उत्कृष्टता हासिल गरेछौं । धेरै मानिसहरूले यसलाई अभूतपूर्व संयोगका रूपमा ब्याख्या पनि गरेँ । केहि बुझक्कीहरूले भने - अब नेपालले फड्को मार्यौ । अनि केहिले सुझाए - यसमा पृथक टिप्पणी गरिनु नकारात्मकताको अर्को एउटा पोयो फुकाउनु हो । मैले फेरि पनि भने - कोही कसैको केही थियो भनेर सहानुभूतिपूर्वक उसलाई कुनै पदमा निर्वाचित गराउनु, ल्याइनु प्रजातान्त्रिक चरित्र पक्कै थिएन । होईन । र, यो लोकतान्त्रिक मुलुकको एउटा यस्तो दुर्भाग्य बनेको छ कि केही मानिसहरू कसैको कोही भएकै कारणले सांसद बनाइएका छन्, मन्त्री बनाईए र पछिल्लो परिघटना हामीले देख्यौं - (जननेता) कुनै पार्टीका संस्थापक भएकै नाताले बिध्या भण्डारी राष्ट्रपति पदमा निर्वाचित पनि हुनुभो । भर्खरै जारी संविधानको संरक्षकत्व गर्ने देशको प्रमुख ओहोदामा एक महिलाको उदयले मलाई पनि प्रफुल्ल पार्नु पर्ने थियो । म पनि भक्कानिनुपर्ने थियो - भावविह्वल हुनुपर्ने थियो । हर्षोल्लास् मनाउनु पर्ने थियो । तर अहँ यो विकसित घटनाक्रमले मलाई कुनै हिसाबले गौरभान्वित बनाउन सकेको छैन । म पूर्वाग्रही भएको पनि हैन, यस्तो फरक विचार आउनुका...

अन्तिम लडाई, प्रचण्डहरू र सपनाहरू

केहि दिनदेखि सामाजिक सञ्जालहरूमा निकै नै बाँडिएको एउटा भिडियो रहेछ – “जित्नै पर्छ यो अन्तिम लडाई तिमीले लडेर...” बोलको जनवादी गीतको प्रस्तुती । सायद दशक अगाडिको हुनुपर्छ यो । क्रान्तिकारी कलाकारहरूले जिवन्त अभिनय रहेको भिडियो हेर्दाहेर्दै मेरो पनि आँशु झरे । मेरा केहि साथीहरू बताउँदै थिए – उनीहरू पनि उस्तै भावविभोर भएछन् ।  गीत त मार्मिक छदैँछ त्यसमाथि कलाकारहरूले कथात्मक तरिकाको प्रस्तुतीले जोकोहीलाई पनि छुन्छ । यसैकारण पनि कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक विभागको महत्वपूर्ण जिम्मेवारी हुन्छ । किनभने, गीतले योद्धाहरूलाई लडाइँ लड्न प्रेरित गर्दछ, किनभने गीतले जनताहरूलाई आन्दोलनको महत्व बुझाउँछ र सबभन्दा विशेष कारण किनभने गीतले अधिकांशलाई छुन्छ । मैले हेर्ने सौभाग्य प्राप्त गरेको उक्त भिडियोमा अर्को एउटा दुर्लभ दृश्य पनि देखेँ जसमा माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डका साथमा वर्तमान प्रधानमन्त्री एवं सशस्त्र विद्रोहका अर्का महत्वपूर्ण नेता डा. बाबुराम भट्टराई पनि सांस्कृतिक कार्यक्रममा यहि गीत माथि गरिएको प्रस्तुती हेरेर भक्कानिएर रोएका छन् । सारांशमा भन्दा, कार्यक्रम हेर्नलाई उपस्थित...

सरकार, गुलाफको भाषा बुझिदेऊ !

ब्लगिङको नियमितताबाट केहि दिन विश्राम लिने विचार त थिएन, तर अवस्था त्यस्तै सृजना भैदियो । उसो त आफ्ना नीजि जीवन उति लेख्दिनँ म ब्लगमा म लेख्नलाई केहि न केहि "ईश्यु" को खोजीमा हुन्छु । र, ती पाइरहेकै हुन्छु । फेरि ब्लगको नाम छनौट गर्ने बेलामा पनि अलिकति होस पुर्याउन सकेनछु कि भन्ने लागेको छ । जसले गर्दा, म मेरो नीजि ब्यथाहरू "सापेक्ष बुझाई" को नाम मन्तिर उसैगरी लिपीबद्द गर्न सकिरहेको छैन जसोगरी म केहि अन्य राजनैतिक र सामाजिक मुद्दाहरूमा केन्द्रित भएर आफ्ना सापेक्ष बुझाईहरू पस्कन्छु । हुन त केहि पहिला देखि आफ्ना लेखाईहरूलाई "लेवल" पनि दिएकै हुँ, नदिएको हैन् जस्तो कि "नीजि कुनो" तर त्यसको प्रयोगमा म उति गम्भीरतापूर्वक लाग्न सकिनँ सायद, फलतः मेरा नीजि भोगाई, जीवन र अनुभूतिहरू उति पस्कन सकेको छैन । अब छिट्टै म सामाजिक वा राजनैतिक विषयवस्तुको टिकाटिप्पणीहरू कम, नीजि समस्या, त्रुटी र अनूभूतिहरूमा समालोचना गर्न अझ अरू केन्द्रित हुने प्रयत्न गर्नेछु । तर आज भने एउटा सामाजिक मुद्दाका बारेमा सानो टिप्पणी पस्कन्छु - देशको हाल बेहाल मैले भनिरहनु पर्दैन, अख...

वाह सभासदहरू वाह !

सरकार काम चलाउ भयो, शान्ति प्रक्रियाले उचित गति लिन सकेन, संविधान लेखन कार्यले बिश्राम लियो, बजेट नआउँदा आर्थिक कृयाकलापमा महत्वपूर्ण असर भयो भन्ने जिकिर गर्दै, मुख्य भनिएका तीनवटा भाले दलहरूबीच चरणचरणौ गरेर कहिले हात्तिबन त कहिले गोकर्ण, कहिले बालुवाटार त कहिले सिहंदरबार गरी विभिन्न मितिमा बैठक नभएका पनि हैनन् । ती कुनै पनि ठोस निर्णय नभएका बैठकहरू मात्र भए । देशको राजस्वबाट रिसोर्टमा पाकेका मीठा परिकार भोजन गर्ने र आरामदायी खाटमा सुत्ने बाहेक तिनले केहि लछारो पटारो लगाउन सकेनन । मंसिर ३ गतेको रातीको संसद भवनभित्रको बजेट निर्णायार्थ प्रस्तुत हुँदाको ब्यवस्थापिकाको बैठकमा जे देखियो त्यसले के प्रमाणित गरिदिएको छ भने, राजनैतिक दलबीच एकले अर्कोलाई निषेध गर्ने, देखाईदिने (?) प्रवृति अझ बढेर गएको छ । जनताहरूका अगाडि जतिसुकै आशावादी कुरा गरे पनि यिनमा मिल्ति नै छैन भन्ने कुरो छर्लङ्गै भएको छ ।  यो घटना घट्नुको मुख्य दोषी सबैले माओवादीलाई माने पनि मेरो बुझाइमा चाँहि कांग्रेस र एमालेको पनि उत्तिकै दोष छ । संसदको सबभन्दा ठूलो दललाई एक्ल्याएर जे पनि गर्न सक्छौ भन्ने भ्रममा रहेका का...